खेलकुद

राष्ट्रिय भलिबल: गल्कोटले ढोरपाटनलाई हरायो

इकागज |
बैशाख २२, २०७९ बिहीबार १५:१८ बजे

काठमाडौँ –  गल्कोट स्पोर्ट्स क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा जित हात पारेको छ । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बिहीबार भएको पुरुषतर्पको खेलमा गल्कोटले ढोरपाटन क्लबलाई ३-२ को सेटमा पराजित गरेको हो । गल्कोटले ढोरपाटनलाई २५-२३, १५-२५, २५-१८, २२-२५ र ८-१५ ले पराजित गरेको हो । 


यस अघि महिलातर्फ न्यू डायमन्ड स्पोर्टस क्लबले लगातार तेस्रो पराजय भोग्यो । न्यू डायमण्डले नेपाल पुलिस क्लबसँग ३-० को पराजित भयो । पुलिसको भने यो तेस्रो जित हो । पुलिसले न्यु डायमण्डलाई २५-११,२५-१७ र २५-१५ को सोझो सेटमा पाखा लगायो । 

यसअघि महिलातर्फको अर्को खेलमा नेपाल एपीएफ क्लबले एभरेस्ट भलिबल क्लबलाई ३-१ को सेटमा हराएको छ । एपीएफले एभरेष्टलाई २५-१३, २५-१०, १९-२५ र २५-१९ ले पराजित गर्यो ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लबको सहभागिता रहेको छ ।

महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेका छन् । लिगको विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।

सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार प्राप्त गर्नेछन् । त्यसैगरी, उत्कष्ट सेटर, ब्लकर, सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।
 


Author

थप समाचार
x