खेलकुद

जिम्बावेविरुद्ध नेपालको खराब ब्याटिङ, केवल १३६ रनमा अलआउट

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १२:६ बजे

काठमाडौँ – जिम्बावे 'ए' विरुद्धको पहिलो एकदिवसीय क्रिकेट खेलमा नेपालले पाहुना टोलीलाई १ सय ३७ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ३६ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रनको योगदान गरे । कुशल भुर्तेलले १९ तथा दिपेन्द्र सिंह ऐरीले १८ रन जोडे । आशिफ शेख र आरिफ शेखले समान ५-५ रन बनाउदा रोहित पौडेलले ३ र आदिल आलम २ रनमा आउट भए । सुशान भारी शून्य रनमा आउट भए ।


करण केसीले २५, कप्तान सन्दीप लामिछानेले ४ तथा सागर ढकालले १ रेन जोडे ।

जिम्बावेका लागि ब्राड इभान्सले ४ तथा भिक्टर न्याउची, ब्रान्डन माभुटा र सेफास झुवाओले समान २-२ विकेट लिए ।

नेपाल र जिम्बावे 'ए' बीच तीन खेलको एकदिवसीय सिरिज हुँदैछ । 


Author

थप समाचार
x