एनपीजीए गल्फ टुर: भुवन र सुवास शीर्ष स्थानमा
काठमाडौँ – भुवन नगरकोटी र अमेच्योर सुवास तामाङले सुर्य नेपाल एनपीजीए गल्फ टुर च्याम्पियनशीप अन्तर्गत संयुक्त रुपमा अग्रता बनाएका छन् । दोस्रो दिनको खेलका समाप्तिपछि भुवन र सुवास शीर्ष स्थानमा रहेका हुन् ।
दोस्रो दिन भुवनले ८ अन्डर ६४ कार्ड बनाए र समग्रमा १२ अन्डर १३२ कार्ड बनाउन सफल भए । यता दोस्रो दिनको समाप्तिपछि सुवासले पनि १२ अन्डर ६४ कार्ड बनाए ।
यता १५ वर्षीय अमेच्योर गल्फर सदभाव आचार्य र रमेश अधिकारीले ७ अन्डर १३७ कार्ड बनाएर संयुक्तरुपमा तेस्रो स्थानमा रहेका छन् । दोस्रो दिन सदभावले ३ अन्डर ६९ तथा रमेशले ५ अन्डर ६७ कार्ड बनाए ।
रवी खड्का र शुक्र बहादुर राई संयुक्त रुपमा पाँचौं स्थानमा छन् । उनीहरुले ६ अन्डर १३८ कार्ड बनाए ।
प्रतियोगितामा ३२ व्यवसायिक तथा १२ अमेच्योर गल्फरको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो हुनेले ६५ हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा २१ औँ स्थान हात पार्ने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया