विचार-वार्ता

पौरखी पुर्खाको आँसुले हामीलाई सराप्दै त छैन ?

इकागज |
चैत १८, २०७८ शुक्रबार १७:४६ बजे

एउटा समय थियो, त्यतिबेला मानिन्थ्यो सबैभन्दा ठूलो नै पैसा । बजारमा खर्चिनका लागि मात्रै प्रयोग हुने गर्दथ्यो । पारिवारिक जीवनमा आइपर्ने दैनिक आधारभूत आवश्यकताका सामग्री खरिदका लागि मात्रै खर्च गरिने परिपाटी थियो । दुर्घटना या गम्भीर खालको रोग निदान बाहेक पैसा नभए पनि घर/समाज चल्दथ्यो।
यस्ता विषय अहिले पुरानो कथा बनेको छ । किनकि यसको परिभाषा नै समाजले आफै बदलेको अहिलेको अवस्था हो भन्दा फरक नपर्ला ।

एउटा उदाहरण दिउँ, अचेल पाँच रुपैया १५, २५, ३५,४५ जस्ता गिन्तीलाई खुद्रा गर्नका लागि मात्र औजार बनेको छ । पाँच रुपैयामा आउने जिन्सीको सूची शून्य जस्तै छ। भन्नै पर्दा  मुद्राको महत्वमा निकै कमी आएको आँकलन गर्न सकिन्छ । मुद्राको महत्व गिर्नुको कारण धेरै छन्, कारक तत्व भने हामी नै हौ।


कुटनीतिक नियुक्तिबाहेक वैदेशिक रोजगारमा जानुलाई मुग्लान जानु भनिन्थ्यो, यसको सुरुआत भारत र पाकिस्तानबाट सुरु भएको विभिन्न तथ्यांकहरुले देखाउँछ। आफ्नो मातृभूमिका लागि तातो गोलीको पर्वाह नगरी खुकुरीको भरमा आइलाग्ने शत्रुमाथि जाईलाग्ने पराक्रमी नेपाली वीरले ब्रिटिश सेनालाई चकित बनाउँदै उनीहरुको आत्मबल नै घट्ने गरी बहादुरी देखाएकाले पनि उनीहरुले नेपाली युवालाई सेनामा भर्ती लिएको हुनुपर्छ । लाहुरे संस्कृतिको नक्कल गर्दै युवाहरु बाहिरिने क्रम तीव्र हुँदै गयो र, अहिले नेपालमा युवा आत्मविश्वासको साथमा अडिने वातावारण नै गुमिसकेको अवस्था देखिन्छ । 

शिक्षा र रोजगारका लागि अरबौ रुपैयाँ हावामा (हवाईभाडा) उडेको छ।  विदेशी मुलुक ब्राण्ड बन्दैछन्, युरोप अमेरिका, कोरिया, जापान, अष्ट्रेलिया एक उच्च ब्राण्ड, खाडी मलेशिया मध्यम ब्रान्ड, भारत पुरानै ब्राण्ड, ईराक, अफगानिस्तानको कथा, नारीहरु मुम्बई र अफ्रिका ब्यथा त छुट्टै छ । के अब हाम्रो नेपाल युवाहरुको लागि मरुभूमि प्रिय नै भएको हो ? पुर्खाले बनाइदिएका रगत पसिना सिन्चित ती सुन्दर सुन फल्ने गह्राहरु, खोल्सा खोलामा पाइने पानीको कुनै मुल्य छैन ? हुँदैन ?

एकछिन इजरायलको चर्चा गरौ

इजरायल कृषि प्रतिकूल भूमि र मौसमको विरूद्ध लामो, कडा संघर्षको सफलताको कथा हो, आधाभन्दा बढी माटो क्षार सुख्खा वा अर्ध सुख्खा छ । करिब २०% मात्रै कृषियोग्य जमिन रहेको त्यहाँको तथ्यांकले देखाएको थियो । इजरायलको प्राकृतिक पानी आपूर्ति संयुक्त राष्ट्रसंघको पानी गरिबीको परिभाषाभन्दा तल छ । तैपनि सन् १९४८ मा इजरायलको स्थापना भएदेखि यो देशमा खेतीका लागि प्रयोग हुने क्षेत्रको झन्डै तीन गुणा वृद्धि भएको देखिन्छ । जसका कारण उत्पादन १६ गुणाले बढेको पाइएको छ ।  

आज, इजरायल आफ्नै खाद्य आवश्यकताहरूको ९५% उत्पादन र व्यवस्थापन गर्न सक्षम छ । इजरायलको कृषि सफलता किसानहरु, इजरायलको कृषि उद्योग, र प्राविधिक अनुसन्धान र विकास गर्न  इजरायलले  कृषिका लागि १७%  बजेट विनियोजन गर्नु नै त्यसको श्रेय हो । प्राविधिक उपलब्धीहरुमा कम्प्युटर नियन्त्रित थोपा सिंचाई, चुहावटका लागि कम्प्युटरकृत प्रारम्भिक चेतावनी प्रणाली, बालीनाली पानीको तनाव पत्ता लगाउन थर्मल इमेजिंग, जैविक कीट नियन्त्रण र फलफूल र तरकारीका नयाँ प्रजातिहरू समावेश छन् । पानीको व्यापक अभावलाई पर्याप्तता प्रदान गर्न पानी पुनः प्रयोग (८६%), शुद्दीकरण र पृथकीकरण प्लान्टहरूमार्फत आपुर्ति हुन्छ । पानीको अभाव एउटा ठूलो समस्या हो। पानीको चुनौतीको बाबजुद पनि इजरायलले माछा निर्यात गर्दछ । हामी हामीलाई वीर भन्दछौ, तर यी उदाहरणले भन्छ,  तर वास्तविक वीर ईजरायली हुन् ।

हाम्रो समस्याको जड के हो?

हामी निर्वाहमुखी कृषिलाई औद्योगीकरण गर्न नसक्दानसक्दै सुचना सञ्चारको युगमा प्रवेश गरिसक्यौं, प्रतिभा र सुख सुविधा अर्थोपार्जनद्वारा प्राप्त हुने भएकाले कृषि कष्टकर धन्दामा परिणत भयो, भित्ताको पात्रो पल्टने बित्तिकै खातामा नगद जम्मा हुने खालको काम आम रोजाई बन्न पुग्यो। जसको परिणाम शुद्द दूध पिउन गाई÷भैंसी नै हुनुपर्ने, खाना पोकामा, पानी बोतलमा जस्ता प्रयोगले बिस्तारै हामीलाई पनि विकसित मुलुकका नागरकिजस्तै बनाउन थालेका छौं । फरक यत्ति हो विकसित मुलुकका नागरिक व्यस्त भएर यस्ता खानेकुरा र जीवनशैली अपनाउन बाध्य छन् भने हामी नेपाली देखासिकीका लागि यस्तो प्रयोग गर्दैछौं ।

अब गर्ने के ?

स्थानीय प्रजातिका दोपाया र चौपाया दुर्लभ हुँदै गएका छन। अबको पथ भनेको उर्जा उत्पादन र उर्जा पर्यटन, कृषि उत्पादन र कृषि पर्यटनको हो । हामीले नेपालमा भविष्य यसमै देखेका पनि छौं । विगतलाई पाठ सम्झेर अब वर्तमान सम्हाल्नु अहिलेको आवश्यकता देखिन्छ । जनताको सचेतनाले गरेको विकास नै दिगो हुने कतैबाट छिपेको छैन । सिमित खेतबारी, सिमित दोपाया अनि चौपायाबाट सिमित कमाई गर्दै निर्वाह गरिरहेका नेपाली समुदायलाई बिस्तारै बिस्तारै मुद्रा स्फ्रितिले च्याप्दै गयो र नागरिक एक एक गर्दै स्वाभिमानको घेरा तोड्दै मुलुकबाहिर रोजगार खोज्नु जानेबाहेक विकल्प देख्न थालेनन् ।

आफू जाने गन्तव्य मुलुकको भाषा, परिवेश, कानुनबारे जानकारी नै नलिई पैसा कमाएर विलासी जीवनशैली अपनाउने अर्काे चाहना भएको देख्न सकिन्छ । मुलुकमा आफ्नो सीप अनुरुपको होइन आफूलाई बदलेर जे काम पाईन्छ त्यही अनुरुपको तालिम र सीप बिकास गर्दै निरन्तरता दिनु परेको सत्य घाम जस्तै छर्लङ्ग छ । आम्दानीको लागि अरु देशमा आफुलाई बदल्न सकिन्छ भने आफ्नै देशको समृद्धिका लागि किन नसकिने? आँट गर्ने हो ? हो भने अब सुन्नुहोस् ।

एलपी ग्याँसबाट काठमान्डौमा टेम्पो र भ्यान आजका मितिसम्म पनि चलिरहेको छ । कार्बन उत्सर्ग न्यूनरुपमा हुने हो ग्याँस हामी किन्ने गर्छौ । अब हामी यही ग्याँसको विकल्प सिनएनजी हाम्रै मुलुकमा कृषिलाई व्यापक विस्तार गरेर गर्नसक्छौ । चौपाया दोपायाको मलमुत्र, बाली भित्र्याएपछि रहने पात, डाँठ, भान्साको फोहोर, सडेगलेका तरकारी र खाद्य पदार्थबाट नै बायोग्याँस बन्दछ । यही बायोग्याँसलाई नै सिएनजीमा परिणत गरी  बिजुली, ताप र सवारीसाधन सबैमा प्रयोग गर्न सकिन्छ । 

बायो–सीएनजी किन ?

संकुचित बायोग्याँस (बायो–सीएनजी) ले लगभग ९२ देखि ९८% मिथेन र २ देखि ८%  कार्बनडाइअक्साइड मात्र समावेश गर्दछ । बायो–सीएनजीको क्यालोरिफिक मान प्रति किलोग्राम ५२,००० किलोजुल (केजे) छ, जुन बायोग्यासको भन्दा १६७% बढी छ । उच्च मिथेन सामग्री र क्यालोरिफिक मूल्य आर्द्रताको कम मात्राको साथ मिलेर, हाइड्रोजन सल्फाइड र अशुद्धताले बायो– सिनएनजी गाडी र बिजुली उत्पादनका लागि एक आदर्श इन्धन हो । बायो–सीएनजीको कम उत्सर्जन स्तरले यसलाई बायोग्याँस भन्दा बढी वातावरणमैत्री इन्धन बनाउँछ ।

कृषि बायोमास, काठ, बार्क, अगाभ फाइबर, चामलको भूसी, कुखुराको मल, उखु बगसी, राजा घाँस, एमएसडब्ल्यू, निर्माण मलबे, नट, गोलो, भुसे, कागज, कार्ड÷बोर्ड उत्पादनहरू, होग ईन्धन, काठ, शेभिंग्स वा स्लज वैकल्पिक इन्धन समाधान र हर्स्ट प्याकेज प्रोजेक्टहरूले तपाईंलाई कार्बन घटाउन, उत्सर्जन घटाउन, र दुबै अपरेटिंग र ईन्धन लागत घटाउन, साथै तपाईंको कार्बन क्रेडिट बेच्नका लागि योग्य हुन मद्दत गर्दछ ।

के छन् बायोग्याँसका फाइदाहरू ?

बायोग्यास पर्यावरण अनुकूल ईन्धन हो । एक गैर–प्रदूषणकारी र नवीकरणीय उर्जा स्रोत प्रदान गर्दछ । यो ग्यासमा लगभग ६ किलोवाट प्रति क्युबिक मिटर क्यालोरिफिक मूल्य छ र यो भनेको आधा लिटर डिजेल बराबर हुन आउँछ ।

ठूला बायोग्याँस प्लान्टहरूले बिध्युत उत्पादन गरी प्रसारण लाइनमा मिश्रण गर्न सकिन्छ । ऊर्जा रूपान्तरणको उत्तम तरिका यही मानिन्छ ।
महिला र बच्चाहरूलाई दाउरा संकलन र बोक्ने झमेलाबाट बचाउँछ । जसले दैनिक समयको बचत मात्रै हुँदैन । स्वस्थ रहनसमेत मद्दत गर्दछ । भान्साकोठामा धुवाँको जोखिम र खाना पकाउन र सफाइका लागि समय कम खपत गर्दछ, भाँडा कालो हुने समस्याबाट मुक्ति दिलाउँछ ।

पचाएको लेदो उच्च गुणस्तरको जैविक मल हो, पूर्ण प्राकृतिक र निःशुल्क हुने हुँदा यो फाइदाजनक रहेको देखिन्छ । हानिकारक कृत्रिम रसायनबाट यसले पूरक वा रसायनिक मलहरू प्रतिस्थापन नै गर्न पनि सक्दछ । वातावरण,सरसफाइमा सुधार हुने मात्रै नभइ विकेन्द्रीकृत उर्जा उत्पादनका लागि स्रोत प्रदान गर्दछ।
विविध किसिमले पनि यसले ग्रामीण समुदाय र क्षेत्रमा रोजगारी सिर्जना गर्न अग्रसर गराउँछ । घरका फोहोर र जैविक–फोहोरलाई उपयोगी र स्वस्थ तवरले हटाउन सकिन्छ भने यो प्रविधि सस्तो र अन्य जैविक इन्धनहरूको लागि भन्दा सजिलो पनि छ ।

पातलो जैविक फोहर सामग्री (२–१०% ठोस्) फिड सामग्रीका रूपमा प्रयोग गर्न सकिन्छ । त्यस्तै कुनै पनि जैविक सड्ने बायोडिग्रेडेबल वस्तुलाई जैविक श्रोतको  रूपमा प्रयोग गर्न सकिन्छ ।

एनारोबिक पाचनले रोगजनक परजीवीहरूलाई निष्क्रिय पार्दछ र यसमा निकै प्रभावकारी हुन्छ पानीले सार्ने रोगहरूको घटना घटाउन जोड पुग्छ ।
त्यस्तै विश्वस्तरमा वातावरणीय फाइदाहरूमा बायोग्याँस प्लान्टले पृथ्वीको वातावरणमा ग्रीन हाउस प्रभावहरू उल्लेखनीय रूपमा न्युनीकरण गर्दछ भने मिथेन उत्सर्गलाई ईन्धनको रूपमा प्रयोग गरेर कम गर्दछ।

जैविक इन्धनका वैकल्पिक स्रोतहरु 

जैविक इन्धनका वैकल्पिक स्रोतहरु हाम्रै घर वरपर छन् । हामीले सँधै देखिरहेका, प्रयोग गरेर खेर फालिरहेका वस्तु या सामग्रीहरु यसका उपयुक्त स्रोत हुन् । 
कृषि बायोमास, काठ, काठका बोक्रा वनस्पति या फलफुलका बोक्रा (जस्तै बदाम,नरिवल), केत्तुकेजस्ता रेसादार वनस्पति, धानको भुस, कुखुराको सुली, पेलिइसकेको उखु, खर तथा बाबियो प्रकारका लामा घाँस, शहरी फोहोर, निर्माण भत्काइएका घरका फोहोरहरु, निर्माण सामाग्रीका फोहोरहरु,, कागज, कार्ड/बोर्ड उत्पादनहरू, काठको धुलो, मकैको ढोड, झुर्नाहरु, सुकेर भुईमा झरेका पात, झिना मसिना हाँगाहरु तथा नालीमा भेटिने ठोसमा परिणत हुने लेदोहरु सबै बायो फिडर हुनसक्छन् । तर, हामीले यस्ता खेर गएका वस्तुलाई बेवास्ता गर्दै आइरहेका छौं । 
 

हजाराै वर्षअघि नै हाम्रा पिता पुर्खाहरु, ऋषिमुनीहरुले दिक्षित गराईसकेको बिषय हो । यो दुनियाँलाई आवश्यक उर्जाको श्रोत पञ्चतत्व याने की आकाश, पाताल, जल, अग्नि र वायु हुन् । यी तत्वको प्रयोग अरु मुलुकले गरे, त्यसैले विकसित भए । हामीले सकेनौ, अविकसित भयौ । 

हामीले नसकेकै हो । या नगरेकै हो । अब जागरुक बन्नु पहिलो आवश्यकता हो । आफ्नै पहलमा देशमा समृद्धि ल्याउने भूमिकामा युवावर्ग अब पछाडि हुनु हुँदैन । के पौरखी पुर्खाको आँसुले हामीलाई सराप्दै त छैन ?


 


Author

थप समाचार
x