लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक रवैया
नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन आउन अब दुई महिना बाँकी छ । जिल्ला र स्थानीय तहमा नयाँ नेतृत्वका लागि दौडधुप र भेटघाट बाक्लिँदै छ । पार्टी संगठनमा छुट्टै किसिमको उत्साह ल्याएको छ । धमिलो पानीमा माछा मार्न खोज्नेहरूले केन्द्र तहमा नयाँ किसिमको बहस चलाउन खोज्दैछन् । पकाउन खोजिएको खिचडी पाक्न पायो भने देउवाको कार्यकाल दुई वर्ष थप हुनेछ ।
आफू शीर्ष स्थानमा रहन पाउने भएपछि पौडेल र देउवाले यो रणनीतिमा सहमति जनाउन सक्नेछन् । केन्द्रीय शीर्ष नेता र उनीहरूको भेटघाटलाई जोडेर अस्तिको समाचारले फेरि चर्चा पाएको छ । यही विषयलाई लिएर दुई हप्ताअघि पौडेल टिमको बैठकमा ठूलै बहस भएको थियो । ‘रामचन्द्रजी तपाईं र सभापतिबीच पदाधिकारी थप गरेर कार्यकाल बढाउने कुरा सुन्न आएको छ, के हो वास्तविक कुरा’ नेता अर्जुनरसिंह केसीले रामचन्द्र पौडेललाई यही प्रश्न सोधेका थिए ।
नेता प्रकाशमान सिंह र डा. शेखर कोइरालाले पनि नेता केसीको प्रश्नमा थप जिज्ञासा राखेका थिए । पौडेलले होइन भन्न भ्याए । यो योजना सफल भयो भने केन्द्रीय पदाधिकारीमा संघीय अध्यक्ष, सहअध्यक्ष, उपसभापति, महामन्त्री, सहमहामन्त्रीका पद थप गरिनेछन । पदका भोगी नेताहरू नेविसंघ र तरुण दलको गठनमा जसै गरी पदभार ग्रहण गर्नेछन् । अहिले निर्वाचित सांसदले मनोनयन हुन गए भने आगामी आमचुनावमा उनीहरू उम्मेदवार नबने हुन्छ । कार्यकर्ताको आक्रोश थाम्न उनीहरूलाई धरै नै धौधौ पर्नेछ । शीघ्र अधिवेशन खोजेका स्थानीय कार्यकर्ता र मतदातालाई उनीहरूले सम्हाल्न सक्ने छैनन् । हिजोसँगै चुनाव लडेका नेकपा अब दुई चिराबाट चुनाव लड्नेछन् । यो स्थितिमा पनि आगामी चुनाव कांग्रेसको हितकर हुनेछैन । गुटका नाइके र उनका निकटतमले आसन्न महाधिवेशन छल्न सफल भए भने अहिले तीन गुटमा विभाजित भएर कांग्रेस सात चिरामा परिणत हुने देखिन्छ ।
देउवा नेतृत्वको अकर्मण्यताका कारण चुनाव हारेको चोटमा रामचन्द्र पौडेलप्रति केन्द्रीय नेता र केन्द्रीय प्रतिनिधिहरूको ठूलो सहानुभूति थियो । पौडेलले सबैको साथ लिएर हिम्मत गर्न सकेनन् । अब पार्टी नेतृत्व उनको अनुकूल रहेन । न उनको नाममा सहमति बन्छ, न त उनको नाममा बलियो टिम बन्न सक्छ ।
पसी द्वन्द्वकै कारण चुनाव कांग्रेसको अनुकूल देखिँदैन । सिटौलाको झापा, पौडेलको तनहुँ, देउवाको कञ्चनपुरमा जुन हबिगत भयो त्यो स्थिति अब बाँकी चौहत्तर जिल्लामा विस्तार नहोस् । आ–आफ्नो गृह जिल्ला सम्हाल्न नसक्ने नेताले केन्द्रीय नेतृत्व हाँक्न खोज्दा पार्टी लज्जास्पद पराजित हुन परेको हो । नेपालको संविधान विपरीत राजा ज्ञानेन्द्रले आफ्नो अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेर तुलसी गिरि र कीर्तिनिधि विष्टलाई उपाध्यक्ष बनाए । विधि विपरीत शासन सत्ता हत्याउन खोजे । बिचरा ज्ञानेन्द्रलाई थाहै भएन, उनको यही गल्तीले गर्दा आफ्नो राजगद्दी नै जान्छ भन्ने कुरा । राजाले देशका जनताको भावना, नेताले पार्टी कार्यकर्ताको चाहनालाई बेलैमा बुझ्न सकेन भने हुने भनेको यही नै हो । राणाशासन पछि जनताको छोरा प्रधानमन्त्री हुने पहिलो व्यक्ति मातृकाप्रसाद कोइराला हुन् । अधिनायक शैलीबाट पार्टी कब्जा गर्न खोज्ने, पदको आसक्त भएर नैतिकता गुमाउनेहरूले बीपी कोइरालाका दाजु पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको इतिहास हेरे पुग्छ । समय र परिस्थिति बुझेर निर्णय गर्न सक्यो भने राजकीय संमान पाइन्छ । असहज परिस्थितिलाई जबर्जस्त आफ्नो अनुकूल बनाउन खोजियो भने ठूलो दुर्घटना व्यहोर्नपर्छ । सोत्तर हुने गरी चुनाव हारेपछि कांग्रेसले विशेष अधिवेशन गर्नुपथ्र्याे । तर गर्न सकेन, कार्यकर्ताको डिप्रेसन कम हुने थियो । पार्टी संगठन लथालिंग हुने थिएन । जिल्ला सभापति र महासमितिमा बहुमत रहेका रामचन्द्रले इमानदारी देखाएको भए यो सम्भव थियो । उनीमा द्वैध चरित्र देखिएकै हो । हेटौंडाको जिल्ला सभापतिहरूको परामर्श भेला, काठमाडौँको महासमिति बैठकमा उनको निरीह भूमिका, कमजोर राजनैतिक अडान हेर्दा यस्तै देखिन्छ । शीघ्र अधिवेशन भएको भए पार्टी नेतृत्वमा रामचन्द्र पौडेल नै पुग्थे ।
देउवा नेतृत्वको अकर्मण्यताका कारण चुनाव हारेको चोटमा रामचन्द्र पौडेलप्रति केन्द्रीय नेता र केन्द्रीय प्रतिनिधिहरूको ठूलो सहानुभूति थियो । पौडेलले सबैको साथ लिएर हिम्मत गर्न सकेनन् । अब पार्टी नेतृत्व उनको अनुकूल रहेन । न उनको नाममा सहमति बन्छ, न त उनको नाममा बलियो टिम बन्न सक्छ । पार्टी सुदृढीकरणका निम्ति आठ भाइले राष्ट्रिय अभियान सुरु गर्ने निर्णय गरे । सात भाइलाई छोडेर झापा निवासी एक भाइ एक्कासि नारायणस्थानतिर बसाइ सरे । एक भाइले सात भाइलाई सुताइदिए । पार्टी नेतृत्वलाई बलियो बनाइदिए ।
मनोनीत केन्द्रीय सदस्य र समानुपातिक सांसदबाहेक देउवा नेतृत्वबाट कांग्रेसको भविष्य देख्ने कमै छन् । स्थानीय तहको टिकट वितरणमा देउवाले जिल्ला सभापति कर्ण मल्ललाई वर्ग शत्रु ठाने । सभापति मल्ललाई प्रदेश सांसदको टिकट दिने सर्तमा देउवाले आफूलाई चुनाव जिताउन अनुरोध गरे । मल्लले देउवाको अनुरोध स्वीकार गरेपछि उनले सजिलोसँग चुनाव जिते । पार्टी प्रवेशको नाममा सदस्यता वितरणमा चरम दुरुपयोग भएकाले जिल्ला सभापति मल्ल र देउवाबीच ठूलै द्वन्द्व छ । पार्टीको अधिवेशन भए फेरि सभापति जित्ने र डडेल्धुराबाट अब निर्वाचित हुने सम्भावना उस्ता–उस्तै देखिन्छ ।
निर्धारित समयमा पार्टीको अधिवेशन भएन भने अप्रेसन गर्नुपर्ने बिरामीलाई घरैमा राखेर उपचार गर्न खोजे जस्तै हो । अल्सरको बिरामीलाई डाक्टरले रक्सी, चुरोट, माछा, मासु नखानु भन्छ । बिरामीले यसलाई सामान्य देखेर जबर्जस्ती गर्छ भने अब उसलाई हुने भनेको क्यान्सर नै हो । अझै पनि जिद्दी स्वभाव देखाएर बिरामीले रोगलाई नजर अन्दाज गर्यो भने अब उसले मृत्यु कुरेर बसे हुन्छ ।
नेपाली कांग्रेसको भविष्यलाई चिन्ता गर्ने यदि कोही छ भने नेतृत्वइतर पक्ष एक ठाउँमा आउनै पर्छ । पार्टीभित्रका परिवर्तनशील समूह एक हुने स्थिति बन्यो भने पार्टीको भविष्य उज्यालो छ । नेकपाबीचको आपसी द्वन्द्वको कारण चुनावी मैदान पूरै खाली छ । कांग्रेसमा यही नेतृत्व, उही कार्यशैलीलाई निरन्तरता दिन खोजियो भने अघिल्ला २३ सिट बचाउनसमेत कांग्रेसलाई धौधौ पर्नेछ । आगामी आमचुनाव कांग्रेस पार्टीका लागि होइन, टिकट वितरण गर्ने गुटका नाइकेहरूको हितकर मात्र रहनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया