आरसी ३२ लाई एन्फाको जरिवाना, खेलाडी र पदाधिकारीलाई प्रतिबन्ध
काठमाडौँ - आरसी ३२ फुटबल एकेडेमीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले १ लाख ५० हजार जरिवाना तिराउनुका साथै खेलाडी तथा पदाधिकारीलाई प्रतिबन्ध लगाएको छ ।
पुलचोक स्पोर्टस क्लबविरुद्धको खेलका क्रममा अभद्र व्यवहार र अनुशासनहीन कार्य गरेको भन्दै एन्फाले आरसीलाई जरिवाना तिराएको हो । त्यसैगरी, आरसीका खेलाडी अनिश श्रेष्ठलाई २ वर्ष तथा विदुर रिजाल र प्रविन राईलाई एक-एक वर्ष प्रतिवन्ध लगाएको छ ।
त्यसैगरी, क्लबका पदाधिकारी सञ्जिव कार्की र टिम म्यानेजर अनुप भट्टराईलाई लिग अवधिभर तथा अर्का पदाधिकारी रविन चन्दलाई एक वर्षको प्रतिवन्ध लगाएको छ । प्रतिवन्ध मे ९ बाटै लागू गरिएको एन्फाले जनाएको छ ।
उक्त खेलका क्रममा आरसीका खेलाडी तथा पदाधिकारीहरुले टेक्निकल स्टाफलाई हातपात गरेका थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया