खेलकुद

१९ औँ 'एसियन गेम्स' यस वर्ष नहुने

इकागज |
बैशाख २३, २०७९ शुक्रबार १३:२९ बजे

काठमाडौँ – १९ औँ एसियन गेम्स यस वर्ष नहुने भएको छ । चीनमा यसै वर्ष सेप्टेम्बर १० देखि २५ तारिखसम्म आयोजना हुने तालिका रहेपनि ओलम्पिक काउन्सिल अफ एसियाले भने एसियन गेम्स यस वर्ष नहुने जनाएको चीनको सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसँग जुधिरहेका कारण एसियन गेम्स स्थगित गरिएको ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले नयाँ मिति पछि घोषणा गर्ने जनाएको छ ।


गेम्सका लागि ५६ खेल स्थल तयार गरिएको थियो भने ४४ देशका ११ हजार खेलाडीहरुले सहभागिता जनाउने भएका थिए । नेपालले २३ खेलमा सहभागिता जनाउने सुनिश्चित भएको थियो ।


Author

थप समाचार
x