एनपीजीए गल्फ टुर भोलिबाट
काठमाडौँ - सुर्य नेपाल गल्फ टुर अन्तर्गतको एनपीजीए टुर च्याम्पियनशीप सोमबारबाट सुरु हुने भएको छ । आयोजक नेपाल गल्फर एसोसिएसनले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गल्फ टुर सोमबारबाट सुरु हुने तथा चारदिन सम्म आयोजना हुने जनाएको हो । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ ।
प्रतियोगितामा ३२ प्रोफेसनल तथा १४ एमेच्योर गल्फरको सहभागिता रहने एसोसिएसनका महासचिव दिपक आचार्यले बताए ।
प्रतियोगितामा शुक्र बहादुर राई, भुवन नगरकोटी, जयराम श्रेष्ठ, संजय लामा, धन थापा, रामे थापा, रवि खड्का, सुवास तामाङ, सदभाव आचार्य, टासी छिरिङ, वाङचेन ढोनडुप तथा विजय श्रेष्ठ लगायतले प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रोले ६५ हजार पाउनेछन् । यस्तै शीर्ष २१ मा पर्ने खेलाडीले समेत नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि करिब १२ लाख खर्च हुने आचार्यले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया