खेलकुद

नेपाल र जिम्बावेबीच १८ ओभरको खेल हुने

इकागज |
बैशाख १९, २०७९ सोमबार १४:३४ बजे

काठमाडौँ – वर्षाका कारण प्रभावित बनेको नेपाल र जिम्बावे 'ए' बीचको दोस्रो टी-ट्वान्टी क्रिकेट खेल १८ ओभरमा झारिएको छ । नेपाल क्रिकेट संघले जनाए अनुसार एउटा टिमले केवल १८ ओभर ब्याटिङ गर्नेछ ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरिरहेको जिम्बावेले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन जोड्दा वर्षा सुरु भएको थियो । वर्षा सुरु भएपछि खेल स्थगित भएको थियो ।


जिम्बावेका इनोसेन्ट शून्य तथा टाडिवानासे मारुमानी २१ रनमा आउट हुँदा कुदजाइ माउन्जे २२ रन तथा रोय काइया १ रनमा नटआउट रहेका थिए ।

यस अघि आइतबार भएको खेलमा जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको थियो ।


Author

थप समाचार
x