विचार

मकवानपुरका सिडिओ भन्छन् : अक्सिजन व्यवस्थापन गरेका छौँ, स्वास्थ्य जनशक्ति अभाव भयो

इकागज |
बैशाख २४, २०७८ शुक्रबार १५:१३ बजे

काठमाडौँ : मुलुकभर कोभिड-१९ संक्रमणको दर उच्च छ । ६० भन्दा धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । कतै व्यवस्थापन न्यून छ भने कतै ढिलै भए पनि व्यवस्थापनलाई चुस्त बनाइएको छ । कोभिडकै कारणले हजारौँ संक्रमित र दैनिक ५० भन्दा धेरैको ज्यान गएको तथ्यांक छ । यसै सन्दर्भमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त जिल्लाको कोभिड संक्रमण नियन्त्रण गर्न चालिएका कदमबारे यसरी बताए ।  

000
हामीले कोभिडको संक्रमण कम होस् भनेर व्यवस्थापनलाई बढी जोड दिएका छौँ । औद्योगीक क्षेत्रमा प्रयोग हुने अक्सिजन बन्द नै गरेका छौँ । जसले गर्दा अहिले हाम्रो जिल्लामा अक्सिजन सहज छ । अत्यावश्यक भए छिमेकी जिल्लामा पनि अक्सिजन दिन सक्छौँ ।  


यहाँ कोडिभ केन्द्रीत हस्पिटलहरु थिएन अहिले २२ / २५ बेडको छुट्टै कोभिड केन्द्रीत हस्पिटल बनाएर सेवा दिइरहेका छाैँ। यहाँका निजी हस्पिटलसँग पनि समन्वय गरेर अघि बढेका छौँ । कोभिडका संक्रमितलाई जिल्ला बाहिर लैजानुपर्ने अवस्था छैन ।  

हरेक स्थानीय तहमा रहेका आइसोलेटेड वार्डहरुलाई सक्रिय बनाइएको छ । अहिले स्थानीय पालिकामै कोभिड टेस्ट गर्न सकिन्छ । हिजोको दिनमा जस्तो कोभिड टेस्ट गर्न सदरमुमकाम नै धाउनुपर्ने अवस्था छैन ।  सामान्य लक्षण देखिएका विरामीहरु चेकजाँचको लागि आउँदा पनि हिजो सदरमुकाममा प्रेसर पर्ने गरेको थियो । अहिले हामीले सम्बन्धीत स्थानीय तहमै अक्सिजनसहितको आइसोलेसन वार्डको व्यवस्थापन गरेका छौँ ।

 राक्सीराङ, बागमती, फूलबारी, कैलाशलगायत विकट पालिकाका स्थानीयको त्यहीँ नै उपचार भइरहेको छ । गौरीटार भन्ने ठाउँमा पनि १०० बेडको आइसोलेसन सेन्टर बनाएका छौँ । प्रदेश सरकारको सहयोगमा त्यसलाई १०० बेड थपेर अक्सिजनसहितको सेवा दिने भनेर लागिपरेका छौँ । उपचारको कुरालाई फोकस गरेका छौँ । 

अक्सिजनको सन्दर्भमा नीजि क्षाेत्रसँग समन्वय गरेका छाैँ । तीन वटा सप्लायर्सलाई हामीले अक्सिजनको जिम्मा दिएका छौँ ।  अक्सिजन ग्यास, सिलिण्डर जिल्ला प्रशासनको सहमति बेगर कहीँ पनि जाँदैन । नीजि कम्पनीसँग भएको अक्सिजन (जुन उनीहरुले नै किनेको) छन् त्यसलाई जम्मा पारेर अक्सिजन बैंक स्थापना गर्न उद्योग संघलाई जिम्मा दिएका छौँ सोही अनुसार काम भइरहेको छ ।  उद्योग संघले नीजि प्रयोजनको लागि ल्याएर राखेको अक्सिजन उद्योग संघमा जम्मा पारेका छौँ ।  यो वितरण हुँदा जिल्ला प्रशासन कार्यालयमार्फत हुन्छ । 

हामी क्षति कम गर्ने गरी अघि बढेका छौँ । हाम्रो यहाँ अहिलेसम्म ६ जनाको कोभिडका कारण निधन भएको छ । तीन जना हाम्रै जिल्लाका हुनुहुन्छ, तीन जना बाहिर बाट आएर यहाँ सेवा लिने हुनुन्छ ।  यहाँ संक्रमण दर बढी नै छ । एक हजारभन्दा धेरै सक्रिय संक्रमित हुनुहुन्छ ।  हामी क्षति नियन्त्रणात्मक हिसाबले अघि बढेका छौँ ।

स्वास्थ्य जनशक्ति एकदमै कम छ । निजी क्षेत्र पनि स्वास्थ्य क्षेत्रमा यहाँ त्यति परिपक्क देखिएको छैन ।  नजिकै मेडिकल सिटीकै रुपमा चिनिएको भरतपुर भएकोले केही पर्ने बित्तिकै भरतपुर जाने गरेको देखियो । स्थानीय तहले यो विषयमा पहिले सोचेको पाइएन । पूर्वाधारको हिसाबले अभाव हुँदैन। स्वास्थ्यकर्मी अभाव खड्किन थालेको छ । 


Author

थप समाचार
x