फिफाले गर्यो ब्राजिल र अर्जेन्टिनालाई जरिवाना
काठमाडौँ - विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ब्राजिल र अर्जेन्टिनालाई ५ लाख अमेरिकी डलर जरिवाना गरेको छ । फिफा विश्वकप छनोटको खेल रोकेको भन्दै ब्राजिल र अर्जेन्टिना दुवै टिमलाई जरिवाना गरेको हो ।
त्यसका साथै ब्राजिललाई गरिएको थप ५ लाख डलर जरिवाना तथा अर्जेन्टिनालाई गरिएको थप २ लाख अमेरिकी डलर जरिवानालाई भने आधा घटाइएको छ ।
दक्षिण अमेरिकी राष्ट्र ब्राजिल र अर्जेन्टिनाबीच गत वर्ष सेप्टेम्बरमा कतार विश्वकपका लागि भएको खेल केही मिनेटपछि नै स्थगित गरिएको थियो । अर्जेन्टिनाका खेलाडीहरुले कोभिड आचारसंहिता उल्लंघन गरेको भन्दै खेल स्थगित गरिएको थियो ।
दुबै देश कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने विश्वकपका लागि छनोट भइसकेका छन् । तर फिफाले भने उक्त खेल खेलाइने समेत जनाएको छ । दुबै देशको खेल खेल्न नपर्ने भन्दै अपिल गरेपनि फिफाले भने खेल हुने सुनिश्चित गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया