विचार

नेपाल अब यस्तो होस्

प्रवीण यादव |
मंसिर २५, २०७९ आइतबार १३:१८ बजे

प्राचीन नेपाल ऋषिमुनिको देश भनी जगत् प्रसिद्ध नै छ । रामायण काल होस् अथवा महाभारत काल सबै परिवेशमा नेपाल एक साधकका भूमिका निर्वाह गरेकै छ । ऋषिमुनिको घर भएको कारणले गर्दा हिन्दु धर्मग्रन्थको थालनी पनि यही भूमिमा भएको हो भनी पुष्टि गर्दछ । हिन्दु धर्ममा चार वेद र अठार पुराण छन । हिन्दु धर्मग्रन्थमा आज भन्दा हजारौं वर्ष अगाडि नै समाजवादी विचारधारामा आधारित थियो भनी वेदमा लेखिएको संस्कृत श्लोकले जनाउँछ, “सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया ।’ 

यद्यपि समाजवाद औद्योगिक क्रान्तिपछि मात्र चर्चाको विषय बन्यो । १९ औं शताब्दीतिर कार्ल मार्क्सले पहिलो पटक पश्चिमेली समाजमा चलिरहेको वर्ग संघर्ष सर्वहारा वर्ग र पुँजीवादी ‘धनी’ मानिस बिचका कारणले के गर्दा कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सले आफ्नो पुस्तकमा समाजवाद प्रस्तुत गरेका थिए । कार्ल मार्क्सले जुन समाजवाद साथै साम्यवाद उल्लेख गरेका थिए । त्यो प्लेटोले पहिला नै आफ्नो किताब ‘द रिपब्लिक’मा साम्यवाद अर्थात् communism उल्लेख गरेका थिए । 


कार्ल मार्स्क र फ्रेडरिक एङ्गेल्सअनुसार समाजवाद भनेको के हो ? समाजवाद भन्नाले अर्थतन्त्रलाई नियन्त्रित र विनियमित गर्ने व्यवस्था हो । जसले समाजमा जनताको कल्याण र समान अवसर सुनिश्चित गर्ने गर्दछ । ‘कम्युनिस्ट घोषणापत्र’अनुसार समाजवाद शब्दको अर्थ ‘सबै कुरा सबै मानिसका लागि’ भन्ने हुन्छ । स्यामुएलसनका अनुसार, ‘समाजवाद उत्पादनका साधनको सार्वजनिक स्वामित्वलाई जनाउँछ’ सार्वजनिक रूपमा योजना बनाउँछ र आय वितरण त्यहीँ अनुरूप हुन्छ । समाजवादी अर्थतन्त्रका मुख्य विशेषताहरू के–के हुन् ? भनी यहाँ निम्नअनुसार स्पष्ट गरिएका छन् :

समाजवादी अर्थतन्त्रका मुख्य विशेषताहरू निम्नानुसार छन् :
(क) सामूहिक स्वामित्व :

समाजवादमा उत्पादनका सबै साधनहरू समुदायको स्वामित्वमा हुन्छन्, अर्थात् सार्वजनिक, र कुनै पनि व्यक्तिले निश्चित सीमाभन्दा बढी निजी सम्पत्ति राख्न सक्दैन । त्यसैले, यी स्रोतसाधनलाई सामाजिक हितमा उपयोग गर्नुपर्ने हुन्छ ।

(ख) आर्थिक, सामाजिक र राजनीतिक समानता
समाजवादमा धनी अर्थात् बुर्जुवा वर्ग र सर्वहारा वर्गबीच समानता हुन्छ । जहाँ वर्ग संघर्ष हुँदैन ।

(ग) आर्थिक योजना
समाजवाद अन्तर्गत सरकारले उद्देश्यहरू निश्चित गर्दछ । ता कि लिएका उद्देश्य हासिल गर्न सकून् । त्यसैले गर्दा सरकारले आर्थिक योजना पद्धति अपनाउने गर्दछ । हरेक प्रकारको अर्थिक समस्यालाई केन्द्रीकृत गरिन्छ । सबै प्रकारको आर्थिक निर्णय आर्थिक योजना अनुरूप नै लिइन्छ । जहाँ अर्थव्यवस्थाका लागि योजना बनाउँछ ।

(घ) प्रतिस्पर्धा हुँदैन 
 सबै मानिसहरूमा समान रूपले स्रोत र साधनको बाँडफाँड भएकाले, असमानता जस्तो पद्धति अपनाउँदैन । सबै मानिस मिलेर काम गर्दछन् बिना प्रतिस्पर्धा गरी जसले गर्दा राज्यमा शान्ति र सहयोगी भावनाको उजागर हुन्छ ।
 
(ङ) सरकारको सकारात्मक भूमिका 
समाजवादमा सरकारको निर्णयमा महत्वपूर्ण भूमिका हुन्छ । तसर्थ, सरकार वितरण, विनिमय, उपभोग जस्ता आर्थिक गतिविधिहरूमा पूर्ण नियन्त्रण गर्दछ ।
साथै लगानी र वैदेशिक व्यापार आदिमा पनि आर्थिक योजना अनुरूप नै काम गर्दछ ।

(च) क्षमता र आवश्यकताअनुसार काम र ज्याला
समाजवादी अर्थतन्त्रमा क्षमताअनुसार काम र आवश्यकताअनुसार ज्याला हुन्छ । भनिन्छ, समाजवाद अन्तर्गत ‘प्रत्येकबाट उसको क्षमता अनुसार प्रत्येकलाई उसको आवश्यकताअनुसार, काम र ज्याला दिनु नै समाजवाद हो ।’

(छ) अधिकतम सामाजिक कल्याण
समाजवादको एक मात्र उद्देश्य समाजको अधिकतम सामाजिक कल्याण हो । अर्थात् सर्वहारा वर्गको श्रमको शोषण कुनै पनि हालतमा गरिँदैन । जहाँ वर्ग संघर्ष हुदैन । सरकारको नीति हुन्छ कि सकेसम्म सर्वहारा वर्गका आवश्यकता पूर्ण होस् साथै राज्यमा शान्ति र समृद्धि छाओस् । 

यही सबै विशेषताका अवलोकन गरी नेपालको संविधानको धारा ४ मा नेपाल समाजवादउन्मुख भनी तोकिएको छ । जसले स्पष्ट गर्दछ कि नेपाल बढ्दो बेरोजगारी, आर्थिक संकट, शिक्षा, स्वास्थ्य र बजार व्यवसायलाई नियन्त्रण गरी समाज कल्याण अर्थात् राज्यलाई शान्ति र समृद्ध बनाउनेछ । यद्यपि विगत पाँच वर्षदेखि केही त्यस्तो कल्याणकारी नीति अथवा कार्यन्वयन गरेको पाइँदैन ।


Author

थप समाचार
x