राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित
काठमाडौं – सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । विभागीय महारथी एपिएफको यो प्रतियोगितामा पहिलो जित हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सम्पन्न महिलातर्फको अन्तिम खेलमा एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित । आर्मीको यो पहिलो हार हो ।
एपीएफ यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित गभएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।
प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन् । यसअघि मंगलबारै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो ।
प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले एक र पहिलो खेल खेलेको न्यु डायमन्डले पनि एक अंक जोडेको छ । पाँच टिमको सहभागिता भएको महिलातर्फको खेलमा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
नेपाल भलिबल संघको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिनमा पुरुषतर्फको पहिलो खेलमा आर्मी र गल्कोट स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया