न्यायका लागि फुटबल खेलाडीको दौडधुप
काठमाडौँ - अखिल नेपाल फुटबल खेलाडी संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई ज्ञापनपत्र बुझाएको छ ।
राष्ट्रिय फुटबल टिममा देखिएको पछिल्लो घटनाक्रमको सत्यतथ्य छानविनका लागि सहयोगको अपेक्षासहित खेलाडी संघले मंगलबार राखेप र एनएनआईपीएसमक्ष ज्ञापनपत्र बुझाएको हो ।
संघका अध्यक्ष बिक्रम लामासहित अन्य पदाधिकारीहरुले राखेप तथा एनएनआईपीएलाई ज्ञापनपत्र बुझाए ।
उनीहरुले राष्ट्रिय टोलीको अवस्थाबारे खेलाडीले व्वस्थापनसँग पटक पटक कुरा राख्दा पनि अखिल नेपाल फुटबल संघका नेतृत्वले माग सम्बोधन नगरेको गुनासो गरिरहेका छन् ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बन्द प्रशिक्षण छाड्न भनेको जनाउदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।
यस अघि बन्द प्रशिक्षण छाडेका खेलाडी तथा खेलाडी संघले सत्यतथ्य छानविनका लागि एन्फा तथा युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया