खेलकुद

ग्रेट हिमालयले देशभर क्रिकेट ट्यालेन्ट हन्ट कार्यक्रम गर्ने

इकागज |
बैशाख २०, २०७९ मंगलबार १०:२० बजे

काठमाडौँ – ग्रेट हिमालय क्रिकेट एकेडेमीले देशमा विभिन्न २४ स्थानमा क्रिकेट ट्यालेन्ट हन्ट कार्यक्रम संचालन गर्ने भएको छ ।

एकेडेमीका श्रीलंकन प्रशिक्षक मिहिराज वासान्था जयासेकाराले पहिलो चरणमा झापा, विराटनगर, राजविराज, लहान, जनकपुर, मलंगवा, गौर, कलैया, विरगंज र हेटौडामा ट्यालेन्ट हन्ट संचालन गरिने एकेडेमीले जनाएको छ । पहिलो चरणको ट्लेन्ट हन्ट वैशाख २१ देखि वैशाख २७ सम्म संचालन हुनेछन् ।


त्यसैगरी दोस्रो चरणको कार्यक्रम जेठ २ गतेबाट धादिङ, नुवाकोट, चितवन, तनहुँ, पोखरा, स्याङजा, नवलपुर, बुटवल, भैरहवा, दाङ, नेपालगंज, बर्दिया, धनगढी र महेन्द्रनगरमा संचालन गरिने छ ।

एकेडेमीका निर्देशक सुदिप शर्माले ट्यालेन्ट हन्टबाट छानिएका ५ जना खेलाडीहरुलाई निशुल्क शिक्षा, होस्टेल र क्रिकेट प्रशिक्षण प्रदान गरिने छ ।

त्यसैगरी, १०० जनालाई शतप्रतिशत छुटमा क्रिकेट प्रशिक्षण तथा १ सय ५० जनालाई आंशिक छात्रवृति प्रदान गरिने समेत उनले जनाए । शर्माले समग्रमा करिब ५०० जनाले छात्रवृति प्रदान गरिने बताए ।


Author

थप समाचार
x