सिरिज जित्न इंग्ल्याण्डलाई भारतले दियो ३३० रनको लक्ष्य
काठमाडौँ : निर्णायक तेस्रो एकदिवसीय क्रिकेट जित्न इंग्ल्यान्डले ३३० रनको लक्ष्य पाएको छ । पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८ ओभर २ बलमा अलआउट हुँदै ३२९ रन बनाएपछि पाहुना टोली इंग्ल्यान्डले जितका लागि ३३० रनको लक्ष्य पाएको हो ।
भारतका लागि रिषभ पन्त, शिखर धवन र हार्दिक पाण्डेले अर्धशतक बनाए । पन्तले ७८, धवनले ६७ र पाण्डेले ६४ रन बनाए । यस्तै रोहित शर्माले ३७ र शार्दुल ठाकुरले ३० रन बनाए । कप्तान विराट कोहली र केएल राहुल समान ७ रनमा आउट भए ।
धवन र रोहित शर्माले पहिलो विकेटका लागि १०३ रनको साझेदारी गरे । यस्तै पाँचौ विकेटका लागि पन्त र पाण्डेले ९९ रनको साझेदारी गरे । भारतलाई अलआउट गर्न इंग्ल्यान्डका मार्क वुडले तीन र अदिल रशिदले दुई विकेट लिए ।
यसअघि एक–एक खेल जितेका दुबै टोलीमध्ये आजको खेल जिते तीन खेलको एकदिवसीय सिरिज जित्नेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया