भोट, भ्वाइस र भोक
मुलुक एकात्मक शासन व्यवस्थाको अल्झनबाट संघीय शासन प्रणालीमा पदार्पण भएको आधा दशकको इनिङ सकिएको छ । अर्को इनिङका लागि स्थानीय तह निर्वाचन ६४ प्रतिशत मतदानसँगै सकिएको छ । झडप, कुटाइ र मतदान स्थगित लगायतका घटनाले सामाजिक सञ्जाल तरंगित बन्यो । घटना परिघटना न्युजपोर्टलको शीर्ष बने । लोकतन्त्रको पूर्वसर्त, कानुनको शासनको सूचतक तथा संविधानवादनको अन्तर्निहित तत्वको रूपमा रहेको आवधिक निर्वाचन स्वच्छ, स्वतन्त्र र निश्पक्ष रूपले सम्पन्न हुनेपर्ने मान्यता राखिन्छ । लोकतन्त्रको वैभ नै डर, धाकधम्की र भयरहित तरिकाले आफ्नो अभिमत जाहेर गर्न पाउनु हो ।
लोकतान्त्रिक पद्धति अवलम्बन गरेका मुलुकमा प्राप्त अधिकारको विवकेसम्मवत् प्रयोग गर्ने र अरुको अधिकारलाई सम्मान गर्नुपर्ने दायित्व आम जनताको काँधमा थपिएको हुन्छ । एकले दायित्व निर्वाह नगर्दा अर्को व्यक्तिले हकमा हनन् हुन जान्छ । अघात पर्न जान्छ । विश्वको आइसिटीको चकमक्क इन्द्रेणीमा रंगिएको छ । हामी सट्टामा मतहाल्ने विषयमा विवाद गरेर मतदानस्गगित गर्दैछौ । यसले हाम्रो स्तरको प्रतिनिधित्व गरेको छ । ई–डेमोक्रेसी, ई–गभर्नेन्स र डिजिटल प्लेटफर्मको विराट युगमा भएर हस्तलिखित युगको निरन्तरताको विवशतामा बाँच्न बाध्य छौं ।
लोकतन्त्रको गहनाको रूपमा आवधिक निर्वाचन मार्फत नाम नागरिकले विकासको भोक, समृद्धिको भोक, प्रगतिको भोकको भोकाई मेटाउन भ्वाइस र भोटमार्फत शासकीय संरचनामा नयाँ नेतृत्व चयन गर्दछन् । जसले शासकीय वृत्तमा नयाँ रक्तसञ्चार गर्ने काम गर्दछ । मतदाताले आफ्ना प्रतिनिधिले विगतमा गरेको कार्यको प्रभावकारी रूपमा समिक्षा गर्दै उत्कुष्ट भए पुननिर्वाचिति गरेर पुरस्कृत गर्दछन् निकृष्ट भए हराएर दण्डित गर्दछन् । त्यति मात्र होइन विगतको वर्षको समिक्षा र आगामी वर्षको रोडम्याप अर्थात आगामी कार्यदिशाको कार्यभार समेत सुम्पिन्छन् ।
फरक दलको प्रतिनिधित्व गरेर निर्वाचन प्रक्रियामा सहभगी भएको भएतापनि तिनिहरूको अन्तिम उद्देश्य मुलुक तथा जनताको भलो नै हो। सबैको उद्देश्य मुलुकको भलो नै हो भने राजनीतिमा लाजनीति नमिसिनु पर्ने हो ।
लोकतन्त्रको सर्वोत्तम उत्सवको रूपमा रहने आवधिक निर्वाचनमा हुलहुज्ज्त, तोडफोड र हिंसा हुन्छभन्ने कल्पना गरिदैन् । यदि हुन्छ भने महरूमा लोकतान्त्रिक मूल्य मान्यताको शिशु व्यवहार पनि छैन् । लोकतन्त्र अर्केमाथि हुकम चलाउने । शासन गर्ने । दुहाइदिने । निर्देशन गर्ने व्यवस्था होइन । सम्भावमा, सेवाभावमा र सहभागितमा सञ्चालिन हुन आर्दश अवस्था हो । जहाँ राज्य व्यवस्थामा सबै वर्ग क्षेत्रको पहुँच, सहभागिता र समान अवसरको प्राप्तिको सुनिश्चिता गरिएको हुन्छ ।
लोकतन्त्रमा विचारको शक्ति प्रर्दशन हुनु पर्दछ । राजनीतिक संस्कारको प्रतिस्पर्धा हुनपर्दछ । संस्कार र मूल्यको बल देखिन्नु पर्दछ । इमानदार र सदाचारिताको नमुना पोखिनु पर्दछ । यस्तो व्यस्थामा भौतिक बलको सहारा खोज्नेहरू विचारमा शून्य, आर्दशमा धुमिल र संस्कारमा जिर्ण हुन्छन् । विचार, आदर्श, संस्कार, जनमुखी अजेण्डा सकिएकाहरूको अन्तिम हतियार भौतिक बल अर्थात पाखुरीको बल हुन्छ । भौतिक बलको सामथ्र्यमा लोकतन्त्रमा जीउन महंगो पर्दछ । फरक मत, विचार र आर्दशको सम्मान नै लोकतन्त्रको सुन्दरपक्ष हो ।
बहुलविचार, मत र अभिमतलाई सम्मान गर्न सकिएन भने लोकतन्त्रले दिएको अधिकार प्रचलन हुन पाउदैन् । लोकतन्त्रमा मतदातालाई राइट टु रिजेक्ट र राइट टु रिकलको अधिकार हुन्छ । यद्यपि उक्त व्यवस्था हाम्रो कानुनमा छैन । तर पनि धेरै स्वतन्त्र उम्मेदवारको विजयीलाई राइट टु रिजेक्ट र राइट टु रिकलको अधिकारको रूपमा बुझन सकिन्छ । हामी राइटु रिजेक्टर रिक्लको अधिकार दिन डराइरहेका छौं किनकि हामीमा लोकतन्त्रप्रतिको भरोसा र विश्वास निकै कम छ ।
बालिग मताधिकार नागरिकको आधारभूत नैर्सगिक अधिकार हो । यस अधिकारको निर्वाच प्रयोगको सन्दर्भमा राजनीतिक उत्तरदायित्वपूर्णत पुरा भएन भने राज्यले समेत आफ्नो दायित्व समेत पुरा गर्न नसक्दा विदेशमा बस्ने, झण्ड २५ हजार संख्यामा रहेका कैदीबन्दी तथा कर्मचारी स्वयमले बालिग मतदाधिकारको प्रयोग पाएनन ।
निर्वाचनको दौरानमा हुने हिंसा, झडप र मतदान स्थगित हुने घटना प्रधानत राजनीतिक उत्तरदायित्वको कमी, कमजोर सुरक्षा र मतदाता शिक्षाको कमजोर उपस्थितिसँग जोडिन्छन् । जब मतदाताले बालिग मतदाधिकारको प्रयोग गर्न सक्दैन वा जान्दैन तबसाहारा खोज्छ र साहारको दूरूपयोग भएकोले कैयौं घटना घटेका छन् । कतिपयट घटना त्यहाँ खटिने कर्मचारी, मतादाता र राजनीतिक दलहरूको इथिक्ससँग जोडिएका पनि छन् ।
लोकतन्त्रले लोकतान्त्रिक संस्कार, संवैधानिक मोरिालिटी, नैतिकमूल्य तथा सामाजिक मूल्य, राजनीतिक संसकार र प्रतिवद्धता माग गर्दछ लोकतन्त्र अनुरूपका चरित्र, चिन्तन र चित्र प्रदर्शन गर्नसक्नु पर्दछ ।
आवधिक निर्वाचन कुनै युद्धमैदान होइन बरु शान्तिको जग र अहिंसाको मुलको रूपमा रहेको हुन्छ । आवधिक निर्वाचन क्रममा मान्छेको जीउज्याम जोखिमा पर्नु, मतपत्र च्यातिनु, तोडफोड हुनु र हुलहुज्जत हुनु शोभनिय होइन । सोचनिय हो। यसले हाम्रो समाज र व्यवस्थको इमेज देखाउछ ।
जब अपराध र सिंसाका घटना बढ्दै जान्छन् भने समाजमा समस्या छ भन्ने बुझिन्छ । त्यसको लागि कानूनमात्र सुधार गरेर हुदैन । समाजमा सुधार आवश्यक छ । संरचनामा होइन संस्कारमा छ । यस्तो हुनुको पछाडी राजनीति सिकाइयो । राजनीतिक संस्कार सिकाइएन। विचार सिकाइयो विवेक सिकाइएन। व्यक्ति चिनाइयो विधि चिनाइएन । पात्र भनियो पद्धति भनिएन ।
नागरिकको स्वतन्त्रा, खुसी र सन्तुष्टिनै लोकतन्त्रको अन्तिम उडान हो भने निर्वाचनमा क्रममा जीउज्यान र धनमालको क्षति हुने र स्वतन्त्रताको निर्वाध प्रयोग गर्न नपाउने लोकततन्त्रको बुइँ चडेर समाजवादउन्मुख मुलुकको गन्तव्यमा कसरी पुगिएला ?
परिवर्तित व्यवस्थालाई प्रभावकारी रूपमा सञ्चालन तथा व्यवस्थापन गर्न सकिएन भने व्यवस्थाप्रतिको वितृष्णमात्र होइन परिवर्तन प्रतिको भरोसा नै हराउन सक्छ । विधि नरहने व्यवस्थाले दिने प्रतिपफल मुलुक र जनताको लागि प्रतिउत्पादक हुन्छ । राष्ट्रको लागि महंगो पर्न जान्छ ।
विकासको बाधक एकात्मक व्यवस्था भनियो, त्यो फालियो । राजा भनियो त्यो नि फालियो । राजतन्त्र भनियो त्यो नि फालियो । अब पनि भएन भने छोड्न बाँकी तिनै राजनीतिक दलहरू मात्र छन् । झुण्ड बनाएर एकअर्कोबीच सधैँ भिडाइरहेन हो भने एक दिन दलभन्दा स्वतन्त्र उम्मेदवार विजयी हुनेछन् । जनता फरक टेस्टकोे खोजीमा छन् । हुन्छन् । एउटै तरिकाले फरक नतिजा ननिस्किँदा मतदाता फरक प्रयोग गर्नसक्छन् ।
मुलुक निर्माण हुनु भनेको भौतिक संरचनाको जलपले सिंगारिनु मात्र होइन संवैधानिक तथा सामाजिक नैतिकताले भरीपूर्ण हुनु हो । संस्कारको आर्दशता भेटिनु हो । कानून लोकतान्त्रिक बनाएर मात्र हुदैन यसको लागि कानून अनुरूपको व्यवहार पनि लोकतान्त्रिक भएर प्रदर्शित हुनपर्दछ । यति भए लोकतन्त्र र अरु तन्त्रबीचको तात्वकि भिन्नता छुटिन्छ । काग र कोहीली रंगमा एउटै हुन्छन तर आवाज फरक हुन्छ । त्यसकारण लोकतन्त्र र अरु तन्त्र रूप र सारमा फरक हुनपर्दछ । लोकतन्त्रको आवाज, आत्म र जीवन बचाउन पनि व्यवहार र संस्कारमा भर पर्दछ ।
सामाजिकता नहुने समाज हुने, संस्कार नहुने संरचना हुने, मूल्य नहुने मानिस, पद्धति नहुने पार्टीभयो भने परिवर्तित व्यस्थाको अनुभव, अनुभूति र आभास हुदैन । जतिक सुकै उत्कृष्ट व्यवस्थाको वकालत गरे पनि उत्कृष्ट व्यवहार भएन भने नागरिकले स्वतन्त्रता, सुरक्षा र स्वच्छता हरण हुन जान्छ ।
लोकतन्त्रका वहाकका रूपमा रहेका राजनीतिज्ञको व्यवहारसँग लोकतन्त्रको जीवन र आत्म जोडिएका हुन्छ । लोकतन्त्रको परमविन्दु नै फरक मत, विचार र दर्शनको सम्मान हो । स्वच्छता र प्रतिस्पर्धालाई स्वागत हो । जहाँ व्यक्तिभन्दा विचार, समाजभन्दा संस्कार, पात्र भन्दा पद्धति प्रधान हुन्छ ।
भोक नमेटिने, भ्वाइस हराउने र भोट मतपेटिकामा सीमित हुन व्यवस्थाको अब उप्रान्त अन्त्य होस् । भोकको भोकाई मेट्यिो। भ्वाइसको सम्बोधनहोस् । भोटको प्रतिनिधित्वहोस् । तब पो लोकतन्त्र । अनि पो लोकतान्त्रिक व्यवस्था ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया