भलिबल लिग: न्यू डायमन्डको लगातार तेस्रो हार
फाइल तस्बिर
काठमाडौँ - छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा न्यू डायमन्ड स्पोर्टस क्लबले लगातार तेस्रो पराजय भोगेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार न्यु डायमण्डले नेपाल पुलिस क्लबसँग ३-० को पराजय भोगेपछि लगातार तीन खेल हार्न पुगेको हो ।
यता पुलिसको भने यो तेस्रो जित हो । पुलिसले न्यु डायमण्डलाई २५-११,२५-१७ र २५-१५ को सोझो सेटमा पाखा लगायो । यसअघि महिलातर्फको अर्को खेलमा नेपाल एपीएफ क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराएको छ ।
एपीएफले एभरेष्टलाई २५-१३, २५-१०, १९-२५ र २५-१९ ले पराजित गर्यो । लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबको सहभागिता रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेका छन् । लिगको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया