कुनै न कुनै पूर्वप्रधानमन्त्री नै प्रधानमन्त्री हुने कुरा म बदल्न चाहन्छु
माथिल्लो नेतृत्व उही हुने हो भने परिवर्तन आउँदैन
यो संसदीय पद्धतिमा राजनीतिक दलहरूबाट निर्वाचित भएर सांसदहरू आउँछन् । अहिले शीर्ष नेताहरू निर्वाचित भएर आउने अवस्था देखिन्छ । युवाहरूमा परिवर्तनको ठूलो चाहना छ— लिडरसिपमा परिवर्तन होस् । काम गर्ने तरिकामा परिवर्तन होस् ।
तर पोलिटिकल रियालिटी चाहिँ झन् पहिलाको भन्दा अझै पुरानो अवस्थामा फर्कने म सम्भावना देखिरहेको छु । किनकि सबै पुराना निर्वाचित भएर आउँछन् । र कुनै पनि पोलिटिकल पार्टीको संसदीय दलको निर्वाचन समेत नहुने अवस्था छ । यसरी हेर्यो भने अबको पाँच वर्ष नेपालमा को प्रधानमन्त्री हुन्छ वा कसले देश चलाउँछ भनेर भन्ने हो भने कुनै न कुनै भूतपूर्व प्रधानमन्त्री नै प्रधानमन्त्री हुन्छन् ।
नयाँ प्रधानमन्त्री आउने सम्भावना देखिँदैन । त्यसैले मैले मेरो मतदातालाई अथवा युथहरूलाई भनिरहेको के हो भने हामीले बाहिरबाट पोलिटिकल पार्टीभित्र भइरहेको संघर्ष के हो भन्ने कुरालाई इग्नोर गर्न मिल्दैन ।
म संसदीय दलको नेतामा चुनाव लड्ने हो । लड्यो भने न परिणामको सम्भावना रहन्छ । म लड्यो भने के हुन्छ ? म लड्यो भने दुइटा कुरा हुन्छ । मैले जितेँ संसदीय दलको नेता हुन्छु, मेरो प्रधानमन्त्री हुने ढोका खुल्यो । कथम् कदाचित म जित्न सकिनँ भने पनि लडाइँ त बाँकी रह्यो । नभए त के हुने भयो भने झन् त्यो हामीले नयाँ चेन्ज भन्ने सोचाइको आधारमा राजनीतिक दलहरूमा भइरहेको इन्ट्रा पार्टी ब्याटललाई त्यहाँभित्रको सङ्घर्षलाई इग्नोर गरिदिऊँ भने चाहिँ इभन्चुल्ली पार्टी स्टाबिलिसमेन्ट झन् बलियो हुन्छ । मैले चाहिँ मेरा मतदातालाई यही बुझाउने कोसिस गरिरहेको छु ।
मैले देखेको पोस्ट इलेक्सन हामीहरूको इकोनोमी यति ब्याडसिटमा छ । मान्छेहरू यति फ्रस्टेटेड छन् । त्यो चुनावको बेला हामी जसरी काम गर्छौँ । १२/७ काम गर्या जस्तै गरेर काम गरेन भने रिजल्ट आउँदैन । हाम्रो पुरानै स्टाइलको, पुरानै फर्म्याटको सरकारबाट केही रिजल्ट आउँदैन । त्यसका लागि मुख्य लिडरसिपमा बस्ने जो हो त्यहाँ चेन्ज नआइकन तल परिवर्तन आउँदैन । तलकाले खालि कोइसन मात्रै उठाउने हो । कोइसन उठाउने काम त हामीले गरेर आइसक्यौँ । हामीले यत्तिका समयसम्म कोइसन मात्र उठाउने काम गरेर हुँदो रहेनछ । आफैँ ड्राइभिङ सिटमा नबसिकन नहुने रेछ भन्ने लाग्यो ।
पहिला पहिला कम्तीमा संसदीय दलको चुनाव त हुन्थ्यो । अहिले कुन चाहिँ पार्टीमा हुन्छ ? एमालेमा हुन्छ ? माओवादीमा हुन्छ ? समाजवादीमा हुन्छ ?
एकछिनलाई हामीले अहिले बिग्रेको इकोनोमी केही सुधार गर्यौँ सम्हाल्यौँ भने र नेपालमा नयाँ अपरच्युनिटीहरू क्रिएट हुन्छ । खास गरिकन नेपाल छोडेर बाहिर जाने प्रत्येकको मनमा यस्तो चाहना छ नगए पनि यहाँ केही गर्न सकिन्छ भन्ने अलिकति मात्र आशा जगाउन सकियो भने हाम्रो कार्यक्रमहरूबाट चमत्कार केही गर्न सकिएन तर १/२ वर्षमा केही राम्रो हुन्छ भन्ने त हुन्छ ।
मलाई मनमा भएको डर भनेको चाहिँ त्यो आशा पनि जगाउन सकिन्न कि भन्ने जुन अवस्था देखिन्छ यसलाई चिर्नुपर्छ भन्ने हो ।
हामीले ट्रेडिसनल पोलिटिक्स चेन्ज गर्ने भनेर हामीले जुन प्रयास गरेका छौँ त्यसले मलाई के लागिरहेको छ भने यसले ट्रेडिसनल पोलिटिक्सलाई झन् बलियो बनाउँदै छ । खास गरी पार्लियामेन्ट्री पोलिटिक्समा चाहिँ । मेरो आफ्नो ठाउँबाट हेर्दा किन बलियो बनाउँदै छ भने लिडरलाई स्टाबिलिसमेन्ट झन् बलियो बनाउँदै छ । स्टाबिलिसमेन्ट कोसँग डराउँछ भने आफ्नो पार्टीभित्रको विद्रोहीसँग डराउँछ ।
स्टाबिलिसमेन्ट आफ्नो पार्टीभन्दा बाहिरको विद्रोहीसँग डराउँदैन् किनकि उनीहहरूसँग पार्टीको त्यत्रो ठूलो शक्ति छ । म चाहिँ अहिले पोलिटिकल पार्टीका लिडरहरू सेफ जोनमा रहेको देखिरहेको छ । यसले गर्दा उनीहरूलाई बाहिर चलिरहेको चेञ्जको हावा छ जसले उनीहरूलाई केही असर गरेको देखिँदैन । त्यो बाहिर भइरहेको मास जुन हो त्यसले पार्टीभित्रको क्रिटिकल मासलाई बलियो हुन दिइरहेको छ कि छैन भन्ने हेर्छ नि ।
पार्टीभित्रको क्रिटिकल मास बलियो भयो यसले मलाई उल्टाउँछ भन्ने भयो त्यसले एक खालको डर फिल गर्छ । त्यसलै म अहिले ठूलो पोलिटिकल चेञ्ज हुने कुरा भन्दा पनि मलाई डर के कुरामा लागेको हो भने पहिला पहिला कम्तीमा संसदीय दलको चुनाव त हुन्थ्यो । अहिले कुन चाहिँ पार्टीमा हुन्छ ? एमालेमा हुन्छ ? माओवादीमा हुन्छ ? समाजवादीमा हुन्छ ? अनि हामीले जुन पूर्वप्रधानमन्त्री नै पार्टीको सभापति पनि उही, संसदीय दलको नेता पनि उही, संसदभित्र कन्ट्रोल पनि उसको । अनि यी पाँच छ जनामा नयाँ मान्छे आउनुपर्यो । अनि पार्लियामेन्टमा पाँच-छ जना नयाँ मान्छे आउने कुराले उनीहरूलाई के फरक पर्छ ।
उनीहरूलाई फरक पर्ने भनेको त हामी उनीहरूसँग लड्याैँ भने फरक पर्ने हो । हामी त्यहाँ लड्यौँ भने फरक पर्छ त्यसैले हामी लड्छाैँ ।
म त आफू लड्ने मात्र होइन अरू जितेर आएको नेपाली कांग्रेसका अन्य सांसदहरूका लागि त्यो बेलामा चाहिँ परिवर्तनको साथ दिने कि परिवर्तनको साथ नदिने भन्ने कुरा निर्णय गर्नुपर्ने अवस्था आउँछ ।
(कुराकानीमा आधारित)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया