युगाण्डाविरुद्धको क्रिकेट सिरिजका लागि नेपाली टोली घोषणा
काठमाडौँ - नेपाल क्रिकेट संघ (क्यान) ले युगाण्डाविरुद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले बुधबार रुविना क्षेत्रीको कप्तानीमा २२ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाल र युगाण्डाबीचको ५ खेलको सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मे १६ तारिखबाट हुनेछ । आयोजना गर्न लागेको हो । सिरिज अन्तर्गत नेपालले र युगाण्डाबीचको पहिलो खेल मे १६, दोस्रो खेल मे १७, तेस्रो खेल मे १९, चौंथो खेल मे २० र पाँचौ खेल मे २१ मा हुने छ ।
नेपाली टोली ः
रुविना क्षेत्री, सिता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम, सरस्वती चौधरी, ममता चौधरी, अश्मिना कर्माचार्य, सुमन खतिवडा, संगीता राई, कविता जोशी, रोमा थापा, ज्योति पाण्डे, सबनम राई, बिन्दु रावल, इश्वरी विष्ट, डोली भट्ट, हिरणमायी रोय र ऋतु कनोजिया
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया