अमेच्योर सुवाशले जिते गल्फ टुर च्याम्पियनशीपको उपाधि
काठमाडौँ – अमेच्योर सुवाश गुरुङले सुर्य नेपाल एनपीजीए गल्फ टुर च्याम्पियनशीपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा सुवाशले प्रोफेशनल गल्फर शुक्र बहादुर राई र भुवन नगरकोटीलाई पछि पार्दै सुवाशले उपाधि जितेका हुन् ।
सुवाशले शुक्र र भुवनमाथि सात स्ट्रोकको विजयी हात पारे । उनी तीनवटा मुख्य उपाधि जित्ने पहिलो गल्फर बनेका छन् । उनले यस अघि सुर्य नेपाल च्यालेन्ज २०१९ तथा गत अप्रिलमा भएको सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका थिए ।
अन्तिम चरणमा सुवाशले ४ अन्डर ६८ कार्ड बनाउदै समग्रमा १९ अन्डर २६९ कार्ड हासिल गरे । शुक्र र भुवनले समग्रमा १२ अन्डर २७६ कार्ड बनाए ।
विजेतालाई १ लाख ३५ हजार पुरस्कार भएपनि सुवाश अमेच्योर भएका कारण नगद प्राप्त गर्ने सकेनन् । यता शुक्र र भुवनले समान १ लाख ११ हजार ५ सयको आधा-आधा पाए । उपविजेताले ८८ हजार तथा तेस्रो हुनेका लागि ६५ हजार पुरस्कार राखिएको थियो । शिर्ष २१ खेलाडीले पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा ३१ प्रोफेसनल तथा १३ अमेच्योर गल्फरको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया