खेलकुद

विश्व बक्सिङमा सहभागी हुने नेपाली टोलीको विदाइ

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १२:२५ बजे

काठमाडौँ- टर्कीको इस्तानवुलमा मे ८ देखि १९ तारिखसम्म आईबा विश्व महिला बक्सिङ च्यम्पियनशीपमा सहभागी हुने नेपाली टोलीको विदाइ गरिएको छ । ​च्याम्पियनशीपमा सहभागी हुने ४ खेलाडी २ प्रशिक्षक र एक जना टिम व्यवस्थापकलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले शुक्रबार विदाइ गरे ।

च्याम्पियनशीपमा नेपालको तर्फबाट ४८ केजी तौल समूहमा सुश्मा तामाङ, ५२ केजी तौल समूहमा १३ औँ सागमा नेपाललाई स्वर्ण दिलाएकी मिनु गुरुङ, ५७ केजी तौल समूहमा चन्द्रकला थापा र ६० केजी तौल समूहमा भने अल ईन्डिया ओपन च्याम्पियनशीपमा कास्य तथा थाईल्याण्डको फुकेटमा सम्पन्न थाईल्याण्ड ओपन ईन्टरनेशनल बक्सिङमा समेत कास्य पदक प्राप्त गरेकी पुनम रावलले प्रतिष्पर्धा गर्नेछन् ।


प्रमुख प्रशिक्षकमा प्रकाश थापामगर तथा प्रशिक्षकमा दीपक महर्जन रहेका छन भने टिम व्यवस्थापकमा नेपाल बक्सिग संघका केन्द्रीय सदस्य पुष्कर राज पन्त रहेका छन् ।

उक्त प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने खेलाडीले एक लाख, दोस्रो स्थान प्राप्त गर्नेले पचास हजार, तथा तेस्रो स्थान प्राप्त गर्नेले पच्चिस हजार अमेरिकन डलर प्राप्त गर्ने छन् ।


Author

थप समाचार
x