खेलकुद

विश्व महिला बक्सिङ : बलिया खेलाडीविरुद्ध खेल्दै नेपाली बक्सर

इकागज |
बैशाख २६, २०७९ सोमबार ११:३१ बजे

काठमाडौँ-  आईबा महिला विश्व बक्सिङ च्याम्पियनशीप अन्तर्गत नेपाली खेलाडीहरूले बलिया खेलाडीहरुविरुद्ध भिड्ने भएका छन् । च्याम्पयनशीपको उदघाटन आइतबार टर्कीको इस्तानबुलमा भएको थियो भने टाईसिट ड्र सोमबार भएको हो ।

ड्र अनुसार ४६ देखि ४८ केजी तौल समूहमा नेपालकी सुष्मा तामाङले मंगोलियाकी लान्चिव योनसँग मंगलबार भिड्ने भएकी छन् । उक्त तौल समुहमा जम्मा ३२ जना खेलाडी रहेका छन् ।


यता ५० देखि ५२ केजी तौल समूहमा मिनु गुरुङले जापानकी आर किनोशितासँग बुधबार प्रतिस्पर्धा गर्नेछिन् । यस तौल समूहमा २८ वटा देशका खेलाडी रहेका छन् ।

५४ देखि ५७ केजी तौल समूहमा चन्द्रकला थापाले बाई पाएर दोस्रो चरणमा भारतीय खेलाडी मनिषासँग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । ५७ देखि ६० केजी तौल समूहमा ३१ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको तथा उक्त तौल समूहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोको खेलाडीबीचको विजेतासँग मे १५ हुनेछ ।


Author

थप समाचार
x