विचार

ईश्वरले देशको रक्षा गरुन् !

तारा भट्टराई |
असार ६, २०७८ आइतबार १३:४५ बजे

लामो समयको अन्तरालपछि, केही दिनअघि । थोरै तर अत्यन्तै सुखद । दिलखुस हुने खबर पढ्ने मौका पाएँ, ‘अमेरिकाको न्यू मेक्सिको राज्यका गभर्नरले आफ्ना नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन उत्पे्ररित गर्न, खोप लगाउनेहरूमध्ये एक जनाले ५० लाख डलर पाउने चिठ्ठा कार्यक्रमको घोषणा ।’ चिठ्ठा अगस्टको सुरुमै खोलिने भएको छ । कार्यक्रमको सर्तमध्ये त्यसमा सहभागी हुन चाहनेहरूले कोरोनाको पहिलो डोज खोप लगाएको हुनुपर्नेेछ । 

५० लाख जित्न ती व्यक्ति न्यू मेक्सिको राज्यको स्थायी बासिन्दा हुनुपर्ने र उनीले खोपको दुइटै डोज लिइसकेको हुनुपर्नेछ । क्या दमदार योजना ? सलाम छ, ती गभर्नरलाई । राष्ट्र तथा राज्यका नेता हुनु त त्यस्तो । देश तथा जनताको भाग्यमा चार चाँद होइन, १४ चाँद एकसाथ चम्किने छन् ।


न्यू मेक्सिको विश्वको एकल राज्य होइन, जसले आफ्ना नागरिकलाई खोप लिन उत्पे्ररित गर्न यस्ता दमदार कार्यक्रम ल्याएका हुन् । हालसालै भारतको महाराष्ट्र सरकारले पनि आफ्ना राज्यमा कोरोना संक्रमण रोक्न ‘कोरोना मुक्त गाउँ’ कायक्रमको घोषणा गरेका छन् । पहिलो हुने गाउँलाई ५० लाख, दोस्रो हुनेलाई २५ लाख र तेस्रो हुनेलाई १५ लाख भारू पुरस्कार दिने भएको छ । महाराष्ट्रमा ६ वटा क्षेत्रहरू छन् । यसका लागि महाराष्ट्रले कुल ५ करोड ४० लाख बजेट छुट्याएका छन् ।

यस्तै भारतका गुजरात राज्यको मोरबी जिल्लाले ‘स्वर्ण योजना’ ल्याएको छ । त्यहाँ खोप लगाउने महिलालाई सुनको रिङ र पुरुषलाई सुनको औँठी उपहार दिन थालेका छन् । यस्तै दिल्ली सरकारले खोप लगाउने व्यक्तिलाई वार्षिक ५ प्रतिशत कर छूटको व्यवस्था गरेको छ । साथै, खोप लिन जानेलाई खोप सेन्टरसम्म ल्याउन, पु¥याउन ई–रिक्साको व्यवस्था मिलाएका छन् । 

कोरोना भाइरस परास्त गर्ने र त्यसको मृत्युबाट बचाउने अन्तिम हतियार भनेको कोरोनाविरुद्धको खोप हो । यसैले खोप उत्पादन भएसँगै विश्वका धेरै राष्ट्रले आफ्ना नागरिकहरूको जीवन रक्षाका लागि सम्भव भएसम्म छिटो खोप अभियान सञ्चालन गरेका छन् । जुन निरन्तर जारी छ । आफ्ना कुनै पनि नागरिक खोप लिन अनिच्छुक नबनून् भन्ने अभिप्रायले नै अधिकतम देश तथा राज्य सरकारले आकर्षक उपहार योजनाहरू अघि सारेका हुन् । 

कति देशहरूमा सरकारले मात्र नभई त्यहाँका डिपार्टमेन्ट स्टोर र रेस्टुराँहरूले पनि खोप लिएका ग्राहकहरूका लागि विशेष छूटको घोषणा गरेका छन् । दुबईका केही महँगा तथा नाम चलेका रेस्टुराँले पहिलो डोज खोप लिएकालाई ८० प्रतिशत र दोस्रो डोज लिएकालाई ९० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । यस्तै अमेरिकाका केही प्रतिष्ठित कम्पनीहरूले आफ्ना खोप लिने कर्मचारीहरूलाई बोनस र बिदाका साथै खोप सेन्टरसम्म पुग्न नगद इन्सेन्टिभसम्म दिने भएका छन् ।

कति भाग्यमानी जनता ! अनि कति जागरुक ती डिपार्टमेन्ट स्टोर, रेस्टुराँ तथा कम्पनीहरू ! यथार्थमा आफ्नो देशमा पनि कम्ती छैनन् । यस्ता जागरुक संघ÷संस्था, कम्पनी र  दयावान जनता । मात्र राज्य, प्रदेश र राजनीतिक दल चुकेका छन् । गएको वर्ष देशमा कोरोनाको कारण सिंगो देशमा लकडाउन हुँदा दिनहुँ ज्याला÷मजदुरी गरेर खाने हजारौँ जनता भोक–भोकै हँुदा उनीहरूको बिहान÷बेलुकीको छाक टार्न रातारात थुप्रै निस्वार्थ संघ÷संस्थाहरू बाहिर निस्के । यस्तै धेरै बैंक तथा कम्पनीहरूले सरकारको आह्वानमा करोडौं रकम सरकारी ढुकुटीमा जम्मा गरेका थिए । 

यो वर्ष पनि देशमा अन्य देशहरूमा झैँ कोरोनाको दोस्रो लहर फैलियो । नयाँ वर्षको पहिलो हप्तासँगै बढ्न थालेको संक्रमित दर र मृत्यु संख्या जेठ महिनाको अन्तिम हप्तासम्म पुग्दा नपुग्दै देशमा स्वास्थ्य स्थिति भयावह बन्यो । वैशाख महिनाको बीच–बीच पुग्दा नपुग्दै अस्पतालहरूका बेडहरू संक्रमितले भरिए । थप आउने बिरामीलाई अस्पतालहरूले बाहिरबाटै फर्काउन पर्ने स्थिति आयो । वैशाख १८ गते स्वास्थ्य मन्त्रालयले बाध्य भएरै भन्नुप¥यो, सरकारले थेग्नै नसक्ने स्थिति आयो ।

अस्पतालमा बिरामीको चाप बढेसँगै देशमा अक्सिजनको हाहाकार सुरु भयो । घर, गाडी, एम्बुलेन्समा मात्र नभई अस्पतालको बेडमैै पनि अक्सिजनको अभावमा बिरामीहरूको मृत्यु हुन थाल्यो । यस्तो बेला सरकारले अक्सिजनमा कोटा सिस्टम लागू ग¥यो । परिणाम, अक्सिजन पाउन झन् कठिन भयो र मृत्यु हुनेको संख्या झन् बढ्योे । ज्ञान नभएर हो कि विवेकहीन भएर हो ? किन गर्छ सरकार यस्तो गैरजिम्मेवार निर्णय ? देशको यस्तो नाजुक अवस्थामा जनताको जीवन बचाउन रात–दिन खट्नुपर्ने सांसद तथा नेताहरू रातारात अक्सिजन सिलेन्डरहरू बोकेर आफ्ना निर्वाचन क्षेत्रतिर कुदेको समाचार बाहिर आए । 

यसविपरीत, देशमा अक्सिजन नपाएर बिरामीहरूको अकालमा ज्यान थालेकोे खबर बाहिरिएसँगै मनकारी जनता स्वस्तःफूर्त रूपले अक्सिजन र अक्सिजनका सिलेन्डरहरू व्यवस्थापनमा जुटे । अरु त अरु विदेशमा श्रमिक भई काम गरी बसेका नेपालीहरूले समेत आफ्नो छाक काटेर हवाइमार्गबाट स्वदेशमा अक्सिजन सिलेन्डरहरू पठाए । यति मात्र होइन, देशमा एम्बुलेन्स सेवाको अभाव भएको खबर बाहिरिएसँगै गाडी भएका जनताहरू रात दिन नभनी बिरामीलाई अस्पताल पु¥याउने सहयोगमा जुटे । सबै नागरिकको जय होस् । 
 
वैशाख १६ गते निषेधाज्ञा सुरु भएसँगै देशमा कोरोना संक्रमण दर तेजीले उकालो लाग्यो । वैशाख २१ गते संक्रमण दर ४७.०३ प्रतिशत पुग्यो । त्यो बढेर वैशाख २७ गते ५०.३५ पुग्यो । विश्वमै  नेपाल तीव्र संक्रमण दर हुने दोस्रो देश बन्न पुग्योे । तर निर्लज्ज हाम्रा कार्यकारी राजनेता तथा राजनीतिक दलहरू देशको यस्तो विकराल स्थितिमा पनि आफ्नो कुर्सी बचाउने खेलमै व्यस्त रहे । वैशाखको तेस्रो सातादेखि बढ्दै गएको संक्रमितको मृत्यु संख्या जेठ ६ गते २४६ पुग्यो । जुन देशमा महामारी सुरु भएयताकै सबैभन्दा उच्च संख्या बन्यो । 

जहाँ सरकारको कार्यकारी प्रधानमन्त्री निरंकुश हुन्छ, देशको राष्ट्रपति प्रधानमन्त्रीको मतियार बन्छ, सरकार निकम्मा हुन्छ, राजनीतिक दलहरू सत्ताका भोका हुन्छन्, जताततै भ्रष्ट र भ्रष्टाचारको बोलवाला हुन्छ । त्यहाँका जनता म जस्तै निरीह र लाचार हुँदा रैछन् । जसको कोही हुँदैन, उसको भगवान् हुन्छ भन्छन् । यही विश्वासमा प्रार्थना गर्दैछु- भगवान् पशुपतिनाथ ! मेरो देशको रक्षा गरुन् ।
 

संकटको घडीमा सरकार कुर्सी मोह त्यागेर, समयमै इमानदारीसाथ कमिसनको चक्कर छाडेर खोप व्यवस्थापनतिर लागेको भए आज आफ्नो देशको अवस्था अर्कै हुन्थ्यो । विश्वका अरु देशका नागरिकझैँ हामी पनि खोप केन्द्रतिर लाइन लागिरहेका हुन्थ्यौँ । समय छउन्जेल प्रधानमन्त्री केपी शर्मा ओली नेपालकै स्वास्थ्यविज्ञका रूपमा प्रस्तुत भइरहे । 

कोरोना रुघाखोकीजस्तै हो, तातोपानी, बेसारपानी खानुपर्छ, उडाइ दिनुपर्छ । घाँटीमा पुगिहाले ख्याख्याक–खुखुक गर्नुपर्छ । खोकेर फाल्नुपर्छ भन्दै देशवासीलाई गलत सन्देश दिँदै हिँडिरहे । उनका सरकार भ्रष्टाचार र कमिसनका खेलहरूमा अल्झिरहे । यतिखेर कुबेला त्यो पनि आफ्नो अधिकार क्षेत्रै नभएका राष्ट्रपतिले भारत, चीन र अमेरिकाका राष्ट्रपतिलगायत बेलायतकी महारानीलाई समेत खोपको आग्रह गरेर पत्र लेखे । चीनबाहेक आजको मितिसम्म अन्य राष्ट्रले प्रतिक्रिया दिनसम्म पनि जरुरी ठानेनन् । लाज लाग्छ, देशको बेथिति देखेर ।  

सरकारको अकर्मण्यले आज अकालमै धेरै निर्दोष जनताको ज्यान गयो । एउटै परिवारले घरका तीन पुस्तासम्म गुमाएका छन् । त्यो पनि केही घण्टा, दिन र हप्ताको अन्तरालमा । एक राष्ट्र, जहाँ जनताका छोराछोरी राष्ट्रपति र प्रधानमन्त्री जस्तो देशको सर्वोच्च पदमा पुगेका छन् । त्यही देशमा आम नागरिकको सुन्दर संसार यसरी तहसनहस र छिन्नभिन्न भएका छन् । विरक्त लाग्छ । 

हिजो आज ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको पीडा देखेर मन रुन्छ । आफ्ना छर–छिमेक, साथीभाइ र ईष्टमित्रको कोरोनाले मृत्यु भएको खबरले उहाँहरूले हरेस खाएको देखेर मन विचलित हुन्छ । ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको पहिलोे डोज खोप लगाएको १४ हप्ता नाघ्दैछ । विश्व स्वास्थ्य संगठनले पहिलो खोप लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो डोज दिनुपर्ने भनिए तापनि आजको मितिसम्म सरकारले खोपको दोस्रो डोजको व्यवस्था गर्न सकेको छैन । तुरुन्तै कुनै व्यवस्था गर्न सकिने लक्षण देखिएको पनि छैन । यसैले त यही जेठ २३ गते स्वास्थ्य मन्त्रालयले भारतबाट खोप नआएकोले तत्काल दोस्रो डोज दिन नसकिने सूचना जारी गरेको थियो । 

अन्त्यमा, यही प्रार्थना छ, देशमा कुनै ईश्वरीय चमत्कार होस् । कहीँ कतैबाट खोपको व्यवस्था होस् । जहाँ सरकारको कार्यकारी प्रधानमन्त्री निरंकुश हुन्छ, देशको राष्ट्रपति प्रधानमन्त्रीको मतियार बन्छ, सरकार निकम्मा हुन्छ, राजनीतिक दलहरू सत्ताका भोका हुन्छन्, जताततै भ्रष्ट र भ्रष्टाचारको बोलवाला हुन्छ । त्यहाँका जनता म जस्तै निरीह र लाचार हुँदा रैछन् । जसको कोही हुँदैन, उसको भगवान् हुन्छ भन्छन् । यही विश्वासमा प्रार्थना गर्दैछु— भगवान् पशुपतिनाथ ! मेरो देशको रक्षा गरुन् । 

[email protected]


Author

थप समाचार
x