ओलम्पिक कमिटीले एसियाडका लागि समयमै खेलाडीको सूची पठाउने
काठमाडौँ – १९ औँ एसियन गेम्स यस वर्ष नहुने पक्का भएपनि नेपालले भने तोकिएको समयमै नेपाली खेलाडीहरुको लङ लिस्ट (लामो सूची) पठाउने भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्र राज श्रेष्ठले एसियन गेम्स आयोजक समितिले दिएको मिति नै अहिलेसम्म खेलाडी दर्ता गर्ने समय भएको बताए ।
एनओसीले मे महिनाको पहिलो सातासम्मका लागि खेलाडीहरुको दर्ताका लागि खेलकुद संघहरुलाई छनोट प्रकृया पुरा गर्नुपर्ने समय तोकेको थियो ।
श्रेष्ठका अनुसार आयोजक समितिले खेलाडी दर्ताको समय बढाउने वा नबढाउने बारे केही पनि जानकारी नगराएको कारण तोकिएकै समयमा खेलाडीहरुको सूची पठाइने छ ।
'हामीले आयोजक समितिसँग कुराकानी गरेपनि उनीहरुले खेलाडी दर्ताको समयसिमा बढाउने वा नबढाउने बारे जानकारी नगराएका कारण हामीले समयमै नेपाली खेलाडीको दर्ता गर्छौ,' श्रेष्ठले इकागजलाई बताए ।
उनले बाँकी रहेका खेलका खेलाडीहरुको प्रारम्भिक छनोट प्रकृया नरोकिने समेत जनाए । नेपालले भने खेलाडीहरुको अन्तिम सूची भने नवौँ राष्ट्रिय खेलकुदपछि पठाउने भएको थियो ।
नेपालले १९ औँ एसियन गेम्सको विभिन्न २३ खेलमा सहभागिता जनाउने सुनिश्चित भइसकेको छ । नेपालले एसियन गेम्समा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, भलिबल महिला, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसतर्फ सहभागिता जनाउने निर्णय भएको छ ।
यसका लागि छनोट प्रारम्भिक छनोट समेत धमाधम भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया