विचार-वार्ता

चाइना जर्नल

छुसीपछि आउने गोरुलाई ख्वाइल !

यो वर्षअनुसारका राशि हुनेले रातो रङका भित्री कपडा लगाउँदा वर्षभरि दशा नलाग्‍ने र सौभाग्यले पछ्याउने भन्दा रहेछन् ।

अजय अलौकिक |
माघ २५, २०७७ आइतवार ८:५३ बजे

ठूल्ठूला सहरका बजार त बाह्रै महिना झलमल नै हुन्छन् क्यारे । त्यस्तै पाएको छु । अझ विशाल मलभित्र छिरेपछि बाहिर रात परेकै थाहा हुन्न । तर चाडपर्व नजिकिँदा विशेष छुट र विभिन्न अफरले अझै आकर्षण खोजिरहेको देख्न पाइन्छ । यसो भनूँ, सहरिया जीवनमा अस्तव्यस्त भएकालाई यस्ता विभिन्न अफर र सजावटले चाडपर्व नजिकिएको सङ्केत दिने गर्छ । 

हुन त घरदेशमा चाड नजिकिँदै गर्दा पूरै वातावरण उल्लासमय नै हुन्छ, खल्तीबाहेक । तर परदेशमा आफ्नो चाड कहिले र के हो भन्ने उही फेसबुकको भित्तोले सबैभन्दा पहिले जनाउँछ । अनि बिदा या सप्ताहन्त पारेर जे जसरी रमाइन्छ, त्यसो त्यसो गरिन्छ । यसबाहेक कर्मभूमिका विभिन्न चाडपर्व भने यही सहर बजारले महिनादिन अघिदेखि नै विभिन्न डिस्काउन्ट, अफर र आर्कषक सजावटबाट दिने गर्दछ । 


हेर्दा दुई तीन दिनअघि कपाल काटेको देखिन्थ्यो क्यारे, त्यस बेला । मैले जिस्काएको पनि थिएँ ।

यता विशाल चीनका विशाल सहरहरूका गगनचुम्बी भवन र विभिन्न आकृतिका मलहरूभित्रका पसलहरूले पनि यही काइदा नै अपनाएका हुन्छन् । तापनि चिनियाँ वसन्त चाडको अवसरमा यस्ता ठुल्ठूलादेखि सानातिना सबै पसलहरू केही फरक देखिन्छन्, जताततै रातो रङ पोतझैं देखिन्छ । मल बजार रातो घुम्टो ओढेकी बेहुलीझैं लाग्छ । अनि रातै रङका कपडा बिक्रीका लागि सजाइएका हुन्छन्, विशेषतः भित्री कपडा । 

तपाईंलाई थाहा नै छ, चिनियाँ नयाँ वर्षसँगै चिनियाँ राशिको पनि नयाँ चक्र आरम्भ हुने गर्दछ र यो वर्षअनुसारका राशि हुनेले यसरी रातो रङका भित्री कपडा लगाउँदा वर्षभरि दशा नलाग्ने र सौभाग्यले पछ्याउने भन्दा रहेछन् । यो पटक गोरु वर्ष आरम्भ हुँदै छ । नेपालमा तमु, शेर्पा, तामाङलगायत विभिन्न जातजातिले चिनियाँ वसन्त चाडसँगै या अघिपछि गोरु वर्ष मनाउँछन् । तर चिनियाँले जस्तै यस अवसरमा रातो रङको भित्री लुगा लगाउँछन् या लगाउँदैनन्, त्यो भने थाहा भएन । 

चिनियाँ वसन्त चाडको अवसरमा यस्ता ठुल्ठूलादेखि सानातिना सबै पसलहरू केही फरक देखिन्छन्, जताततै रातो रङ पोतझैं देखिन्छ । मल बजार रातो घुम्टो ओढेकी बेहुलीझैं लाग्छ । अनि रातै रङका कपडा बिक्रीका लागि सजाइएका हुन्छन्, विशेषतः भित्री कपडा । 

यसो कसैले सुटुक्क भने पनि हुने हो । आफूले पनि सोधेको होइन । जीवनपर्यन्त पनि रहनेछन्, जिज्ञासाहरू । अब लागौं, नजिकिएको चिनियाँ वसन्त चाडको स्वागततिर कसो ! यही मौकामा सोनाम ल्होसारको शुभकामना । अर्को साता बिहिबार फेब्रअरी १२ बाट चिनियाँ परम्परागत पात्रोअनुसार चिनियाँ नव वर्ष आरम्भ हुँदै छ । विशेषतः यसै नव वर्षको पहिलो दिनलाई चिनियाँहरू वसन्त चाडका रूपमा मनाउँछन् । हामी नेपालीको दसैंको मुख्य दिन विजया दशमीको दिन भनेजस्तै । के तपाईंलाई थाहा छ ? यो वसन्त चाड दसैंजस्तै पन्ध्र दिनसम्म मनाइन्छ । 

अघिल्लो वर्षको अन्तिम रात नव वर्षको पूर्वसन्ध्या जसलाई छुसी भनिन्छ, यसै रात सपरिवार सँगै बसी खानपिन तथा रमाइलो गरी नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन रहँदैआएको छ । अनि नव वर्षको दिनदेखिको पन्ध्रौं दिनमा वनस्याउ च्ये मनाएसँगै वसन्त चाड सकिन्छ । यसरी वसन्त चाड पन्ध्र दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइने चलन छ । तर त्यसो पनि होइन रहेछ । चिनियाँहरूले नयाँ वर्ष आरम्भको अघिल्लो सातादेखि नै वसन्त चाडको स्वागत गर्दा रहेछन् ।
 
चिनियाँ परम्परागत चन्द्र पात्रोअनुसार, बाह्रौं मासको बाइसौं दिनबाटै वसन्त चाड मनाउन तयारी थालेका हुन्छन् । जसरी हामीले तिथिअनुसार माघ शुक्लको पञ्चमीलाई श्रीपञ्चमी भनेझैं यस्तै चिनियाँ पात्रोको बाह्रौं मासको बाइसौं दिनमा लिछुन पदर्छ र यो लिछुन वसन्त ऋतु आरम्भको सङ्केत हो । अर्थात् यसले वसन्त ऋतु आरम्भको सङ्केत गर्दछ । र यो लिछुन नयाँ वर्ष आरम्भअघिको नवौं दिनमा पर्दछ । यस दिन स्प्रिङ रोल खाने चलन छ । 

सहकर्मी स्याउ फै (नेपाली नाम समुद्र) ले यो लिछुनमा खाने विशेष परिकार स्प्रिङ रोल भएको मलाई भर्खरै मात्रै सुनाएका हुन् । ‘तपाईँहरू धेरै खानुहुन्छ नि । नेपालमा बस्दा रेस्टुराँहरूमा धेरैले अर्डर गरेको देखेको छु ।’(आफ्नो जीवनको तीन चार वर्ष काठमाण्डुमा बिताएका समुद्रको सम्झनामा काठमाण्डु मीठो गरी बसेको छ ।) हजूर त्यही तपाईंले पनि खानुभएको स्प्रिङ रोल । मासु, तरकारी, चाउचाउ बेरिएको रोटी । काठमाण्डुमा यमरी खाने दिन भनेजस्तै स्प्रिङ रोल खाने दिन रहेछ, चीनमा । 

बेइजिङका स्थायी ली छेनसँगको सम्बन्ध अहिलेसम्म राम्रै छ । नभए सहरमा हुने चिनजान खरायोको सिङजस्तै लाग्छ, मलाई । खरायोको सिङ हुन्न नि । हो, साथी पनि हुन्न । जस्ट एक्वेन्टेन्स भन्न रुचाउँछु । 

उसले यसो भनिरहँदा म भने केही वर्षअघिको चिनजानबाट बनेको साथीले एक साँझ कतै रेस्टुराँमा बसेर चिनियाँ नेपाली संस्कृति र यही वसन्त चाडबारे गफ्फिएको कुरा सम्झिन पुगेँ । बेइजिङका स्थायी ली छेनसँगको सम्बन्ध अहिलेसम्म राम्रै छ । नभए सहरमा हुने चिनजान खरायोको सिङजस्तै लाग्छ, मलाई । खरायोको सिङ हुन्न नि । हो, साथी पनि हुन्न । जस्ट एक्वेन्टेन्स भन्न रुचाउँछु । 

यतिका वर्षहरूमा चिनियाँसँग वसन्त चाड मैले एक पटक मनाएको छु, उसैको घरमा । ऊ सङ्गीतप्रेमी, राम्रो पियानोवादक कहिले मादलबारे पनि सोध्न भ्याउँछ । कला, संस्कृतिप्रति लगाव र चाहले होला, नेपाल र नेपालीसँग पनि जोडिन पुगेको छ । उनै लीले केही वर्षअघि आज लि छुन र आजबाट वसन्त ऋतु सुरु भयो र भोलि स्याउ न्येन भन्दै स्याउ न्येन ख्वाइल भनेका थिए । यसरी शुभकामना व्यक्त गरेका थिए । यहाँ स्याउ भनेको सानो र न्येनले वर्ष अनि ख्वाइलले शुभकामना जनाउँदछ ।

पहिलो चन्द्रमासको पहिलो दिन नयाँ वर्षको पहिलो दिन भए तापनि चिनियाँले नयाँ वर्षको आठ नौ दिनअघिदेखि नै नेपालीले दसैं तिहारमा हरेक दिन विभिन्न देवदेवीको पूजा गरी मनाएझैं मनाउने गर्दा रहेछन् । लिछुनको अर्को दिन मनाउने स्याउ न्येन सानो नववर्षलाई साथी लीले खासै व्याख्या गर्न त सकेनन् तर यो पर्व विशेषतः उत्तरपूर्वी चीनमा मनाउने चलन भएको सुनाए । यसबाहेक यो दिनमा प्रत्येक चिनियाँ परिवारले भान्छाको देवतालाई मिठाइ चढाउने चलन रहेको सुनाए । 

हालसम्म नेपालको भ्रमण नगरेका उनी भारत भने गइसकेका छन् । हाम्रो पनि देउतालाई मिठाइ चढाउने चलन छ नि, अजय, तिमीलाई थाहा छ ? कृपया सुनाऊ, म रूचिपूर्वक सुन्दै छु, मैले उनको प्रश्नको उत्तर यसरी फर्काएको थिएँ । हामी सबै पूर्वीय सभ्यता हौं, धेरै कुरा मिल्छ नि भन्दै उनले वसन्त चाडबारे बताउँदै गएका थिए । जनश्रुति अनुसार त्यस दिन भान्छाको देवता जेड सम्राट (इन्द्रदेव) लाई हरेक परिवारको वर्षभरिको रिपोर्ट पेस गर्न जान्छन् । 

लिछुनको अर्को दिन मनाउने स्याउ न्येन सानो नववर्षलाई साथी लीले खासै व्याख्या गर्न त सकेनन् तर यो पर्व विशेषतः उत्तरपूर्वी चीनमा मनाउने चलन भएको सुनाए ।

यसरी देवतालाई मिठाइ चढाएपछि खुसी भई नराम्रा रिपोर्ट गर्दैनन् भन्ने जनविश्वास छ । त्यसको भोलिपल्ट आफ्नो घरआँगन तथा आफ्ना सम्पूर्ण चीजबिजको सरसफाइ गर्छन् । यसो गर्नु अवश्य पनि सरसफाइ हो तर यसबाट अपशकुन तथा खराब चीजलाई धपाउने, बढाल्ने र नयाँ वर्ष तथा सौभाग्यलाई स्वागत गर्ने तयारीको रुपमा लिइएको हुन्छ । 

अब यसपछिको अर्को दिनमा झ्याल, ढोकामा नयाँ वर्षका चित्रहरू तथा रातो धागोबाट बनाइएका शुभ चिन्हका गाँठो झुण्ड्याउने या टाँस्ने चलन छ । जस्तै तिमीहरूका देवीदेवताका पोस्टर राखेको हुन्छ नि, लाइक गणेशा, उनले उत्तेजित हुँदै यसो भनेका थिए, अझै सम्झेको छु । तर मैले उनलाई हाम्रो तिहार तथा लक्ष्मी पूजाको अवसरमा यसरी सररफाइ गर्ने चलन छ भन्ने चाहिँ त्यस बेला भनिनँ । चिनियाँ वसन्त चाड र संस्कृतिबारे नै जान्ने मेरो एक मात्र ध्येय थियो ।
 
पेपर कटिङ, चीनको अर्को शानदार कला हो । यस दिनका लागि भनेर पेपर कटिङ गर्ने चलन पनि छ । हाल बजारमा छ्यापछ्याप्ती पाइन्छ वर्षअनुसारका राशिका आकृति अनि सुख, समृद्धि सूचक कटिङ पोस्टरहरू टाँस्छन्, राख्छन् समग्रमा भन्नुपर्दा घर सजाउँछन् साथै सो दिन विशेषतः तोफूको परिकार बनाइन्छ ।

सो गर्नु अवश्य पनि सरसफाइ हो तर यसबाट अपशकुन तथा खराब चीजलाई धपाउने, बढाल्ने र नयाँ वर्ष तथा सौभाग्यलाई स्वागत गर्ने तयारीको रुपमा लिइएको हुन्छ । 

तोफू ! मैले सोधेँ । तिमीहरू खुबै मन पराउँदा रहेछौ, बजारमा पनि जताततै पाइन्छ । होइन, सुन न, त्यो दिनको महत्व अर्कै छ भन्दै उनी सुनाउन थालेका थिए । तोफूको उच्चारण खुसीयाली, आशिर्वादको उच्चारणसँग मेल खान्छ, थाहा छ ? उनले भनेका यी कुराहरू आज पनि सम्झन्छु । त्यस बेला उनले चिनियाँ संस्कृति, चालचलन, सूक्ति, उक्ति र जीवनशैली नै बताएका थिए । 

चीन बसाइ क्रममा यस्ता कुरा धेरै अनुभूत गरेको छु । जस्तै भनौं, चिनियाँमा सुन्तलालाई भनिने शब्द उच्चारण र सौभाग्यको एकै समान छ । त्यसकारण कसैलाई सुन्तला उपहार दिनु भनेको सौभाग्यको कामना पनि हुनआउँछ । अहिले मसँग यस्ता अनेकन् कुराहरूको अनुभव छ । अब फेरि मिस्टर लीको कुरा सुनौं है ।

खुसीयाली, आशीर्वादको उच्चारणसँग मेल खाने तोफूको परिकार बनाएपछि अरू दुई दिन मासु, माछा, उपहारका सामग्री, काजुबदाम लगायतका ड्राइ फ्रुट्स र नट्सलगायतका आवश्यक सामग्री किनमेल गर्छन् । 

किन र ? त्यही दिन तोफू अनि त्यसपछिका दुई दिन किनमेल । के यो चलन अहिले पनि छ ? छ, अवश्य छ । सहरमा कम होला तर बुवा, आमा र बाजेबज्यै भएको घरमा अझै यो चलन छ । तिमीलाई अर्को कुरा पनि सुनाउँछु भन्दै उनले यसो पनि भनेका थिए । कतिपय अन्धविश्वासका कुराहरू पनि छन् तर एउटा परम्पराको रूपमा चल्दैआएका छन् । जस्तै भनूँ, कपाल काट्ने या लुगा धुने । नयाँ वर्षपछिका केही दिनसम्म कपाल नुहाउन पनि वर्जित छ । 

अन्तिम महिनाको अन्तिम दिनको राति अर्थात् नव वर्षको पूर्वसन्ध्यामा जसलाई चिनियाँमा छुसी भनिन्छ, परिवारका सबै सदस्यहरु सँगसँगै बसेर भव्य रात्री भोज खाने गर्छन् । 

किनभने यसो गर्दा सौभाग्य जान्छ भन्ने गरिन्छ । अवश्य पनि औजार चलाउँदा सावधानी आवश्यक छ, यसै गरी केही कुरा भाँच्यो, फुट्यो भने अवश्य पनि नराम्रो हो । तर कपाल काटेर, नुहाएर या घर सफा गर्दा सौभाग्य धपाउने र दुर्भाग्यलाई निम्त्याउने होइन होला । यस्तो चलन पनि छ तर अहिले धेरैले मान्दैनन् । अनि तिमी नि ? म यस्तो मान्दिनँ, हरेक दिन नुहाइन्छ नि । हेर्दा दुई तीन दिनअघि कपाल काटेको देखिन्थ्यो क्यारे, त्यस बेला । मैले जिस्काएको पनि थिएँ । उनी फिस्स हाँसेका थिए । र उनले सरसफाइ, नुहाइधुहाइको काम नयाँ वर्षभन्दा तीन, चारदिनअघि नै गरिसक्ने बताएका थिए ।

अहिले मैले यो पनि बुझेँ कि कपाललाई चिनियाँमा फा भनिन्छ र समृद्धि या धनी बन्नुलाई पनि फा नै भनिन्छ । शब्द, अक्षर तथा उच्चारण समान छन् । यसरी कपाल धुँदा धन पनि पखालिने भन्ने अर्थ लाग्ने भएकोले नै नयाँ वर्षअघि र पछिको केही दिनसम्म कपाल काट्ने र नुहाउने नगरिएको होला । साँच्चै हजाम पसल पनि बन्दै हुन्छ । हुन त, वसन्त चाडको एक साता बाटोघाटोदेखि सबै शून्य नै हुन्छ ।

नयाँ वर्षको पूर्वसन्ध्याको अघिल्ला दुई दिन पुरानो वर्ष बिदा गर्न र नयाँ वर्ष भित्र्याउन विभिन्न थरीथरीका परिकार तयार पार्छन् र पूर्वजको पूजाआजा गर्छन् । नयाँ वर्ष स्वागतार्थ सबै तयारी सकाउँछन् । अन्तिम महिनाको अन्तिम दिनको राति अर्थात् नव वर्षको पूर्वसन्ध्यामा जसलाई चिनियाँमा छुसी भनिन्छ, परिवारका सबै सदस्यहरु सँगसँगै बसेर भव्य रात्री भोज खाने गर्छन् । 

यही फेब्रअरी १२ मा चिनियाँहरू नववर्ष मनाउँदै छन् र यस वर्ष चिनियाँ राशिअनुसार गोरु वर्ष हो । 

यस क्रममा तोफू र माछा छुट्दैन । किनकि तोफू र माछाको संयुक्ताक्षरको चिनियाँ उच्चारणले सम्पन्नताको अर्थ दिन्छ । उत्तरी चीनमा विशेषत च्याओ च अर्थात् मम खाने चलन छ । यो ममको आकार पहिलेपहिले मुद्राका रूपमा चलाइने सुन र चाँदीका आकारका भएकाले पनि यसको थप महत्व भएको हुनुपर्छ । त्यसबाहेक च्याओचको उच्चारणले वर्षदिन बदल्नु भन्ने जनाउँछ ।

नववर्षको पहिलो पलामा चिनियाँ सहरहरू पटाकाको आवाज र त्यसको रङमा झुम्मिन पुग्छन् । तर हिजोआज प्रदूषणका कारणले पटाका पड्काउने र आतिशबाजी ठूला सहरहरुमा सिमित पारिएको छ । यही फेब्रअरी १२ मा चिनियाँहरू नववर्ष मनाउँदै छन् र यस वर्ष चिनियाँ राशिअनुसार गोरु वर्ष हो । 

हाल बेइजिङका सडक, बजारमा जताततै रातो रङसँगै गोरुका आकृति देख्न पाइन्छ । तर कोभिड १९ महामारीका कारण यस वर्ष पनि वसन्त चाडको अवसरमा धेरै चिनियाँहरू आफ्नो जन्मथलो फर्कन सक्ने अवस्था छैन । त्यसकारण यसपालि बेइजिङमा चहलपहल घटेको छैन । न्यू न्येन ख्वाइल । छुनचे ख्वाइल । अर्थात् गोरु वर्षको शुभकामना । वसन्त चाडको शुभकामना ।


Author

थप समाचार
x