विचार

विचार

महामारीले ल्याउने विश्व संकट

डा अमृत बस्नेत |
असार २३, २०८१ आइतबार २०:४ बजे

महामारी भनेको एउटा रोग वा सङ्क्रमण हो, जसले विश्वव्यापीस्तरमा वा ठूलो भौगोलिक क्षेत्रमा तीव्ररूपमा फैलिन्छ र धेरै सङ्ख्यामा मानिसलाई प्रभावित पार्छ । यसमा सामान्यतया नयाँ सङ्क्रामक रोग समावेश हुन्छन्, जसमा मानिससँग सङ्क्रमणसँग लड्ने प्रतिरक्षा कमजोर हुन्छ, जसले गर्दा व्यापक बिरामी/अस्वस्थ गराउँछ । महामारीले धेरै देशहरू वा महादेशलाई समेट्न सक्छ र रोगको फैलावटलाई नियन्त्रण गर्न र व्यवस्थापन गर्न अन्तर्राष्ट्रियस्तरमा समन्वित प्रतिक्रिया आवश्यक पर्छ ।  

महामारीको घोषणा विश्व स्वास्थ्य सङ्गठनद्वारा गरिन्छ । जब कुनै महामारी विभिन्न देशहरूमा व्यापक रूपमा फैलिन्छ र नियन्त्रण गर्न चुनौतीपूर्ण हुन्छ । महामारीले मानव जनसङख्यालाई गहिरो रूपमा प्रभाव पार्छ । विगतमा यस्ता थुप्रै महामारीहरू भएका छन् । सन् १६५-१८० को एन्टोनिन प्लेग, सन् ५४१-५४२ मा जस्टिनियन प्लेग, सन् ७३५-७३७ को जापनिज स्माल पक्स, सन् १३४७-१३५१ को ब्ल्याक डेथ महामारी, सन् १६२९-१६३१ को इटालियन प्लेग, सन् १९६५-१६६६ को ग्रेट प्लेग अफ लन्डन महामारी भएको थियो । यस्तै सन् १८१७-१९२३ को पहिलो हैजा, सन् १८२७-१८३५ को दोस्रो हैजा महामारी, सन् १८३९-१८५६ को तेस्रो हैजा, सन् १८६३-१८७५ को चौथो हैजा महामारी, सन् १८८१-१८८६ को पाँचौं हैजा महामारी, सन् १८८९-१८९० को रसियन फ्लू र सन् १८९९-१९३३ को छैठो हैजा महामारी भएको थियो ।


सन् १९१८-१९१९ को स्प्यानिस फ्लू, सन् १९५७-१९५८ को एसियन फ्लू, सन् १९६१ देखि वर्तमानसम्म सातौँ हैजा, सन् १९६८-१९७० को हङ्कङ फ्लु, सन् १९८१ देखि वर्तमानसम्म एचआइभी एड्स, सन् २००२-२००३ को सार्स कोरोना भाइरस-१, सन् २००९-२०१० को स्वाइन फ्लु, सन् २०१४-२०१६ को इबोला, सन् २०१५ देखि वर्तमानसम्म मर्स महामारी र सन् २०१९ देखि वर्तमानसम्म कोभिड-१९ महामारीलाई लिन सकिन्छ ।

महामारीले जनसङ्ख्याको ठूलो हिस्सालाई असर गर्छ । महामारीका नतिजाहरू दूरगामी र बहुआयामिक हुन्छन्, जसले समाजका विभिन्न पक्षहरूलाई असर गर्छन् । महामारीहरूले बिरामी र मृत्युदरमा उल्लेखनीय वृद्धि गर्छन् । अस्पताल र क्लिनिकहरूले चिकित्सा आपूर्ति, उपकरण र कर्मचारीहरूको अभाव सामना गर्न सक्छन्, जसले उपचारको गुणस्तर घटाउँछ । महामारीबाट बचेकाहरूले दीर्घकालीन स्वास्थ्य समस्याहरूबाट ग्रस्त हुन सक्छन् । दीर्घकालीन थकान, अंग क्षति, मधुमेह, रगतको मात्रामा गिरावट, रगत जम्ने, प्लेट्लेट्स को मात्रा घट्ने, हृदयघात, स्ट्रोक, स्नायुसम्बन्धी समस्याहरू, रोग प्रतिरक्षा शक्तिमा हस कोभिडपछिका अवस्थामा देखिएका छन् । गम्भीर रोगप्रसारका कारण प्रभावित हुने व्यक्तिहरूमा डिप्रेसन र पोस्ट-ट्रामाटिक स्ट्रेस डिसअर्डर विकास हुन्छ ।  

महामारीहको कारण आर्थिक गतिविधिमा उल्लेखनीय मन्दी आउन सक्छ । धेरै व्यवसायहरू, विशेषगरी साना व्यवसायहरू बन्द हुन सक्छन्, जसले व्यापक रोजगारी गुमाउनु र बेरोजगारी दरमा वृद्धि गराउँछ । लकडाउन, क्वारेन्टाइन र आइसोलेसन जस्ता उपायहरूले सामाजिक एकान्तमा वृद्धि गर्छन्, जसले मानसिक स्वास्थ्यलाई असर गर्छ र मानसिक समस्याहरू जस्तै मन आत्तिने, चिन्ता र डिप्रेशनको घटनाहरू वृद्धि गर्छ । विद्यालय बन्दले शिक्षा प्रणालीमा अवरोध पुर्याउँछ । महामारीले प्रायः सार्वजनिक स्वास्थ्य नीतिहरू, आर्थिक प्रोत्साहन प्याकेजहरू र स्वास्थ्य सेवा नियमहरूमा परिवर्तनहरू सहित महत्वपूर्ण सरकारी हस्तक्षेपहरू निम्त्याउँछ ।  

महामारीको कमजोर व्यवस्थापनले राजनीतिक अस्थिरता र नेतृत्वमा परिवर्तन ल्याउन सक्छ । घटाइएको औद्योगिक गतिविधि र यातायातले प्रदूषण र हरितगृह ग्यास उत्सर्जनमा अस्थायी कमी ल्याउन सक्छ । ठूलो जमघट समावेश गर्ने सांस्कृतिक र धार्मिक अभ्यासहरू परिवर्तन वा स्थगित हुन सक्छन्, जसले सामुदायिक र सांस्कृतिक जीवनलाई असर गर्न सक्छ । उपभोक्ता बानीहरूमा परिवर्तनहरू जस्तै डिजिटल प्लेटफर्महरू-ई-सेवा, फोन पे, खल्ती र ई-बैंकिङमा बढेको निर्भरता, महामारी पछि पनि जारी रहन सक्छ । यसले दुरदराजका मानिसहरूमा समस्या उत्पन्न गराउन सक्छ । भाइरसको फैलावटलाई नियन्त्रण गर्न निगरानी प्रविधिहरूको प्रयोगले तथ्याङ्क गोपनीयता र नागरिक स्वतन्त्रताहरूको बारेमा चिन्ता बढाउन सक्छ ।

महामारीको पूर्वतयारीले सम्भावित महामारीलाई प्रभावकारी रूपमा रोक्न, पत्ता लगाउन र प्रतिक्रिया दिन उपायहरू, योजना र कार्यान्वयन समावेश गर्दछ । रोगको प्रकोपहरू निगरानी गर्न बलियो विश्वव्यापी निगरानी प्रणालीहरू स्थापना र कायम गरिनुपर्दछ । विश्व स्वास्थ्य सङ्गठन जस्ता संस्थाहरूले महामारी निगरानीमा निष्पक्ष र महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । बिरामीहरूको सङ्ख्यामा भएको वृद्धिलाई व्यवस्थापन गर्न स्वास्थ्य प्रणालीको क्षमता वृद्धि गर्नुपर्छ । स्वास्थ्यकर्मीलाई सङ्क्रमण नियन्त्रण अभ्यास र आपत्कालीन प्रतिक्रिया प्रक्रियाहरूमा नियमित रूपमा प्रशिक्षण दिनुपर्दछ । व्यक्तिगत सुरक्षा उपकरण, मास्क, सेनिटाइजर, औषधि र सुरक्षित खोपजस्ता आवश्यक चिकित्सकीय सुविधा उपलब्ध हुनुपर्छ । उन्नत उपकरण, उपचार र रोकथामका उपायहरू विकास र तैनाथ गरी ज्ञान र स्रोतहरू साझा गर्न अनुसन्धान र विकासमा अन्तर्राष्ट्रिय सहयोगलाई बढावा दिनुपर्छ ।

नवीनतम् वैज्ञानिक प्रमाण र उत्कृष्ट अभ्यासहरूमा आधारित सार्वजनिक स्वास्थ्य नीतिहरू लागू गर्नुपर्छ र नियमित रूपमा अद्यावधिक गर्नुपर्छ । रोकथाम उपायहरू, सङ्क्रामक रोगहरूका लक्षणहरू र प्रारम्भिक उपचारको महत्वको बारेमा समुदायहरूलाई शिक्षित र संलग्न गराउनुपर्छ । महामारीहरूको लागि एकीकृत प्रतिक्रिया सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारी र समन्वय संयन्त्रहरूलाई बलियो बनाउनु पर्दछ । महामारीको पूर्वतयारीका लागि विश्वव्यापी स्वास्थ्य पहलहरूमा पर्याप्त रकम र स्रोतहरू छुट्याउनु पर्दछ । सुरक्षित खोप, औषधि र निदान उपकरणको लागि नियामक मापदण्डहरूको सामञ्जस्यतामा काम गर्नुपर्छ । विश्वासिलो स्रोतहरू र तथ्य जाँच संयन्त्रहरूमार्फत गलत सूचना र अफवाहहरू हुन दिनु हुँदैन ।  

महामारीबाट प्रभावित व्यक्तिहरू र व्यवसायहरूलाई आर्थिक सहयोगको खाँचो पर्दछ । महामारीको समयमा जोखिममा रहेका जनतालाई सामाजिक सुरक्षा योजनाहरू बलियो बनाउनु पर्दछ । महामारीको समयमा सञ्चालन र आपूर्ति श्रृङ्खला कायम राख्न व्यवसायहरूलाई निरन्तरता योजना विकास गर्न प्रोत्साहन गर्नुपर्दछ । क्वारेन्टिन र आइसोलेसन जस्ता सार्वजनिक स्वास्थ्य उपायहरूलाई समर्थन गर्ने कानूनी ढाँचाहरू स्थापना र अद्यावधिक गरी स्रोतहरूको वितरण, उपचारको प्राथमिकता र अन्य महत्वपूर्ण निर्णयहरूको लागि स्पष्ट दिशानिर्देशहरू तयार गर्नुपर्ने हुन्छ ।  

महामारीहरूले स्वास्थ्य क्षेत्र र चिकित्सकमा ठूलो दबाब पार्ने हुँदा स्वास्थ्य सेवा प्रणालीको बलियो पक्ष र कमजोरीहरू दुवै उजागर हुन्छन् । महामारीलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न पर्याप्त, प्रशिक्षित र लचिलो स्वास्थ्यकर्मीहरूको टिम सुनिश्चित गर्नु महत्वपूर्ण छ । स्वास्थ्यकर्मीहरू, चिकित्सा विद्यार्थीहरू र स्वयंसेवकहरूलाई आवश्यक पर्दा परिचालन गर्न सकिन्छ । चिकित्सक स्वास्थ्यकर्मीहरूलाई सङ्क्रमण नियन्त्रण अभ्यास, उच्च गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरणको विश्वसनीय आपूर्ति सुनिश्चित गर्नुपर्दछ र यसको सही प्रयोगमा प्रशिक्षण दिनुपर्दछ ।  

नयाँ रोगहरूको उपचार प्रोटोकलहरूमा पनि निरन्तर प्रशिक्षण प्रदान गर्नुपर्दछ । चिकित्सक स्वास्थ्यकर्मीलाई आपत्कालीन प्रतिक्रिया प्रक्रियाहरू परिचित गराउन नियमित रूपमा महामारी अनुकरण अभ्यासहरू सञ्चालन गर्नुपर्दछ । स्वास्थ्यकर्मीहरूको तनाव, चिन्ता र मानसिक थकान व्यवस्थापन गर्न मनोवैज्ञानिक समर्थन, परामर्श सेवाहरू र प्रशिक्षण कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्दछ । स्वास्थ्य सेवा सुविधाहरूभित्र बिरामी र कर्मचारीहरूको सुरक्षा गर्न सङ्क्रमण नियन्त्रण प्रोटोकलहरू कडाइका साथ लागू गर्नुपर्दछ । प्रशासनिक कार्यहरू सुव्यवस्थित बनाउन र कार्यभार कम गर्न इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड र स्वचालित प्रणालीहरूजस्ता प्रविधिको प्रयोग गर्नुपर्दछ । चिकित्सक स्वास्थ्यकर्मीलाई उचित पारिश्रमिक र सुरक्षित काम गर्ने जस्ता प्रोत्साहन हुने खालका सरकारी नीतिहरू बन्नु पर्दछ । गैरमेडिकल कार्यहरूमा स्वास्थ्य सेवा सुविधाहरूलाई सहयोग गर्न समुदाय स्वयंसेवक कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ । यी तथ्यहरूका आधारमा नेपालका स्वास्थ्य सेवा प्रणालीहरूले महामारीको लागि प्रभावकारी तयारी गर्नुपर्ने देखिन्छ । स्वास्थ्य सङ्कटको समयमा स्वास्थ्य सेवा वितरणलाई प्रभावकारी बनाउन तथा स्वास्थ्यकर्मी र बिरामीको मनोबल बलियो गराउन आवश्यक हुन्छ ।  

महामारीले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा जनस्वास्थ्यलाई गम्भीर रूपमा प्रभावित गर्छ । महामारीले जनसङ्ख्या नियन्त्रणमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्छ तर विश्वका महाशक्ति राष्ट्रहरूले जान अनजानमा महामारीलाई अस्त्रको रुपमा प्रयोग गरी सामान्यतया जनसङ्ख्या नियन्त्रण विधिहरूको रूपमा पनि प्रयोग गर्ने गरेका छन् । महामारीको समयमा, आर्थिक अनिश्चितता, तनाव र स्वास्थ्य सेवामा अवरोधहरूले जन्म दरमा कमी ल्याउन सक्छ । भविष्यको चिन्ताका कारण व्यक्तिहरूले आफ्नो परिवार सुरु गर्न वा विस्तार गर्न ढिलाइ गर्न सक्छन् । महामारीले विशेषगरी वृद्धहरू, बालबालिका वा दीर्घरोग भएकाहरूमा उच्च मृत्यु दर निम्त्याउन सक्छ । यद्यपि, मृत्युदरमा भएको यो वृद्धिलाई सामान्यतया जनसङ्ख्या नियन्त्रणको रूप मानिँदैन, किनकि यो जानाजानी मानव हस्तक्षेपको सट्टा रोगको परिणाम हो । महामारीले बसाइँसराइको ढाँचामा परिवर्तन ल्याउन सक्छ किनभने मानिसहरू प्रभावित क्षेत्रहरूबाट जोगिन वा राम्रो स्वास्थ्य सेवा पूर्वाधार भएका क्षेत्रहरूमा जान खोज्छन् । यी बसाइँसराइहरूले विभिन्न क्षेत्रहरूको जनसङ्ख्या घनत्वलाई असर गर्न सक्छ ।

संयुक्त राज्य अमेरिकामा प्रारम्भिक २० औँ शताब्दीमा फेरि पोलियो देखा परेको थियो । सन् २००९ मा भारतमा पनि व्यापक रूपमा पोलियोका बिरामीहरू देखापरेका थिए । पोलियो महामारी नियन्त्रण गर्नलाई खोप उत्पादनमा बिल्स एण्ड मेलिण्डा फाउन्डेसनले सहयोग गरेका थियो । खोप लगाएका मानिसहरूमा व्यापक रूपमा प्यारालाइसिस देखापर्न थाल्यो र निरन्तरकोअनुसन्धानपछि एउटा तथ्य बाहिर आयो कि यो खोप विश्वको जनसङ्ख्या नियन्त्रण गर्नलाई बनाइएको हो भनेर । सन् २०१० मा बिल गेट्सलेविश्व जनसङ्ख्यालाई घटाउनखोप एउटा हतियार होभनेका थिए । उनले खोपमार्फत १० देखि १५ प्रतिशत विश्वजनसङ्ख्यालाई घटाउन सकिन्छ भनेका थिए । समयक्रमसँगै खोप अभियानको पर्दा पछाडिका डरलाग्दा र भयानक नकारात्मक तथ्यहरू बाहिर आइरहेका छन् ।

एक्काइसौँ शताब्दीको वैज्ञानिक एआई युगमा सबै देशहरूसँग आ-आफ्नो हैसियतअनुसारका हातहतियारहरू छन् । त्यसैले विश्वका महाशक्ति राष्ट्रहरूले महामारीलाई हतियार बनाएर विश्व आर्थिक युद्धमा होमिन अनेक प्रयास र गुरु योजनामा तल्लिन रहेका छन् । कोभिड-१९ पनि यसको एउटा ज्वलन्त उदाहरण हो । संयुक्त राज्य अमेरिका र चीनबीचको विश्व आर्थिक टकरावले गर्दा सन् २०१९ मा कोभिड-१९ महामारी ल्याइएको अनुमान गर्न सकिन्छ । विश्व आर्थिक टकरावले सन् २०३० मा फेरि नयाँ महामारी ल्याइने अनुमान गर्न सकिन्छ । चीन, रसिया र संयुक्त राज्य अमेरिकाबीचको विश्व आर्थिक टकराव र बदलिंदो विश्व भूराजनीतिक ध्रुवीकरणको कारण त्यो अवस्था नआउला भन्न सकिन्न । त्यबिेला पनि नेपाल जस्तै अन्य विकासशील देशहरू फेरि चेपुवामा पर्न सक्नेछन् । महामारीमार्फत विश्वका महाशक्ति राष्ट्रहरूले आफ्नो अर्थतन्त्रलाई बलियो र अरु महाशक्ति राष्ट्रहरूको अर्थतन्त्रलाई धराशाही बनाउने माध्यमका रूपमा लिइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले जनसङ्ख्या नियन्त्रणको नीतिहरूलाई प्रोत्साहित गरेको देदिन्छ । दशकौंदेखि एशिया (बङ्गलादेश, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, थाइल्याण्ड), ल्याटिन अमेरिका (ब्राजिल, कोलम्बिया, मेक्सिको), अफ्रिका (इजिप्ट, इथियोपिया, नाइजेरिया)  र युरोप (टर्की) मा जनसङ्ख्या नियन्त्रण रणनीतिहरू लागू हुँदै आएका छन् । कोभिड-१९ महामारीविरुद्धको खोपपछि विश्वव्यापी रूपमा महिलाहरूले धेरै प्रजनन् समस्याहरू र डरलाग्दो गर्भावस्थाको परिणामहरू रिपोर्ट गरिरहेका छन् । कोरोनाविरुद्ध खोपको एउटा असर निःसन्तान पनि रहेको बताइएको छ । विशेषगरी पुरुषहरूमा व्यापक बाँझोपनको समस्या देखा परेको छ । यसले गर्दा महिलालाई आइभीएफ अर्थात् कृत्रिम गर्भधारण विधिबाट बच्चा जन्माउन बाध्य बनाइएको छ । यो कृत्रिम गर्भाधारण विधिको माध्यमबाट विदेशी जीन भित्र्याउनमा एउटा महत्वपूर्ण चलखेल भइरहेको छ ।

अष्ट्रेलियका वरिष्ठ प्रजनन चिकित्सक डा. ल्यूक म्याकलिन्डनले कोभिड-१९ महामारीविरुद्धको खोपको नकारात्मक पक्षको बारेमा चेतावनी दिएका थिए । उनले कोभिड-१९ विरुद्ध खोप लगाइएका ७४ प्रतिशत महिलाको स्वतः गर्भपतन, गर्भाशयभित्र शिशु मृत्यु र महिनावारीमा व्यापक गडबडी भइरहेको अनुसन्धानबाट देखिएको बताएका छन् । म्याकलिन्डनले कोभिड खोप लिन अस्वीकार गरेका थिए र कोभिड खोपको नकारात्मक असरहरूको निष्कर्ष सार्वजनिक गरेका कारण उनलाई बर्खास्त गरिएको थियो । बेलायतमाशव व्यवस्थापन केन्द्रका निर्देशक जोन ओलुनीका अनुसार अहिले पहिलेभन्दा धेरै बच्चा मरेका छन् । त्यसको कारण तिनीहरूका आमाहरूलाई भ्रममा पारेर गर्भावस्थामा खोप लगाइएको थियो ।

त्यस्तै मातृ र नवजात टिटानस उन्मूलन खोप अभियानको पर्दा पछाडिका डरलाग्दो र भयानक तथ्यहरू पनि छन् । प्रजनन्विरुद्ध खोपहरूको विकाससन् १९७० को दशकमा कथित अत्यधिक जनसङ्ख्याको प्रतिक्रियामा सुरु भएको थियो । प्रजनन् नियमनका लागि खोपहरूमा विश्व स्वास्थ्य सङ्गठन टास्क फोर्सका अनुसन्धानकर्ताहरूले टिटी अर्थात् धनुष्टङ्कार खोपमा बिटा-एचसीजी र म्युरामाइल डाइपेप्टाइड नियोजित तरिकाले सफलतापूर्वक संयोजित गरेका थिए । सन् १९९३ मा विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक रूपमा त्यही खोपलाई ‘परिवार योजना’को लागि ‘जन्म-नियन्त्रण’ खोप घोषणा गयो । पहिलोपटक सन् १९९५ मा र दोस्रोपटक २०१४ मा केन्यामा मातृ र नवजात शिशु टिटानस उन्मूलन/न्यूनीकरण गर्नलाई विश्व स्वास्थ्य सङ्गठनले त्यही खोपलाई अभियानमा चलाएको थियो । यसमा लाखौं केन्याली महिलाको ज्ञान वा सहमतिबिना गर्भधारण गर्न सक्ने क्षमता खोसिएको थियो । पछि बच्चा जन्माउने उमेरका युवतीलाई नपुङ्सक बनाइदिएको आरोप लागेको थियो ।

हरेक देशले महामारीविरुद्ध बनेका खोपहरूको आ-आफ्नो देशमा आवश्यक परीक्षण गरेर मात्र जनसमुदायमा खोप अभियान चलाउनुपर्दछ । यसले खोपको उद्देश्य, प्राथमिकता, जटिलता र संयोजन पत्ता लगाउन मद्दत गर्दछ । समग्रमा महामारीले व्यक्ति, समुदाय र समाजमा बहुआयामिक र दूरगामी प्रभाव पार्छ । यसले सार्वजनिक जनस्वास्थ्य आपतकालीन अवस्थाहरूलाई सम्बोधन गर्न व्यापक तयारी, लचिलोपन र विश्वव्यापी सहयोगको महत्वलाई जोड दिन्छ । जबसम्म कोरोना भेरिएन्टको नामाकरण ‘ओमेगा’ हुँदैन, तबसम्म कोरोना भाइरस विश्वबाट पूर्ण रुपमा निर्मूल नहुने अनुमान गर्न सकिन्छ ।

कोभिड-१९ महामारीको समयमा नेपालको स्वास्थ्य क्षेत्र र जनजीवनहरू एकदम भयावह, नाजुक र धराशायी स्थितिमा थियो । पर्याप्त सदन कक्ष, आवश्यक अक्सिजन आपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी, अत्यावश्यक चिकित्सा उपकरणहरू र औषधिहरूको चरम अभाव थियो । नेपालले त्यस समयलाई ध्यानमा राख्दै समयमै भविष्यमा देखापर्ने महामारीहरूविरुद्ध पूर्वतयारीका अभ्यासहरू(रोकथाम, नियन्त्रणका उपायहरू)पहल गरी कार्यान्वयन गरेमा आगामी दिनमा सबै क्षेत्रका जनतालाई समान रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सहज हुनसक्छ ।  यसले मृत्युदर कम गर्न पनि मद्दत गर्नेछ । नेपालले यी तथ्यहरूलाई समग्र तयारी रणनीतिमा समाहित गरी बिभिन्न देशहरू र अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाहरूसँग समन्वय गरेर महामारीहरूको सामना गर्न आफ्नो लचिलोपन र क्षमता वृद्धि गर्नुपर्दछ, जसले स्वास्थ्य, अर्थतन्त्र र समाजमा महामारीको सम्भावित प्रभावलाई कम गर्न मद्दत गर्दछ ।

(लेखक वीर अस्पतालमा कार्यरत हुनुहुन्छ)


Author

थप समाचार
x