लिटमस केबलद्वारा नेपाली क्रिकेट टोलीको जर्सी प्रायोजन
काठमाडौँ - नेपालको केबल ब्राण्ड लिट्मस केबलले त्रिवि क्रिकेट मैदानमा जारी नेपाल र जिम्बावे 'ए' बीचको एकदिवसीय र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ ।
नेपालले जिम्बावे 'ए' बीच तीन खेलको एकदिवसीय र समान तीन खेलको टी-ट्वान्टी सिरिज आयोजना भइरहेको छ ।
‘राष्ट्रिय टिमसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौ। यो सहकार्यले नेपाली क्रिकेटको विकास र सफलतामा योगदान पुर्याउने छ भन्ने कुरामा म विश्वस्त छु। हामी नेपाली क्रिकेट टोलीका सबै सदस्यहरूलाई हार्दिक शुभकामना र हार्दिक कृतज्ञता व्यक्त गर्दछौं,' रमेश कर्पोरेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए ।
सन् १९७७ मा स्थापना भएको लुम्बिनी विद्युत उद्योग प्रा. लिमिटेड नेपालको पहिलो एल्युमिनियम कन्डक्टर स्टिल रिइन्फोर्स्ड (ब्ऋक्च्) उत्पादन कम्पनी हो । यस कम्पनिले चार दशकदेखि अत्याधुनिक जर्मन प्रविधि र पूर्वाधारहरू प्रयोग गरि लिटमस केबल्स ब्रान्ड अन्तर्गत उच्च गुणस्तरीय तार र केबलहरू उत्पादन गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया