सिनियर फिगर स्केटिङका लागि खेलाडीको उमेर बढाउने प्रस्ताव
काठमाडौँ - इन्टरनेशनल स्केटिङ युनियन (आइएसयू) ले सिनियर फिगर स्केटिङमा प्रतिस्पर्धा गर्ने खेलाडीको उमेर १७ वर्ष हुनुपर्ने प्रस्ताव गरेको छ । आइएसयूले २०२६ को विन्टर ओलम्पिक अघि सिनियर फिगर स्केटिङक लागि खेलाडीको उमेर १५ बाट बढाएर १७ वर्ष पुर्याउनुपर्ने प्रस्ताव गरेको हो ।
खेलका लागि युवा खेलाडीहरुलाई चाहिने शारीरिक र मनोवैज्ञानिक मागहरुको सामना गर्न मद्दत पुग्ने विश्वास सहित उक्त प्रस्ताव अघि सारिएको हो । जुनमा हुने ५८ औँ कंग्रेस अघि आइएसयूले उक्त प्रस्ताव अघि सारेको सीएनएनले जनाएको छ ।
कम उमेरका खेलाडीहरूलाई प्रतिस्पर्धा गर्न अनुमति दिँदा उनीमाथि उनीहरूको उमेर भन्दा बढी अनुपयुक्त भार र जोखिमहरू थपिन सक्ने आइएसयूको मेडिकल कमिसनले अनुमान गरेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया