विचार

आयुर्वेदिक औषधिको ‘एक्सपाइरी डेट’ हुन्छ ?

डा. रामदेव पण्डित |
असोज २५, २०७९ मंगलबार १८:३७ बजे

एक्सपाइरी डेटपछि औषधीहरू खानै नहुने होइन तर एक्सपाइरी डेट नाघेको औषधी खानु बुद्धिमानी भने होइन । वैज्ञानिक दृष्टिले एक्सपाइरी डेटपछि औषधीको क्षमता ५० प्रतिशत घट्छ र त्यसपछि औषधीको क्षमता क्रमश: ओरालो लाग्न थाल्छ ।

विश्व बजारमा अनेक किसिमका खाद्य तथा औषधीय उत्पादनहरू पाइन्छन्। केहीको प्रयोग गर्न मिल्ने अवधि वर्षौंको हुन्छ भने केहीको हप्ता दिन भन्दा पनि कमको। किन यस्तो ? प्रयोग गर्ने अवधि निश्चित गर्नुको प्रयोजन के होला ? के यहाँलाई थाहा छ ?


खाद्य तथा औषधीय उत्पादनहरू मानव जीवन र स्वास्थसँग प्रत्यक्ष जोडिएको हुन्छ त्यसैले प्रयोग गर्ने मिति खाद्य तथा औषधीय उत्पादनहरूमा अनिवार्य रूपमा उल्लेख गर्ने कानुनी बाध्यता छ। उत्पादनमा उत्पादकद्वारा प्रयोग गर्न मिल्ने अवधि उल्लेख गर्नुपर्ने विश्वव्यापी कानुनी प्रावधान र उपभोक्ता अधिकारसँग सम्बन्धित हुन्छ। यसबाहेक खाद्य तथा औषधीय उत्पादनहरूको सुरक्षा सुनिश्चिताको विषय पनि हो।

हरेक खाद्य तथा औषधीय उत्पादनहरू फरक फरक प्रकृतिका घटकहरूले बनेका हुन्छन्। त्यस्ता घटकहरू केही छोटो अवधिमै बिग्रिने खालका हुन्छन् भने केही घटकहरू बिग्रिन वा प्रभावहीन हुन निश्चित समय लाग्छ। अजैविक घटकहरूको उत्पादन लामो समयसम्म प्रभावी रहनसक्छन् भने जैविक घटकबाट बनेका उत्पादन तुलनात्मक रूपमा छिट्टै बिग्रिने हुन्छन्। प्राकृतिक रूपका खाद्य तथा औषधीय उत्पादनहरू निकै छिटो बिग्रिन्छन् त्यसैले बजारमा पाइने खाद्य तथा औषधीय उत्पादनहरूलाई अलि लामो समयसम्म प्रयोग गर्न मिलोस् भनेर विभिन्न खालको जैविक अजैविक प्रिजर्भेटिव राखेर प्रशोधन गरिएको हुन्छ।

खासगरी औषधीय उत्पादनहरूको प्रभावलाई लामो समयसम्म कायम राख्न त्यसको भण्डारणमा निकै ध्यान दिनुपर्ने हुन्छ। बाथरूमको साबुन राख्ने बट्टा, कपडा राख्ने दराजको कक्ष, भान्साघरको मसला राख्ने घर्रा, सवारी साधनको डिक्की आदि औषधी राख्ने सही स्थान कदापि होइनन्। औषधीय उत्पादनहरूको प्रभाव क्षमतालाई निश्चित समयसम्म कायम राख्न प्रकाश नपर्ने, सुक्खा र ठण्डा स्थानमा मात्र राख्ने गर्नुपर्छ।

भण्डारण वातावरण (स्टोरेज इन्भाइरोनमेन्ट) बजारमा पाइने खाद्य उत्पादनहरूको सन्दर्भमा पनि उत्तिकै महत्वपूर्ण हुन्छ तर यस विषयमा अहिले बिक्रेता एवं उपभोक्ता दुवै सचेत देखिन्नन्।

यिनै कारणहरूले गर्दा खाद्य तथा औषधीय पदार्थहरूमा प्रयोग गर्न मिल्ने अवधि लेखिएको हुन्छ। प्रयोग गर्न मिल्ने अवधि वैज्ञानिक विधिबाट निश्चित मापदण्डको आधारमा गणितीय सुत्रहरू मार्फत तय गरिएको हुन्छ।

एक्सपाइरी डेट भनेको औषधी पदार्थको त्यो अन्तिम दिन (अवधि) हो जुनदिनसम्म उत्पादकले आफ्नो उत्पादनको प्रभाव उच्चतम छ र उत्पादन पूर्णत: सुरक्षित छ भन्ने सुनिश्चित गरिएको हुन्छ। एक्सपाइरी डेट अगावै कुनै उत्पादनले उपभोक्तालाई हानी पुर्‍याएको ठहरिए उत्पादकले उत्पादनले उपभोक्तालाई भएको सम्पूर्ण क्षतिसहित जरिवाना पनि व्यहोर्नु पर्छ। साथै कानुनी रूपमा सजाय पनि हुन्छ तर एक्सपाइरी डेट पछि उत्पादक त्यसका लागि जिम्मेवार हुँदैन।

हरेक खाद्य तथा औषधीय पदार्थको दुई प्रकारको जीवन हुन्छ सेल्फ लाइफ र हाफ लाइफ। सामान्य रूपमा भन्नुपर्दा खाद्य तथा औषधीय पदार्थको सुनिश्चित गुणस्तर १० प्रतिशतसम्म बिग्रिन लाग्ने समयलाई सेल्फ लाइफ भनिन्छ भने ५० प्रतिशतसम्म बिग्रिनलाई लाग्ने समयलाई हाफ लाइफ भनिन्छ।

अन्य पदार्थहरूको प्रकृति अनुसार सेल्फ लाइफको प्रतिशत निर्धारण फरक पनि हुनसक्ला। यिनै आधारमा खाद्य तथा औषधीय पदार्थहरूको प्रयोग गर्न मिल्ने अवधि तय गरिएको हुन्छ। खाद्य र औषधीय पदार्थहरूको प्रयोग गर्न मिल्ने अवधिलाई फरक फरक तरिकाले उत्पादन ‘लेवल’मा उल्लेख गर्ने गरिएको पाइन्छ।

औषधीय पदार्थहरूको सन्दर्भमा एक्सपाइरी डेट (प्रयोग गर्न मिल्ने अन्तिम मिति) उल्लेख गरिएको हुन्छ भने खाद्य उत्पादनको ‘लेवल’मा बेष्ट बिफोर (प्रयोग गरिसक्नुपर्ने अवधि) भनेर उल्लेख गरिएको पाइन्छ। यसरी ‘बेष्ट बिफोर’ लेखिएको उत्पादनमा त्यस उत्पादनको उत्पादन मिति पनि अनिवार्य रूपमा लेखिएको हुन्छ। एक्सपाइरी डेट र बेष्ट बिफोरलाई युरोप, अमेरिका आदि अन्य देशहरूमा फरक फरक तरिकाले उल्लेख गर्ने गरेको पाइन्छ।

औषधीय उत्पादनहरूमा प्राय: उल्लेख गरिएको एक्सपाइरी डेटलाई नेपालीमा प्रयोग गर्न मिल्ने अन्तिम मिति भन्न सकिन्छ। अंग्रेजी दबाइमा एक्सपाइरी डेट हुन्छ भन्ने कुरा आममानिसलाई थाहा छ। एक्सपाइरी डेट पछि औषधी प्रयोगमा ल्याउनै मिल्दैन भन्ने सपाट बुझाइ आम नेपालीमा बनेको छ। के त्यो सही हो त ?
आयुर्वेदिक औषधिमा एक्सपाइरी डेट हुन्छ वा हुँदैन भन्ने विषय धेरैलाई थाहा नहुन सक्छ। एक्सपाइरी डेट पछि ती औषधीहरू प्रयोगमा ल्याउन मिल्छ वा मिल्दैन भन्ने जिज्ञासा धेरैको मनमा हुनसक्छ।

आयुर्वेदिक औषधीहरूको एक्सपाइरी डेट हुन्छ वा हुँदैन तथा एक्सपाइरी डेट पछि अंग्रेजी औषधी प्रयोगमा ल्याउनै मिल्दैन भन्ने सपाट बुझाइ ठीक कि गलत भन्ने विषयहरूलाई प्रष्ट रूपमा बुझ्न, एक्सपाइरी डेट खासमा के हो भन्ने कुरा बुझ्नु पर्दछ। एक्सपाइरी डेटको उद्देश्य नबुझी यसको महत्व एवं प्रयोग स्पष्ट हुँदैन।
औषधीय पदार्थको सेल्फ लाइफ र हाफ लाइफ औषधीय गुणस्तरसँग मात्र सम्बन्धित विषय हो। एक्सपाइरी डेट भनेको औषधीय पदार्थको गुणस्तर एवं औषधीय पदार्थको संरक्षण दुवैसँग जोडिएको हुन्छ।

एक्सपाइरी डेट भनेको औषधी पदार्थको त्यो अन्तिम दिन (अवधि) हो जुनदिनसम्म उत्पादकले आफ्नो उत्पादनको प्रभाव उच्चतम छ र उत्पादन पूर्णत: सुरक्षित छ भन्ने सुनिश्चित गरिएको हुन्छ। एक्सपाइरी डेट अगावै कुनै उत्पादनले उपभोक्तालाई हानी पुर्‍याएको ठहरिए उत्पादकले उत्पादनले उपभोक्तालाई भएको सम्पूर्ण क्षतिसहित जरिवान पनि व्यहोर्नु पर्छ। साथै कानुनी रूपमा सजय पनि हुन्छ तर एक्सपाइरी डेट पछि उत्पादक त्यसका लागि जिम्मेवार हुँदैन।
प्रेस्क्रिप्सनले मात्र खरिद गरिने औषधी तथा अन्य औषधीय उत्पादनहरू, पसल पसलमा पाइने न्युट्रास्युटिकल उत्पादनहरूमा एक्सपाइरी डेट अनिवार्य रूपमा उल्लेख गरिएको हुन्छ।

आयुर्वेदिक औषधीय उत्पादनहरू पनि औषधी नै हुन् जसले मानव स्वास्थलाई प्रभाव पार्दछ। त्यसैले आयुर्वेदिक औषधीय उत्पादनहरूमा पनि अनिवार्य रूपमा एक्सपाइरी डेट हुन्छ। एक्सपाइरी डेट बिनाको कुनै पनि आयुर्वेदिक औषधी सेवन गर्नु हुँदैन। एक्सपाइरी डेट नराखी कुनै पनि औषधीय औषधीय उत्पादन गर्न पाइँदैन यदि त्यसो गरिएको पाइयो भने त्यो गैरकानुनी कार्य मानिन्छ।

खासगरी औषधीय उत्पादनहरूको प्रभावलाई लामो समयसम्म कायम राख्न त्यसको भण्डारणमा निकै ध्यान दिनुपर्ने हुन्छ। बाथरूमको साबुन राख्ने बट्टा, कपडा राख्ने दराजको कक्ष, भान्साघरको मसला राख्ने घर्रा, सवारी साधनको डिक्की आदि औषधी राख्ने सही स्थान कदापि होइनन्। औषधीय उत्पादनहरूको प्रभाव क्षमतालाई निश्चित समयसम्म कायम राख्न प्रकाश नपर्ने, सुक्खा र ठण्डा स्थानमा मात्र राख्ने गर्नुपर्छ।

एक्सपाइरी डेट पछि औषधीको प्रभाव क्षमता ५० प्रतिशत घटेर जाने मात्र हो। अमृतरूपी औषधी एक्सपाइरी डेट पछि रातारात विष बन्ने होइन। स्वास्थ समस्या ठीक पार्न औषधी खाइन्छ, त्यसको लागि पैसा खर्चेर किनेको औषधी ५० प्रतिशत कम प्रभाव भएको छ भने किन किन्नु, किन खानु ? यो उपभोक्ताको हितमा नहुने भएकाले एक्सपाइरी डेटको योजना एवं प्रयोग भएको हो।

एक्सपाइरी डेटपछि औषधीहरू खानै नहुने होइन तर एक्सपाइरी डेट नाघेको औषधी खानु बुद्धिमानी भने होइन। वैज्ञानिक दृष्टिले एक्सपाइरी डेटपछि औषधीको क्षमता ५० प्रतिशत घट्छ र त्यसपछि औषधीको क्षमता क्रमश: ओरालो लाग्न थाल्छ।

मानौं एउटा औषधीको एक्सपाइरी डेट कार्तिक २०७९ राखिएको छ। कार्तिक १ गते त्यो औषधि कसैले तपाईंलाई बेच्छ भने त्यो झगडा गर्ने अवस्था बन्ने गरेको पाइन्छ। त्यो गलत हो। एक्सपाइरी डेट कात्तिक २०७९ भनेको कात्तिक महिनाको अन्तिम दिनसम्म त्यो औषधि कानुनी रूपमा बेच्न पाइन्छ। यस्तो विषयमा ध्यान दिनुपर्छ।

कुनै उत्पादनमा एक्सपाइरी डेट छैन तर ‘बेस्ट बिफोर सिक्स मन्थस्’ भनेर लेखेको छ भने। त्यो उत्पादन कुन मितिमा उत्पादन भएको हो त्यो हेरेर त्यसपछि आजको मितिमा त्यो उत्पादन भएको ६ महिना पूरा भए नभएको हेनुपर्छ अनि मात्र खरिद गर्नुपर्छ। बेस्ट बिफोर सिक्स मन्थस् भनेर लेखिएको उत्पादनमा उत्पादन भएको मितिबाट ६ महिना पछिसम्म पनि यदि उत्पादन बजारमा बेचिँदै छ भने त्यसलाई चाहिँ गैर कानुनी मानिन्छ।- आइएनएस-स्वतन्त्र समाचार


Author

थप समाचार
x