खेलकुद

चेल्सी फुटबल क्लबको बिक्री प्रकृया मे महिनामै टुंगिने

इकागज |
बैशाख २४, २०७९ शनिबार ११:४० बजे

काठमाडौँ -  चेल्सी फुटबल क्लबले एलए डजर्स बेसबल टोलीका सह-मालिक टोड बोहलीको नेतृत्वमा रहेको कन्सोर्टियमलाई ४.२५ बिलियन पाउण्डमा बिक्री गर्न सहमति भएको जनाएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्बन्ध रहेको भन्दै चेल्सीका मालिक रोमन अब्रामोभिचको सम्पत्तिमाथि प्रतिवन्ध लगाइनु अघि नै चेल्सीलाई बिक्रीको लागि राखिएको थियो ।


एक विज्ञप्ती अनुसार क्लबमा नयाँ मालिकले क्लबको शेरका लागि २.५ बिलियन पाउण्ड तिर्नेछ । उक्त रकम परोपकारमा दान गर्न बैंक खातामा राखिनेछ । 
कन्सोर्टियमका साझेदारहरु बोहलीसँगै क्लियरल्याक क्यापिटल, मार्क वाल्टर र हान्सजोर्ग वायसले थप १.७५ बिलियन प्रिमियर लिग क्लबमा लगानीका लागि प्रदान गर्नेछन् ।
चेल्सीको बिक्री प्रकृया मे महिनाको अन्त्यसम्म पुरा हुने क्लबले जनाएको छ । 


Author

थप समाचार
x