खेलकुद

साविक विजेता न्यू डायमण्डको लगातार चौँथो हार

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १३:१४ बजे

काठमाडौँ – साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा लगातार चार खेलमा पराजित हुन पुगेको छ । लगातार चार खेलमा पराजय भएसँग न्यू डायमण्ड प्रतियोगिताबाट समेत बाहिरिएको छ । 

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार भएको खेलमा न्यू डायमण्डले नेपाल एपीएफ क्लबसँग ३-० को सोझो सेटमा पराजित भयो । 


न्यू डायमण्डले एपीएफसँग २५–१९, २५–१० र २५–९ को पराजय भोग्यो । यता जारी प्रतियोगितामा एपीएफको यो तेस्रो जित हो । 
 


Author

थप समाचार
x