पुँजीवाद कि अन्तवाद ?
आजभन्दा करिब २५० वर्ष अगाडि अर्थशास्त्री र दार्शनिक एडम स्मिथले 'द वेल्थ अफ नेशन्स' लेखे, जसमा उनले मानव गतिविधिको नयाँ रूप: औद्योगिक पुँजीवादको जन्मको वर्णन गरे ।
पुँजीवादले औद्योगिक, प्राविधिक र हरित क्रान्तिलाई उत्प्रेरित गरेको छ, प्राकृतिक संसारलाई नयाँ आकार दिएको छ र समाजको सम्बन्धमा राज्यको भूमिकालाई परिवर्तन गरेको छ। यसले विगत दुई शताब्दीहरूमा असंख्य मानिसहरूलाई गरिबीबाट बाहिर निकालेको छ, जीवन स्तरमा उल्लेखनीय वृद्धि गरेको छ, र मानव कल्याणमा आमूल सुधार गर्ने आविष्कारहरूको परिणामस्वरूप, साथै चन्द्रमामा जान र यो लेख इन्टरनेटमा पढ्न सम्भव बनाएको छ।
यद्यपि, यसको कथा विश्वव्यापी रूपमा सकारात्मक छैन। पछिल्ला वर्षहरूमा पुँजीवादका कमजोरीहरू झन् झन् प्रष्ट हुँदै गएका छन्। व्यक्तिहरूको लागि छोटो अवधिको नाफालाई प्राथमिकता दिनुको अर्थ कहिलेकाहीँ समाज र वातावरणको दीर्घकालीन कल्याण गुमेको छ - विशेष गरी विश्वले कोभिड-१९ महामारी र जलवायु परिवर्तनको सामना गरेको छ। र विश्वभरि राजनीतिक अशान्ति र ध्रुवीकरणले देखाएको रूपमा, यथास्थितिसँग असन्तुष्टिको बढ्दो संकेतहरू छन्। १ वर्ष बढिदेखि चलिरहेको रसिया-युक्रेन युद्द पनि पुँजीवाद र समाजवाद बिच सुपरपावरको लागि प्रोक्सी युद्दमा हुमकेका छन् ।
मार्केटिङ र पब्लिक रिलेशन्स फर्म एडेलम्यानले गरेको २०२० को सर्वेक्षणमा, विश्वभरका ५७% मानिसहरूले 'आजको रूपमा रहेको पुँजीवादले विश्वमा राम्रोभन्दा बढी हानि गर्छ' भनी बताए।
सन् १९२९ को दे ग्रेट डिप्रेसनले पुँजीवादलाइ ठुलो चुनैति दिएको थियो, त्यसपछि समाजवादको अवधरणा आफ्नो उच्च शिखरमा पुगेको थियो्। त्यो समयमा विश्वको 40 राष्ट्रहरु समाजवाद आर्थिक प्रणाली अपनाउदै थिए। तर शीतयुद्द, गृह युद्द, तानाशाहि शासन,भ्रष्टचार आदिका कारणले समाजवाद देशका आर्थिक वृद्धि धेरै नै सुस्त गतिमा बढिरहेको कारणले जनताहरुमा गरिबि, भोकमरि, आर्थिक चुनौति बढिको कारण समाजबादको पतन भयो।
सन् १९९१ मा नयाँ आर्थिक रणनीति अपनाएपछि विश्वका धेरै देशका अर्थतन्त्रमा ठूलो परिवर्तन आएको छ । हाम्रो देशले पनि उदारीकरणको आगमनसँगै सरकारले निजी क्षेत्रका संस्थाहरूलाई कम प्रतिबन्धसहित व्यवसायिक कारोबार गर्न नियमन गरेको छ ।
विकासोन्मुख देशहरूका लागि उदारीकरणले विदेशी कम्पनी र लगानीका लागि आर्थिक सिमाना खोलेको छ। यसअघि लगानीकर्ताले धेरै अवरोध भएका मुलुकमा प्रवेश गर्न कठिनाइको सामना गर्नुपरेको थियो । नेपालमा उदारीकरणयी अवरोधहरूमा कर कानूनहरू, विदेशी लगानी प्रतिबन्धहरू, लेखा नियमहरू, र कानुनी मुद्दाहरू समावेश थिए। आर्थिक उदारीकरणले यी सबै बाधाहरूलाई कम गर्यो र निजी क्षेत्रलाई अर्थतन्त्रको नियन्त्रणमा केही प्रतिबन्धहरू माफ गर्यो ।
तर सन् २००७ सालमा अमेरिकामा आएको 'हाउसिग्ङ रिसेसन' ले फेरि एक चोटि पुँजीवादलाइ विश्वनियता माथि ठुलो प्रश्न गरेको थियो। बिचका केहि वर्षहरु राम्रा भएतापनि, कोभिड-१९ पछि विश्वका अर्थतन्त्र नै डुबेको छ। कति देशहरुका दिवालियापन भए, जस्तै, श्रीलङका , भेनेजुएला। केहि देशहरु आर्थिक सम्सयाले घ्रसित छन, जस्तै , नेपाल, पाकिस्तान, अफगनिस्तान, बङगलादेश, इंग्ल्याण्ड, अमेरिका आदि-इतयादि।
कार्लमाक्सले आफनो किताब “दि दास केपिटल” मा भनेका छन कि प्रत्येक १० वर्षमा सानो आर्थिक मन्दी , १५ देखि २० वर्षमा मझौला आर्थिक मन्दी र ३० देखि ४० वर्षमा ठुलो मन्दी आउने गर्छ, त्यो कुरा चाहि अहिले सत्य साबित भइरहेका छन। विश्व अर्थतन्त्रले विगत सात दशकहरूमा चारवटा विश्वव्यापी मन्दीको अनुभव गरेको छ: सन् १९७५, १९८२, १९९१ र २००७ मा। यी प्रत्येक प्रसङ्गमा, वार्षिक वास्तविक प्रतिव्यक्ति विश्वव्यापी कुल गार्हस्थ उत्पादनमा संकुचन आयो, र यो संकुचन अन्य कुञ्जीहरूको कमजोरीसँगै थियो ।
कोभिड-१९ पछि विश्वले फेरि एक नयाँ आर्थिक मन्दीको तर्फ लागयो, जब कि पुँजीवादले आफ्नो खुट्टा राम्रोसँग गाडिसकेको छ। पुँजीवादको प्रचारको वा पिताको रुपमा आफुलाइ विश्वको “जियो पोलिटिक्स” प्रस्तुत गर्ने अमेरिका होस या बेलायत यी सब राष्ट्रका अहिले अर्थतन्त्र ध्वस्त रहेको पाइन्छ । अमेरिकी मुद्रास्फीति दर गत महिना ६.४१ प्रतिशत र अघिल्लो वर्ष ७.८७ प्रतिशतको तुलनामा ६.०४ प्रतिशतमा छ। यो ३.२८% को दीर्घकालीन औसत भन्दा बढी हो। यूकेमा वार्षिक मुद्रास्फीति दर डिसेम्बरमा १०.५% बाट २०२३ को जनवरीमा १०.१% मा झरेको छ, बजार पूर्वानुमान १०.३% भन्दा कम। मुद्रास्फीति गत वर्ष सेप्टेम्बरयताकै न्यून विन्दुमा लगातार तेस्रो महिना घटेको हो । जर्मनीमा मुद्रास्फीति दर, उपभोक्ता मूल्य सूचकांक (CPI) मा वार्षिक परिवर्तनको रूपमा मापन गरिएको, फेब्रुअरी २०२३ मा +८.७% थियो। जनवरी २०२३ मा मुद्रास्फीति दर +८.७% थियो।
बिगत १ हाप्तामा अमेरिका का २ वटा ठुला-ठुला बैङकहरु , सिलिकन भ्याली बैंक मार्च २०२३ र हस्ताक्षर बैंक मार्च २०२३ दिवलीया भए । यसले के फेरि विश्वलाइ आर्थिक मन्दी तर्फ उन्मुख गर्दै छ? यो एक गमभीर प्रश्न हो? हाम्रो देशमा पनि कुनै बेला २८ वटा “क” वर्गका बैङकहरु थिए तर आज एक आपसमा विलय भएर २१ मा पुगेका छन् ।
देशमा तर्लताको ठुलो आभाव छ। यसरी हेर्दा के लाग्छ भने पुँजीवादको अर्को विक्लप खोज्नु पर्ने समय आइरहेको छ। त्यो कुन वाद हुन्छ अहिले भन्नु उचित नहुन सक्छ तर विश्वको यो आर्थिक मन्दी हेर्दा यो प्रष्ट हेरिन्छ कि अहिलेको दलाल पुँजीवादि विश्वमा हावि भएको छ, विश्वको आर्थिक समस्यालाइ समधान नगरि थप समस्याहरु बढाउदैछ ।
पहिलाको पुँजीवाद अहिले दलाल पुँजीवाद भएको छ। दलाल पुँजीवादको बारेमा परीक्षण गर्दा, स्वतन्त्र व्यापारले विकासोन्मुख देशहरूको लागि निम्त्याउने हानिहरूमा औद्योगिक विकास रोक्न, गरिबी न्यूनीकरणको स्थिरता, नयाँ उद्योगहरूलाई विकसितहरूसँग प्रतिस्पर्धा गर्न, र अनुचित बेफाइदाहरू समावेश छन्।यसरी हेर्दा धनी दिनप्रति दिन झन धनी भइरहेको र गरिब दिनप्रति दिन गरिब भएको अवस्था प्रष्ट हेरिन्छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया