अन्तरकलेज बास्केटबल बुधबारदेखि
काठमाडौँ – क्वेस्ट इन्टरनेसनल कलेजको आयोजनामा पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिता बुधबारदेखि आयोजना हुने भएको छ । प्रतियोगितामा पुरुषतर्फ ९ र महिलातर्फ ५ टिमको सहभागिता रहने क्वेस्टका निर्देशक कोलिनकिरण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
पुरुषमा सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा क्वेस्ट, शुभश्री, मल्पी र गोल्डेनगेट तथा समूह ‘बी’ मा केसीएम, सायम (एसएआईएम), जेभियर इन्टरनेसनल र नाथम (एनएटीएचएम) र किस्ट रहेका छन् ।
महिलातर्फ राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । राउन्ड रोविनमा शीर्ष २ स्थान हान पर्ने टोली फाइनलमा प्रवेश गर्ने छन् । सहभागी टिमहरुमा क्वेस्ट, मल्पी, शुभश्री, नाथम र सायम छन् ।
पुरुषको विजेताले ५० हजार र उपविजेताले ३० हजार नगद पुरस्कार हात पार्ने छन् । महिलामा पहिलो हुनेले ३० हजार र दोश्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवैतर्फका मस्ट भ्यालुएबल प्लेयरलाई जनही ५ हजारसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया