नेपालको शानदार बलिङ, जिम्बावे 'ए' ८७ रनमै समेटियो
काठमाडौँ - जिम्बावे 'ए' विरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेलमा नेपालले शानदार बलिङ गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङमा उत्रेको नेपालले जिम्बावेलाई ३१ ओभर ५ बलमा ८७ रनमा समेट्न सफल भयो ।
नेपाललाई पहिलो बलमै सफलता दिलाएका करण केसी तथा सोमपाल कामीले समान ३-३ विकेट हात पारे । कप्तान सन्दीप लामिछाने २ र सागर ढकालले १ विकेट लिए ।
जिम्बावेका लागि जोनाथन काम्पबेलले सर्वाधिक २७ रनको योगदान गरे । ब्राड इभान्सले २० रन जोडे । इनोसेन्ट काइया डकआउट हुँदा सेफास झुवाओले १०, ल्युक जोङवाले ८ तथा टाडिवानासे मारुमानी र रोय कायले समान ४-४ रनमा आउट भए । कप्तान टोनी मुनयोङगा २ र क्लिभ माडान्डे १ रनमा आउट भए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया