खेलकुद

विश्व महिला बक्सिङ : नेपाली बक्सर सुष्मा पराजित

इकागज |
बैशाख २८, २०७९ बुधबार ११:२३ बजे

काठमाडौँ- आईबा महिला विश्व बक्सिङ च्याम्पियनशीप अन्तर्गत नेपाली खेलाडी सुष्मा तामाङ पराजित भएकी छन् । मंगलबार राति टर्कीको इस्तानबुलमा भएको खेलमा सुष्मा मंगोलियाकी प्रतिद्वन्दीसँग पराजित भएकी हुन् । ४६ देखि ४८ केजी तौल समूहमा सुष्मा मंगोलियाकी लान्चिभ न्यामसुरेनसँग ३:२ ले पराजित भइन् ।​

च्याम्पियनशीपमा ४ नेपाली महिला बक्सरको सहभागिता रहेको छ । अब ५० देखि ५२ केजी तौल समूहमा मिनु गुरुङले जापानकी आर किनोशितासँग बुधबार प्रतिस्पर्धा गर्नेछिन् । यस तौल समूहमा २८ देशका खेलाडी रहेका छन् ।


५४ देखि ५७ केजी तौल समूहमा चन्द्रकला थापाले बाई पाएर दोस्रो चरणमा भारतीय खेलाडी मनिषासँग बुधबार प्रतिस्पर्धा गर्ने छिन् । ५७ देखि ६० केजी तौल समूहमा ३१ राष्ट्रका खेलाडीहरूको सहभागिता रहेको तथा उक्त तौल समूहमा नेपाली खेलाडी पुनम रावलले प्रारम्भिक चरणमा बाई पाएकी छन् । उनको प्रतिस्पर्धा ग्रिस र मोरक्कोको खेलाडीबीचको विजेतासँग मे १५ हुनेछ ।
 


Author

थप समाचार
x