विचार

स्वतन्त्रताको स्वर्ण जयन्ती  र राष्ट्रपिताको सतवार्षिकीमा रमेको बंगलादेश

राम रिसाल |
चैत ३०, २०७७ सोमबार २०:४८ बजे

बंगलादेशको इतिहासमा सन् २०२१ विशेष महत्व राख्छ, किनकि राष्ट्रले आफ्नो राष्ट्रपिता बङ्गबंधु शेख मुजीबुर रहमानको जन्म शताब्दी र देशको स्वतन्त्रताको स्वर्णिम जयन्ती मनाइरहेको छ । युएनसीटीएडीले तोकेको आधारमा, संयुक्त राष्ट्रसंघको सीडीपीले बंगलादेशलाई विकासोन्मुख देशमा स्तर उन्नतिको सिफारिस गर्ने निर्णय र कोभिड-१९ को कहाली लाग्दो नतिजापछि पनि बंगलादेशको आर्थिक जोखिमताबारे एक वस्तुगत स्थिति अध्ययनद्वारा स्तर उन्नतिका लागि गरिएको समर्थन, बंगलादेशका लागि यो वर्षका विजय उन्मुख घटनाहरू हुन् ।

स्तरउन्नति हुनुपूर्व पालना गर्नुपर्ने तीन पूर्व शर्तहरुः प्रति व्यक्ति आय, मानव विकास सूचकांकको स्थिति र आर्थिक जोखिमको सुचाङ्कको स्थिति बंगलादेशले सफलतापूर्वक पूरा गरिसकेको छ ।  प्रतिव्यक्ति आयको ‘थ्रेस होल्ड’ अमेरिकी डलर १२३० मा सेट गरिएको थियो । समीक्षाका क्रममा बंगलादेशको प्रतिव्यक्ति आय १८२७ अमेरिकी डलर थियो जुन ‘थ्रेस- होल्ड’ भन्दा धेरै बढी हो ।


एउटा स्तर उन्नति उन्मुख स्नातक देशको मानव विकास सूचकांक मा ६६ अंक (पोइन्ट)को आवश्यकता पर्छ, जबकि बंगलादेशले समीक्षा अवधिमा ७५ अंक प्राप्त गरेको थियो । यसका साथै, स्तर उन्नतिका लागि आर्थिक जोखिमको सूचकांक ३२ अंकभन्दा कम रहनुपर्छ, जबकि बंगलादेशले समीक्षा अवधिमा २५.२ अंक प्राप्त गर्‍यो । यी उपलब्धिहरूबाहेक, देशको गरिबी दर २००५ मा रहेको ४०% बाट नाटकीय रूपमा घटेर २०१९ मा २०.५% हुन् पुग्यो । त्यसकारण, बंगलादेशका जनताले आफ्नो देशलाई स्तर उन्नति गर्दै विकासोन्मुख देशका लागि सिफारिस गरिएको समाचारलाई खुसीपूर्वक ग्रहण गरेका छन् ।

सन् १९७१ मा राष्ट्रपिताको हातबाट शुरू भएको देशको स्वन्त्रताको यात्रा, सैन्य हस्तक्षेपका कारण पटक-पटक र लामो समय अवरुद्ध भएको थियो । सन् १९९१ मा प्रजातन्त्रको पुनःस्थापनापछि पनि यो यात्रा दोस्रो पटक अवरुद्ध भयो, जब सेनाले समर्थन गरेको कार्यवाहक सरकारले २००७ मा सत्ता कब्जा  गर्‍यो । सन् २००८ को आमचुनावमा शेख हसीनाको नेतृत्वमा अवामी लिग पार्टीले ठूलो जीत हात पारेपछि, उनकै नेतृत्व को सरकारले यस देशको पुनर्निर्माणको कार्य २००९ बाट फेरि शुरु गर्‍यो । त्यसयता यही सरकारले देशको बागडोर सही दिशामा मार्ग प्रशस्त गरिरहेको छ ।
 
विगत दशकमा बंगलादेशमा विशाल रुपमा विकास भएको छ भन्ने त्यथ्यलाई कसैले पनि नकार्न सक्दैन । प्रतिव्यक्ति आय एकदम द्रुत गतिले वृद्धि भएको छ । मेघा परियोजनाहरु जस्तै पदमा पुल, एलेभेटेड एकेस्प्रेस वे, मेट्रो रेल, कर्नाफुली नदीमा सुरुङ्ग मार्ग सम्पन्न हुन लागेका  छन् । विदेशी मुद्राको मौज्दात (रिजर्व) ले इतिहासकै रेकर्ड बनाएको छ । 

गत दशकमा कपडा उद्योग लगायत अन्य उद्योग तथा निर्यात उन्मुख क्षेत्रले पनि उल्लेखनीय वृद्धि गरेका छन् । देशले खाद्यान्न उत्पादनमा आत्मनिर्भरता पाएको छ भने पर्याप्त माछा र मासु उत्पादन गर्दै देशवासीहरुको प्रोटिनको मागको पूर्ति गर्न सक्षम भएको छ ।  तसर्थ, निर्धक्क भन्न सकिन्छ कि बंगलादेशले एक दशकमै देशमा व्यापक विकास गरेको छ ।
 
यदि हामीले बंगलादेशको आर्थिक विकासको अन्तिम दशकलाई त्यो भन्दा अघिल्लो दशकसँग तुलना गर्न खोज्यौ भने सबै पक्षमा एउटा क्रान्तिकारी सुधारका लहर नै भएको भेट्टाउनेछौं । उदाहरणका लागि, २००८-०९ मा बंगलादेशको जीडीपी १०३.५ अरब अमेरिकी डलर थियो, जबकि २०१९-२० मा जीडीपी द्रुत गतिले बढेर ३०३०.२ अरब अमेरिकी डलर पुग्यो । निर्यात् आम्दानीको सवालमा पनि बंगलादेशले अस्चार्यजनक ब्रिध्धि हासिल गरेको छ; जस्तै की, २००८-०९ मा १५.५७ अरब अमेरिकी डलर को निर्यात आम्दानी वृद्धि हुँदै २०१९-२० मा ४०.५४ अर्ब अमेरिकी डलर पुग्यो । अन्तमा, आरक्षित विदेशी मुद्रा २०१९-२० मा बढेर ४४.०३ अर्ब अमेरिकी डलर पुग्यो, जुन २००८-०९ मा केवल ७.४७ अरब अमेरिकी डलर मात्र थियो । यी सबै तथ्यांकहरूले बंगलादेशले प्राप्त गरेको विशाल आर्थिक वृद्धिलाई संकेत गर्छ ।
 
यी उपलब्धिबाहेक, कोभीड-१९ महामारीले ल्याएको आर्थिक मन्दीमा समेत बंगलादेश सरकारले आर्थिक गतिविधि कायमै राख्दै निरन्तरता दिन ठूलो सफलता प्राप्त गर्‍यो । जब ठूला-ठूला अर्थतन्त्रहरु आर्थिक गतिविधिको स्थिरता हासिल गर्न लागिपरेका थिए । बंगलादेशले भने आर्थिक लगायत स्वास्थ्यसम्बन्धी हुन सक्ने महामारीका नकारात्मक प्रभावहरुलाई पनि कुशलतापूर्वक ब्यवस्थापन गर्‍यो । तसर्थ, कोभिड-१९ महामारीले बंगलादेशको अर्थतन्त्रमा पार्न सक्ने सम्भाब्य नकरात्मक प्रभावहरुबारे विभिन्न अन्तर्राष्ट्रिय समुदायहरुको आँकलन विपरित बंगलादेशले त्यस्ता चुनौतिहरुको सफलतापूर्वक ब्यवस्थापन गर्‍यो ।  

विश्वव्यापी महामारीको क्रममा अर्थतन्त्रलाई टेवा दिन एक लाख २१ हजार करोडको विश्वव्यापी तबरमै सबैभन्दा ठूलो आर्थिक प्रोत्साहन प्याकेजलाई कार्यान्वयन गरेर पनि सरकारले आफ्नो विश्वसनीयता प्रदर्शन गरेको छ । संसारका १३० विभिन्न देशहरु आफ्ना नागरिकका लागि खोपको दरिलो व्यवस्था मिलाउन संघर्ष गरिरहेको बेला, शेख हसीनाले भने देशवासीहरूका लागि पर्याप्त मात्रमा  खोपको व्यवस्था गर्न कूटनीतिक, राजनीतिक र नेतृत्वदायी क्षमताको सफल प्रदर्शन गरिन् ।

कोभिड- १९ महामारी व्यवस्थापनको क्रममा उनको असाधारण नेतृत्वको सराहनाको रूपमा, राष्ट्रमंडलका शीर्ष तीन प्रेरणादायी महिला नेतृमध्ये एकको रूपमा मुक्त कण्ठले नमन गरिएको छ । यस्तो खुशीको कुरालाई बंगलादेशी जनसमुदायले  प्रशंसा नगरी रहनै सक्तैन । यसअघि नै डब्ल्यूएचओका महानिर्देशकले बंगलादेशलाई कोभिड- १९ महामारी ब्यबस्थापनको एक सफल कहानीको रूपमा घोषणा गरेका थिए । यस्ता सम्मानहरु अवश्यै पनि शेख हसीनाको विश्वसनीय र प्रभावकारी नेतृत्वको कारणले बंगलादेशलाई प्राप्त भएका छन् । कूटनीतिक सन्तुलनमा बंगलादेश यतिबेला विश्वकै उदाहरणका रुपमा समेत देखिन थालेको छ । चीन र भारतसँगको सम्बन्धको सन्तुलन होस् या पश्चिमा र चीनसँगको सम्बन्ध साच्चै लोभ लाग्दो व्यवस्थापन छ ।

एक सान्दर्भिक प्रश्न यो पनि छ कि, कुन कारणले गर्दा बंगलादेशलाई उचित समयमा विकासशील देशमा स्तर उन्नतिका लागि योग्य हुन मद्दत गर्‍यो ? पहिलो कारक भनेको सरकारको निरन्तरता नै हो जसले गर्दा सरकारलाई आफ्नो इच्छा अनुसारका सान्दर्भिक कार्यक्रमहरू निर्माण र लागू गर्न ठुलो मद्दत गरेको छ । देशको विवादास्पद राजनीतिक संस्कृतिलाई मनन गर्दा यो निष्कर्षमा सजिलै पुग्‍न सकिन्छ कि हरेक पाँच वर्षमा वा छोटो समयमै बारम्बार सरकार परिवर्तन भएमा विकासको गति अब्स्यै पनि अवरोध हुन्छ ।

त्यसैले, राज्य शक्तिमा लगातार तीन कार्यकालसम्म नेतृत्व गर्नाले प्रधानमन्त्री शेख हसीनालाई उनको योजना अनुसार कार्य सम्पादन गर्न अवश्यै पनि सहज वातावरण उपलब्ध भएको छ । तसर्थ, बंगलादेशको स्तरउन्नतिको पक्षमा युएन सीडीपीको सिफारिस गत दशकमा बंगलादेश सरकारको अविछिन्न, अथक र सफल प्रयासहरूकै परिणाम हो ।

दोस्रो कारक शेख हसीनाको विवेकी नेतृत्व हो जसले आर्थिक विकास तथा समग्र विकासको गतिलाई अविछिन्न राख्न सही समयमा सही निर्णयहरू कार्यान्वयन गराएको थियो । उदाहरणका लागि, जब विश्व बैंकले काल्पनिक भ्रष्टाचारको आरोपमा आधारित रही पद्मा पुल परियोजनामा आर्थिक सहयोग बन्द गर्ने निर्णय गर्‍यो , धेरै जसो नागरिक र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्था र सक्ति केन्द्रहरु, त्यस पुलको भविष्यप्रति शंकास्पद थिए ।

प्रधानमन्त्रीले बंगलादेशको आफनै वित्तीय स्रोत परिचालन गरी पुल निर्माण गर्ने निर्णयमा अडिग रहनुले गर्दा नै आज  उक्त पुलको खामाहरुमा ४१ वटा स्प्यान स्थापना गरेर वास्तविकतामा परिणत भएको छ । निरन्तरता र विवेकी नेतृत्वको साथसाथै बंगलादेशको धर्मनिरपेक्षताप्रतिको संवेदनशीलताले पनि देश विकासको सुनौलो दसकको प्राप्तिमा अपरिहार्य भूमिका खेलेको छ । त्यसकारण, संयुक्त राष्ट्र संघ सीडीपीले बंगलादेशलाई एलडीसीबाट स्तर उन्नतिको पक्षमा गरेको सिफारिस, बंगलादेशको स्वतन्त्रताको स्वर्णिम महोत्सवको परिप्रेक्ष्यमा एउटा उत्कृष्ट उपहार नै हो ।

सन् २०३१ सम्ममा विकासोन्मुख उच्च-मध्यम आय हुने देश र २०४१ सम्ममा विकसित देशको हैसियत प्राप्तिका लागि निरन्तरको अथक प्रयासका लागि बंगलादेशको प्रधानमन्त्री विशेष धन्यवाद पात्र हुन् । बंगलादेशको यो यात्राबाट नेपालले सिक्नुपर्ने धेरै विषय छन् । नेपालले पनि आफूलाई विकाशसिल राष्ट्रमा आफूलाई उभ्याउन खोजेको छ । सरकाले बारम्बार २०३० बाट नेपालको स्तरोउन्नति हुने बताउँदै आएको छ । यो अवसरमा बंगलादेशको प्रगतिलाई नियालेर आफ्नो कार्य अघि बढाउन सके राम्रो हुने देख्छु । 


Author

थप समाचार
x