खेलकुद

किशोर र कुशलले दिलाए नेपाललाई एक दिवसीय सिरिज

इकागज |
बैशाख २६, २०७९ सोमबार १७:५८ बजे

काठमाडौँ -  जिम्बावे 'ए' विरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । तीन खेलको सिरिज नेपालले २-१ जितेको हो । सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम खेल नेपालले ६ विकेटले जित्दै सिरिजमाथि कब्जा जमाएको हो ।

तेस्रो खेलमा जिम्बावेले दिएको २ सय १४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाउँदै पुरा गरे । नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ८४ रन जोडे । उनले ६१ बल खेल्दा ७ चौका र ४ छक्क प्रहार गरे । आशिफ शेखले २९ रन बनाए ।


दिपेन्द्र सिंह ऐरीले अविजित ६० रनको योगदान गरे । दिपेन्द्रले ४ चौका र ३ छक्का हिर्काए । विनोद भण्डारीले २८ रन जोडे ।

जिम्बावेका लागि ब्रेन्डन माभुटाले सर्वाधिक ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट हात पारे ।

यस अघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले निर्धारित ३२ ओभर १ बलमा अलआउट हुदै २ सय १३ रन जोड्यो ।  

जिम्बावेका लागि टाडिवानासे मारुमानीले ५० रनको योगदान गरे । उनले ३१ बल खेल्दा ७ चौका र २ छक्का हिर्काए । कुदजाइ माउन्जेले ३९, रोय काइयाले ३६, टोनी मुनयोंगाले २४, इनोसेन्ट काइयाले १२ तथा सेफास झुवाओले १६ रन बनाए ।

नेपालका लागि किशोर महत्तोले सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट हात पारे ।


Author

थप समाचार
x