खेलकुद

म्याराडोनाको जर्सी कतिमा बिक्री भयो ?

इकागज |
बैशाख २२, २०७९ बिहीबार ११:९ बजे

काठमाडौँ – सन् १९८६ को फिफा विश्वकपमा 'ह्यान्ड अफ गड' तथा 'गोल अफ द सेन्चुरी' गोल गर्दा डिएगो म्याराडोनाले लगाएको जर्सी ७.१ मिलियन युरोमा बिक्री भएको छ ।

विश्वकपमा इंग्ल्यान्डविरुद्ध अर्जेन्टिनाका महान फुटबल खेलाडी म्याराडोनाले 'ह्यान्ड अफ गड' तथा 'गोल अफ द सेन्चुरी' गोल गरेका थिए । म्याराडोनाले उक्त खेलमा लगाएको जर्सी इंग्ल्यान्डका पूर्व मिडफिल्डर स्टीभ होजले अक्सनमा राखेका थिए ।


बीबीसीले जनाए अनुसार जर्सीका लागि तिरिएको ७.१ मिलियन युरो अहिलेसम्म कुनै पनि खेलकुदको सम्झनाको प्रतीकको रुपमा रहेको सामाग्रीका लागि खर्चिएको सर्वाधिक रकम हो ।


Author

थप समाचार
x