हवाई दुर्घटना र अव्यवस्थित शासन प्रणाली : यसरी कसरी फर्कन्छ पर्यटन क्षेत्र लयमा ?
नेपालमा हेलिकप्टरलाई ‘वायु जहाज’, ‘हवाई जहाज’, ‘उड्ययन यन्त्र’ तथा ‘हवाई गाडी’ जस्ता विविध नामले चिनिन्छ । इतिहासको पाना पल्टाउँदै हेर्ने हो भने विश्वको सन्दर्भमा पहिलो हेलिकप्टर भीएस–३०० ले सन् १९३९ सालमा स्ट्रयाटफोर्डमा उडान सेवा प्रदान गरेको थियो भने नेपालको सन्दर्भमा सन् १९६० को दशकमा अमेरिकी निर्मित बेल हेलिकप्टरहरु नेपाल एयरलाइन्सले भाडामा लिएर सेवा सुचारु गरेको थियो ।
त्यो समयमा तत्कालीन् राजा महेन्द्र वीर विक्रम शाहको पहलमा नेपाली आकाशमा वायु जहाजको स्थापना भएको थियो । सन् १५ जुन १९५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरी आफ्नो बुबाको सम्झनामा नामाकरण गरिएको थियो । १९५७ सालमा विभाग स्थापना गरियो र सन् १९५८ देखि आधिकारिक रुपमा एयरलाइन्स सेवा नेपालमा स्थापना भएको थियो ।
पछिल्लो समयमा नेपालको सन्दर्भमा हेलिकप्टर भ्रमणले लोकप्रियता र विशेषता पाइरहेको छ । नेपालको अपरिहार्य पर्वतीय र जंगली क्षेत्रहरुमा यात्रीहरुको लागि यात्राका निम्ति अत्यन्त आकर्षक र महत्वपूर्ण यन्त्र बनेको छ । उक्त यन्त्र नेपालको लागि विशेष यातायातको विकल्प पनि बनेको छ । हेलिकप्टरहरुले सजिलैसँग विशाल परिदृश्यहरुको हवाई दृश्यहरु सहज र सरल रुपमा प्राप्त गर्ने अवसर प्रदान गर्दछ । हवाई अवलोकनका अतिरिक्त, हेलिकप्टरहरु निर्माण, खोज र उद्धार कार्य, कृषि, समाचार र मिडिया, आपतकालीन चिकित्सा यातायात, प्रकोप क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन गर्न र विपदमा फसेका मानिसहरुको उद्धार र पर्यटन जस्ता विविध कार्यमा प्रयोग गरिन्छ ।
झापाको केचना कलनमा रहेको समुन्द्री सतहदेखि ७० मिटरको उचाइदेखि सोलुखुम्बुको ८८४८ मिटरको सगरमाथासम्मको मनोरम र रोचक परिदृश्य भएको देश नेपाल निकै विविधतायुक्त देश हो । नेपालमा भएको भौगोलिक ढाँचा विश्वको कुनै पनि देशमा छैन । नेपालमा नयाँ ठाँउहरु हेर्न र दृश्यहरुको आनन्द लिनका निम्ति धेरै समय छुट््याउन पर्दैन वा शारीरिक रुपमा आपैmलाई थकाउन आवश्यक छैन । तसर्थ हेलिकप्टर भ्रमणमा आउने फरक अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि उत्तिकै आकर्षक छन् ।
गत आईतबार ९ अप्रिल २०२३ मा पोखराबाट म्याग्दीतर्पm उडान गरेको हेलिकप्टर ९एन–एएनबी धौलागिरी बेस क्याम्पमा अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । नेपालको आकाशमा भएको हेलिकप्टर दुर्घटनामा अप्रिल १४,२०१९ (लुक्ला विमानस्थल) पछिको यो ३७ सौं घटना हो र हेली एभरेष्ट प्रा.लि. को पहिलो दुर्घटना हो । उक्त कार्गो हेलिकप्टरमा पाइलट प्रिया अधिकारी सवार थिइन् । फोर्स ल्याण्डीङको क्रममा भएको दुर्घटनामा ठूलो क्षति त भएन तर गहिरो रुपमा हेर्ने हो भने यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रुपमा पर्यटन क्षेत्रलाई नोक्सान पुर्याएको छ ।
नेपालको सन्दर्भमा ११ वटा प्राइभेट कम्पनीहरु मार्पmत कुल ३८ वटा हेलिकप्टरहरु सञ्चालनमा छन् । हालको दिनमा नेपालमा भइरहेको जहाज दुर्घटनाले विदेशी पर्यटकहरु माझ नकरात्मक हल्ला गरेको छ जसको कारण पर्यटन उद्योगमा अशान्ति र निराशा उत्पन्न भएको छ । हेलिकप्टर दुर्घटनाहरु नेपालको पर्यटन उद्योगलाई असर पार्ने घटनाहरु मध्येको एक हो । हेलिकप्टर दुर्घटनाले सबै सेवा तथा पर्यटन उद्योगलाई प्रभावित गरेको छ र ठूलो नोक्सान पु¥याउँदै आएको छ । यसले गर्दा यात्रीहरुको धैर्य टुटाउन र उनीहरुको भ्रमण योजना भङ्ग वा रद्ध गर्न सक्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्री सुदन किराँती अध्यक्षको रुपमा नियुक्त हुँदा प्रफुल्ल भएको जनताको मन आज खोई के भयो भयो । जति जोगी आए पनि कानै चिरेको भनेझै उनको पनि कार्य गति सुस्त हुँदै गयो । हिन्दी फिल्म नायक चलचित्रका मुख्य पात्र अनिल कपुर झैं जोस र जांगर देखाएका उनले के जनताको आँखामा छारो मात्र हालेका हुन त ? नियुक्त भएको भोलिपल्ट विमानस्थल निरीक्षण गरेर एक महिनामा अनलाइनबाट टिकट काट्ने निर्देशन दिए पनि आज झण्डै ३ महिना पुग्नलाग्दा पनि अनलाइनमार्फत टिकट काट्न सकिएको छैन । अब यसरी कसरी फर्कन्छ त पर्यटन क्षेत्र लयमा ?
सुरक्षा कुनै पनि देश÷संस्थाको मुख्य जिम्मेवारी रहँदै आएको छ र रहिरहने छ । सुरक्षा देशको अस्तित्वसँग जोडिएको हुन्छ । वायू सेवा विभागले पछिल्लो समयमा भएको घटनाको जानकारी दिने मात्र कार्य गर्दै आएको छ जुन नेपालका सञ्चारकर्मीले वायू सेवा विभाग भन्दा राम्रो, छिटो, ताजा समाचार, भिडियो, फोटो आदि साथ प्रदान गर्दछन् । विभागले आन्तरिक शक्तिलाई र पर्यटन क्षेत्रलाई क्रियाशील बनाउन जसरी भएपनि आधारभूत पूर्वशर्तका रुपमा सुरक्षाको प्रत्याभूति गर्नुपर्दछ र आगामी दिनमा पर्यटन क्षेत्रको विकास र जन–धनको सुरक्षा गर्नु पर्दछ । सुरक्षा संयन्त्रमा अनुशासन, नैतिक मूल्य, सेवाका शर्तहरु, पारदर्शिता, जवाफदेहिता आदि जस्ता विषयहरुमा अत्यन्त ठूलो परिवर्तनको आवश्यकता छ ।
सुरक्षा संयन्त्रमा अनुशासन, नैतिक मूल्य, सेवाका शर्तहरु, पारदर्शिता, जवाफदेहिता आदि जस्ता विषयहरुमा अत्यन्त ठूलो परिवर्तनको आवश्यकता छ । समग्रमा भन्नु पर्दा वायु सुरक्षा गनृ बहुपक्षीय दृष्टिकोण चाहिन्छ जसमा कर्मचारीहरुको उचित प्रशिक्षण र प्रमाणीकरण, कडा सुरक्षा नियमहरु, पर्याप्त मर्मतसम्भार, पूर्वाधारमा लगानी र अन्तर्राष्ट्रिय उड्डयन प्राधिकरणहरुसँगको सहकार्य समावेश छ । यी कदमहरु चलेर नेपालले हवाई दुर्घटनाको जोखिम कम गर्न र आफ्नो उड्डयन उद्धयोगको सुरक्षा र सुधार गर्न पहल गर्न पर्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया