नेताकै छोराछोरी विदेश बस्छन्, अरू किन नबसुन् त !

अहिलेको समयमा कन्सल्टेन्सीको नाम सुन्दा विदेश पढ्न पठाउने शैक्षिक परामर्श होला भन्ने हामी सबै जनाको मानसपाटलमा बसेको छ । यसलाई वातावरण प्रभाव भन्न सकिन्छ । तर कन्सलटेन्सका प्रकारहरू भने विविध छन् ।
जस्तैमा : वैदेशिक शिक्षा परामर्श (Educational Consultancy र ईन्जिनियरिंग कन्सलटेन्सी , यी दुई कन्सलटेन्ससँग, अन्य विविध बिषयका कन्सल्टेन्सीभन्दा, तुलानात्मकमा अलि बढी परिचित छन् ।
तर यिनी दुई कन्सलटेन्समध्ये : educational Consultancy सँग जनमानस, बढी परिचित छन् । त्यसै कारण पनि हुनसक्छ, नेपालको राष्ट्रिय जनगणनामा, राष्ट्रिय तथ्यांक विभागअनुसार २०७८ सालमा, दुई करोड ९१ लाख चौसट्टी हजार जनसंख्या सार्वजनिक भयो । त्यसैलाई आधार मानेर जनसंख्या बढेर तीन करोड पुग्यो ठानेर धेरैले "तीन" करोड जनता भनिदिन्थे । तीन करोड नपुगेको देखियो, झन्डै नौ लाख कम परेको देखियो । यद्धपी राष्ट्रिय जनगणना, प्रत्येक दश वर्षको फरकमा गरिन्छ । अहिले जनसंख्या घटिरहेको बहसहरू चलिरहेका छन् । यद्धपी जनसंख्या विभिन्न तरिकाले घट्छन्, त्यसैले वैदेशिक बसाईसराई पनि एक प्रमुख कारण हो ।
२०१६ सालतिर म फर्केर सम्झन सक्छु, कि त्यस समय "बाहिर" (चलेको शब्द) पढ्न जाने प्रायको फेशन चल्दै थियो । फेशन मैत्रीपूर्ण थियो । धेरै जना त्यसबारेमा जानकार थिएनन् । कतिपय गएपनि, कतिपयले नेपालमै पढ्ने, नेपालमै काम गर्दा इज्जत हुन्छ भन्थे । (नोट): त्यस बेलामा बाहिर जाने धेरै जनाको बाध्यता थिएन । २०१६ पछि थोरै चार/पाँच वर्ष यता विदेश जानुको विकल्प छैन भन्ने पक्षमा बहुमत बढ्दै गएकाले, शहरदेखि गाउँसम्ममा बहुमतले आजको दिनसम्म गहिरो जडा गाडिएको छ ।
यद्धपी धेरै पुरानो समयमा विदेश जाँदैनन् थिए भन्ने पनि होइन : बि.स १८४० दशक राणाकालीन समयमा जंगबहादुर राणा (राणा शासनका संस्थापक)ले बेलायत र फ्रान्सबाट अनौपचारिक शिक्षा लिएका थिए । त्यस्तै जुद्ध शम्सेर राणाले भारतबाट, चन्द्र शम्सेर राणाले भारतबाट, भीम शम्सेर राणाले पनि भारतबाट र अन्य राणाहरूले त्यस बेलामा राणाहरू मात्र वैदेशिक शिक्षा लिने राणाशासन थियो । २००७ सालमा राणाशासनको अन्त्य र प्रजातन्त्र स्थापना भएपछि र राजा त्रिभुवन भारत र युरोपियनका विभिन्न देशहरूको भ्रमण गरेपश्चात्, शाही राजपरिवारका सदस्यलगायत सबै नेपालीको लागि वैदेशिक शिक्षाको लागि ढोका खुलेको थियो ।
स्वर्गीय शान्ति प्रेमी राजा वीरेन्द्र राजाले पनि इङ्ल्याण्डबाट शिक्षा ग्रहण गरेका थिए । त्यसैगरि नेपालका अन्तिम राजा ज्ञानेन्द्रले पनि दार्जलिङबाट शिक्षा हासिल गरेका थिए । त्यहि अनुरुप विदेशमा सिकेका सिप नेपालमा बिभिन्न क्षेत्रहरूमा प्रयोग भएका थिए । अहिले संग्रालय र अन्य क्षेत्रहरूमा गएर देख्न र बुझ्न सकिन्छ ।
एउटा प्रश्न उब्जिन्छ त्यस पुरानो राणाकालीन समयमा विदेश गएर पढेर सकेर फर्किन्थे । तर अहिले किन गएपछि पनि फर्किन मान्दैनन् ? कारण एक पक्षिय मात्र छैन होला । कारण इच्छाको मात्र होइन होला ? कारण राज्य सञ्चालन गर्ने शासन प्रणालीको पनि हो । त्यसैले कारण बाध्यता पनि हो । नेपालको २०७२ सालको संविधानको धाराले जनताको हक र हितको सुरक्षाका लागि विभिन्न अधिकार र सुनिश्चितताहरू समावेश गरेको छ ।
संविधानको धारा भाग ३ , ४५ मा देश निकालाविरुद्ध हकमा कुनैपनि नागरिकलाई देश निकाला गरिने छैन भनेको छ । यद्धपी सरकारले अप्रत्यक्ष तरिकाले, देश निकाला गरिरहेको भान भएको महसुस हुन्छ । र नेपालको संविधानमा पर्यावरण र प्राकृतिक संशाधनको संरक्षण सम्बन्धी प्रावधान धारा ३० मा उल्लेखित छ कि धारा ३० अन्तर्गत नागरिकलाई स्वच्छ र सुरक्षित वातावरणमा बसोबास गर्ने अधिकार सुनिश्चित गरिएको छ । यसो हेर्दा संविधानमा लेखिएको मात्र देखिन्छ । तर यो दुखद छ ।
हरेक सर्वसाधारण नेपालीले सरल भाषामा बुझ्नेगरी राज्य भन्ने बित्तिकै राज्य सञ्चालनका निम्ति हरेक जिल्लाबाट केन्द्रमा पहुँचका लागि हामीले चुनावी प्रक्रियामा माननीय बनाएर पठाउँछौँ । अर्को चाहिँ प्राय: हरेक जिल्लाबाट हरेक राजनीतिक पार्टीमा अधिवेशनको अभ्यासमा केन्द्रीय सदस्य चुनिन्छन् र मनोनित गर्ने चलन पनि छ । यहाँ माननीयहरू मन्त्रीका आकांक्षी हुन्छन् ।
माननीय, मन्त्री र केन्द्रीय सदस्य देशको नीति निर्माण प्रणालीमा देशलाई कुन दिशातर्फ धकल्नेमा ठूलो भूमिका हुन्छ । त्यसका कारण यहाँहरूले राम्रो र नराम्रो पक्षको भागीदार लिनुपर्छ । अहिले कतिपय नेताहरूले अमेरिकाले नेपालीलाई कहिले लखेट्छ भन्ने सकिँदैन्, नेपालीहरू अहिले रहरै रहरमा हौसिएर विदेश पलायन भएको आरोप लगाएका छन् । जो उहाँ आफैँ धेरै पटक, सत्ता बनाउनका लागि विभिन्न पार्टीलाई जोड्दै बहुमत बनाएर देशको बाघडोर पनि सम्हालेर राजनीतिक खेलाडीका चतुर भनेर परिचित पनि हुनुहुन्छ । तर नेपाली जनताका दर्द न उहाँले बुझ्नुभयो न त अन्य राजनीति गर्नेहरूले ।
हिजोका राणाकालीन समयमा शासकीय पद्दति भएता पनि किन वैदेशिक शिक्षा अध्ययन गरेर स्वदेशमै फर्किए । किन विदेशी पिआर, ग्रिन कार्डको मोह भएन ? के हामी बोध गर्न सक्छौँ ? उत्तर सजिलो छ, मानिसको आधारभूत आवश्यक गाँस, बास, कपास हो । यी कुराहरू शासकीय प्रणाली हुँदा पनि जनतामा अभाव त थिएन अहिले जसरी । तर अहिलेको लोकतन्त्र/गणतन्त्र शासकीय प्रणालीमा आधारभूत कुराहरूमा नै धेरै गाह्रो भइदियो ।
अहिले हामीले चुनेर पठाएका माननीय/नेताहरूलाई समेत थाह छ कि यो देशमा बस्न लायक भएन, उहाँहरू आफैं भन्नुहन्छ । त्यसै कारण त उहाँहरूका सन्तानहरूसमेत बाहिरै हुनुहुन्छ । केहि नेता/मन्त्री जो नीति निर्माणमा प्रमुख भूमिका निर्वाह गरिसक्नु भएका र निर्वाह गर्दै गर्नु भएका सार्वजनिक पदमा बस्नु भएका उहाँहरूका सन्तानहरू यी निम्न देशहरूमा छन् : हालका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीका पुत्र क्यानडा, वाइडबडीमा मुछिएका पुर्वपर्यटन मन्त्रीका पुत्र युरोप, तत्कालिन प्रदेश ६ का पहिलो पुर्वमुख्यमन्त्रीकी पुत्री क्यानडा, सिसि टिभी काण्डमा मुछिएका तत्कालिन अर्थ मन्त्रीका पुत्री अमेरिका, तत्कालिन पुर्व वन,उर्जा मन्त्रीका पुत्री पनि विदेशमै छन् । र अन्य धेरै पार्टीका नेताहरू छन् । यहाँ समावेश गर्दा लामो हुन जान्छ ।
सबै घटना, परिवेश थाहा हुँदाहुँदै पनि तर उहाँहरूले बुझ पचाउनु भएको छ । उहाँहरूसँग विद्रोह गर्ने अधिकार छ । त्यो अधिकार ७७ जिल्लाका जनताले चुनेर अधिकार सम्पन्न बनाएर पठाएका हुन् । तर उहाँहरू त्यो हामीले दिएको अधिकार, प्रयोग गर्न हिच्किचाउनु हुन्छ । कारण : लोभ, मोह, बेइमान र चेतनाको कमीले उहाँहरू म सार्वजनिक पदीय हुन् भन्ने बिर्सिनुभयो । यस कारण उहाँहरू जनताहरू नजरमा राजनीति गर्न असक्षम हो भनेर पुष्टि गर्नुभयो ।
जुन देशमा जनता हुन्छन्, त्यहाँ जनताका सुख, सुविधाका लागि राजनीति गर्ने हो । तर हाम्रो देशमा जनताको संख्या घट्दै छ । तर नेतागणहरूको संख्या चाहि बढ्दै छ । विभागको तथ्यांकअनुसार दिनमै नसोचेको संख्या विदेशिने गरेका छन् । सायद २०८८ सालमा जनगणना गर्दा दुई करोड जनसंख्या पनि नहुन सक्छ । नेतालगायत सबै जनाले आँकलन गर्न सकिने बिषय हो । तर नेतागणहरूको संख्या चाहिँ बढ्दै छ । कस्तो उल्टो देखिने नमिलेको जस्तो पनि देखिने । तर यसले निकट भविष्यमा भयानक समस्या निम्ताउन सक्नेछ ।
वैदेशिक शिक्षा र रोजगारका कारण नेपालमा दक्ष जनशक्तिको अभाव देखिन सक्छ । शिक्षा संस्थाहरूमा विद्यार्थीको सिट संख्यामा कम आइरहेको देखिन्छ । प्रोफेसनल सेवादेखि नयाँ प्रविधि र ज्ञानको योगदानमा कमी ल्याउन सक्छ । नेपालका परिवारहरू प्रायः विदेशमा काम गर्ने सदस्यबाट मात्र आर्थिक सहयोगको आशामा बस्ने गर्छन् । यसले देशको अर्थव्यवस्थालाई अस्थिर बनाउन सक् छ ।
सांस्कृतिक पहिचान र सामाजिक संरचनामा असर पर्न सक् छ। लामो समयको अनुपस्थिति र शिक्षा हासिल गर्ने क्रमले पारिवारिक तनाव, सांस्कृतिक वियोग र पिँढीको भिन्नता ल्याउन सक्छ । पेशागत अवसरहरूको कमी र व्यावसायिक मार्गदर्शनको अभावले युवाहरूलाई विदेश जान उत्प्रेरित गर्छ । शिक्षा र सामाजिक मूल्यहरूबीचको भिन्नता विदेशबाट फर्केपछि नागरिकलाई सामाजिक अनुकूलमा समस्या आउन सक्छ । विदेशमा शिक्षा प्राप्त गर्ने विद्यार्थीहरूको मानसिक स्वास्थ्य र पारिवारिक एकता प्रभावित हुने जोखिम । नागरिक विदेशी रोजगारमा शोषणको शिकार हुने जोखिममा पर्न सक्छन् ।
जनतालाई विदेश जान बाध्यात्मकबाट रोक्ने उपायहरू नभएका पनि होइनन् । सत्ता पक्षमा भूमिका खेल्नु हुने नेतागणहरूले मुख्यत: वैदेशिक अनुदानमा, वैदेशिक ऋणमा, आफ्नै देशका नागरिकका करमार्फत उठेका रकम दुरुपयोग नगरी सदुपयोग गर्दा नेपालीलाई आधारभूतको आवश्यकता पूरा हुन्छ नै । यहाँ शिक्षा निशुल्क, स्वास्थ्य निशुल्क पनि गर्न सकिन्छ । उदाहरण: युरोपका विभिन्न देशलाई हेर्न सकिन्छ ।
बेलाबखात सोचिरहन्छु र समाचारमा सुनिरहन्छु । नेपालमा व्यवसायहरू चौपट हुँदैछ, बन्द हुँदैछ । व्यवसायी दुर्गा प्रसाईंले भनेका कुरा आज मिल्दै छ र उस्तै हुँदैछ । यही मन्दीका कारण व्यवसाय गर्नेहरू आत्तिरहेका छन् । लगानी गर्न चाहने आगन्तुक व्यवसायहरूलाई हौसला मिलेको छैन । यहि दौडानमा एक क्षेत्रको व्यवसाय औधि चलेको छ, अझ बजारमा प्रतिस्पर्धा पनि छ । नयाँ लगानीकर्ताहरू बढिरहेका छन् । त्यो हो कन्सल्टेन्सी र मेनपावर । म सोच्दछु कि, यसको भविष्य कहिलेसम्म होला ? जब देश विकास उन्मुखतर्फ अघि बढ्नेछ, तब कन्सल्टेन्सीको व्यापार ओरालो यात्रा गर्न सक्छ । अर्थात प्रतिस्पर्धा घट्नेछ ।
त्यसैले एकतर्फी मात्र एकलाई फाइदा मात्र हुनु अर्कोलाई बेफाइदा मात्र हुनुले निकट भविष्यमा ठूलो संकट आवश्यक ल्याउँछ । त्यस कारण बेफाइदा जनताले भोग्नु हुँदैन र व्यवसाय घाटामा जानु हुँदैन । यस कुरामा अहिलेको सत्ता पक्ष मात्र नभएर विपक्षमा भएका विभिन्न पार्टीका नेताहरूले यस कुरा पहिलो प्राथमिकता राखेर यस कुरामा रणनीति तयार पारिनु पर्छ ताकी नेता, जनता, व्यवसाय र देशमा शान्ति स्थापित होस् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया