खेलकुद

जिम्बावेले नेपाललाई दियो २१४ रनको लक्ष्य, किशोरले लिए ५ विकेट

इकागज |
बैशाख २६, २०७९ सोमबार १५:९ बजे

काठमाडौँ -  जिम्बावे 'ए' ले तेस्रो एकदिवसीय क्रिकेटमा नेपाललाई २ सय १४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ३२ ओभर १ बलमा अलआउट हुदै २ सय १३ रन जोड्यो ।  

जिम्बावेका लागि टाडिवानासे मारुमानीले ५० रनको योगदान गरे । उनले ३१ बल खेल्दा ७ चौका र २ छक्का हिर्काए । कुदजाइ माउन्जेले ३९, रोय काइयाले ३६, टोनी मुनयोंगाले २४, इनोसेन्ट काइयाले १२ तथा सेफास झुवाओले १६ रन बनाए ।


नेपालका लागि किशोर महत्तोले सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।

दुबै टिमले एक-एक खेलमा जित हात पारेका कारण दुबै टिमका लागि आजको खेल महत्वपूर्ण छ । आजको खेलमा जित हात पार्ने टिमले सिरिज जित्नेछ ।


Author

थप समाचार
x