जिम्बावे 'ए' विरुद्ध नेपालले बलिङ गर्ने
काठमाडौँ - जिम्बावे 'ए' विरुद्धको तेस्रो एकदिवसीय क्रिकेटमा नेपालले पहिले बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो ।
मैदान भिजेका कारण प्रभावित बनेको खेल ३३ ओभरको मात्र हुने छ ।
यसैबीच नेपालले किशोर महत्तो र बसिर अहमदलाई समेट्दै प्लेइङ ११ घोषणा गरेको छ । नेपालको प्लेइङ ११ मा कप्तान सन्दीप लामिछाने, आशिफ शेख, दिपेन्द्र सिंह ऐरी, रोहित पौडेल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महत्तो, विनोद भण्डारी, बसिर अहमद र सुनिल धमला रहेका छन् ।
यता देव खनाल, आरिफ शेख, सागर ढकाल र आदिल आलम बेन्चमा रहेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया