खेलकुद

निर्णायक खेलमा शिखर, रिषभ र हार्दिकको अर्धशतक

कप्तान कोहली ७ रनमै आउट

इकागज |
चैत १५, २०७७ आइतबार १६:५७ बजे

काठमाडौँ : इंग्ल्यान्डविरुद्धको निर्णायक तेस्रो एकदिवसीय खेलमा भारतले मध्यम प्रदर्शन गरेको छ । पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतका लागि ओपनर ब्याट्सम्यानले राम्रो सुरुवात गरे । भारतका लागि शिखर धवनले अर्धशतक बनाए । रोहित भने ३७ रनमा आउट भए ।

शिखरले ६७ रन बनाए । ५६ बल खेलेका शिखरले १० चौका प्रहार गरे । रोहित, कप्तान विराट कोहली र केएल राहुल चल्न सकेनन् । कोहली ७ रनमै आउट हुँदा केएल राहुल पनि ७ रनमै पेभेलिएन फर्किए । 


भरोसा गरिएका ब्याट्सम्यान रोहित, कोहली र राहुल आउट हुँदा भारतमा दबाब पुग्यो । तर पुछारका ब्याट्सम्यान रिषभ पन्त र हार्दिकले भने भारतको इनिङ सम्हाले । आक्रामक ब्याटिङ गरेका रिषभले पाँच चौका र चार चौकाको मद्धतमा ७८ रन बनाए । 

हार्दिकले पनि अर्धशतक प्रहार गरेका छन् । उनी केहीबेरअघि ६४ रनमा आउट भए । इंग्ल्यान्डका अदिल रशिदले दुई विकेट लिएका छन् ।

तीन खेलको सिरिज एक-एकको बराबरीमा छ । जारी तेस्रो खेले जित्नेले एकदिवसीय सिरिज पनि हात पार्नेछ  । यसअघि चार खेलको टेस्ट र पाँच खेलको टी-ट्वान्टी सिरिज गुमाएको इंग्ल्याण्ड एकदिवसीय सिरिज जित्ने प्रयासमा छ । 


 


Author

थप समाचार
x