‘नेपालमा वैदेशिक रोजगारको वृद्धिदर र यसको प्रभाव’

पछिल्ला दुई दशकयता वैदेशिक रोजगारीका लागि ठूलो संख्यामा नेपाली जनशक्ति विदेश पलायन भइरहेको छ। निश्चय नै, बिनापरिश्रम थप आकर्षक जीवनयापनको विकल्प सहजै उपलब्ध होउन्जेल कसैलाई पनि बाँधेर राख्न सकिँदैन। मुलुकलाई नै आकर्षक विकल्प बनाउने प्रयास राज्य सत्ताले गर्नुपर्छ। यस दिशामा किन काम भइरहेको छैन?
पछिल्ला दुई दशकयता वैदेशिक रोजगारीका लागि ठूलो जनशक्ति नेपालबाट पलायन भइरहेको छ। अङ्ग्रेजी माध्यममा‘राम्रो’विद्यालय शिक्षा पाएका विद्यार्थीहरू सामान्यतः नेपाल नफर्कने मानसिकता बोकर विकसित देशहरूतर्फ जानेक्रम तीव्र हुँदा अनवरत प्रतिभा पलायन (ब्रेनड्रेन) भइरहेको र उनीहरूले अर्बौं रुपैयाँ बराबरको विदेशी मुद्रा बर्सेनि मुलुक बाहिर लगिरहेकामा मुलुकको भविष्यप्रति चासो राख्ने वृत्तमा चिन्ता व्यक्त हुने गरेको छ । मुलुकभित्र रोजगारीको अवसर नभएर, उच्च शिक्षा गुणस्तरीय वा व्यावसायिक नभएर वा शिक्षापछिको जीवनवृत्ति सुनिश्चित नभएर यो क्रम तीव्र भएको तर्क सधैं अघि सार्ने गरिएको छ।तर, पछिल्लो समय मुलुक छोड्न देखाइने यी सबै बहानामा आवश्यकता र बाध्यताभन्दा सामाजिक विकृतिकै रूपमा जरा गाड्दै गएको देखासिकी र लहैलहैको पछि लाग्ने प्रवृत्ति मूलतः निर्णायक देखिएको छ। नेपालमा राम्रो जागिर, पेन्सन, आय र रोजगारी भएका हुनेखाने, सम्पन्न र अभिजात वर्गीयहरूले समेत आश्चर्यजनक संख्यामा नेपाल छोडिरहेका छन्। प्रवृत्तिकै रूपमा मौलाएको यस्तो मोहको अर्थ–सामाजिक कोणबाट औचित्य पुष्टि गर्न सहज छैन।
गत आर्थिक वर्षमा तथ्यांक अनुसार नेपालबाट वैदेशिक रोजगारी का लागि ७ लाख ७५ हजार र अध्ययनका लागि २२ हजार विदेश गएका थिए ! यो तथ्यांकले नेपालबाट ठूलो मात्रामा जनशक्ति विदेश पलायन भइरहेको प्रस्ट देखाउँछ। अनुमान अनुसार, हालसम्म कम्तीमा १ लाख नेपाली परिवार स्थायी रूपमा विदेश गइसकेका छन्। अमेरिका जाने क्रम दशकौं पुरानो भए पनि नेपालबाट हजारौं माइल टाढा यो जोखिमपूर्ण बाटो रोज्ने क्रम कुनै गरिबी वा अशिक्षाको नतिजा मात्र होइन !
अङ्ग्रेजी माध्यममा ‘राम्रो’ विद्यालय शिक्षा पाएका विद्यार्थीहरू सामान्यतः नेपाल नफर्कने मानसिकता बोकर विकसित देशहरूतर्फ जाने क्रम पनि तीव्र रूपले नै अगाडि बढिरहेको छ , पछिल्लो समयमा नेपालमा भएको सबै सम्पत्ति बेच-बिखन गरेर अमेरिका, क्यानडा, बेलायत वा अस्ट्रेलिया लगायतमा बसोबास गर्न जाने वा उतै बस्ने गरी जाने क्रम पनि बढ्दो छ , विदेशमा एकजना नभएको परिवार अहिले नेपालमा भेटाउन मुस्किल छ दैनिक हजारौं युवा बिदेसिँदा गाउँ युवा शून्य बनेको छ ।
केही वर्षअघि खचाखच हुने शहरी क्षेत्रमा रहेका स्नातक पढाउने क्याम्पस पनि अहिले सुनसानजस्तै देखिन्छन् । क्याम्पसमा स्नातक अध्ययन गर्ने संख्या ठूलै मात्रले घटेको छ , पछिल्लो तथ्यांक अनुसार यसको प्रमुख कारण उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको संख्या बढ्नु हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखाको तथ्यांकअनुसार, आर्थिक वर्ष २०७८/७९ मा १ लाख १७ हजार र २०७९/८० मा १ लाख १० हजार २१७ विद्यार्थीले उच्च शिक्षा अध्ययनका लागि देश छाडेका थिए।
नेपाल पब्लिक क्याम्पस संघका महासचिव गोविन्दबहादुर कार्कीका अनुसार, स्नातक तहको प्रथम वर्षमा भर्ना भएका विद्यार्थीमध्ये चौथो वर्षमा पुग्दा ६० प्रतिशत विद्यार्थी बाहिरिइसकेका हुन्छन ।
यसरी उच्च शिक्षा अध्ययनका लागि विदेश जाने अधिकांश विद्यार्थी राम्रो अंक ल्याउनेमध्येकै भएकाले,आगामी दिनमा देशले भावी समयका लागि आवश्यक दक्ष जनशक्ति गुमाउँछ । दिनहुँ अवसरको खोजीमा विदेश जान खोज्नेहरूको भिड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने गरेको छ ।
हामी त्यहाँ गएर बहिर जान लागेका विद्यार्थीहरू लाई सोधपुछ गर्दा उनीहरू भन्छन “नेपालमा पढेर क्षमताअनुसार काम पाइँदैन, यहाँ स्नातक पढेर चार वर्ष बिताउनुभन्दा राम्रोसँग पढ्न विदेश जान लगेको “ र कोही भन्छन “नेपालमा शिक्षामा गरेको लगानीअनुसार रोजगारी पाउने सम्भावना न्यून भएकाले” बिदेश जान लगेको भनेर हामीलाई बताउँछन् ।
बिदेश जान लागेका विद्यार्थीका अभिभावकहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्म छोड्न आउँदै गर्दा हामीलाई भन्छन “ अहिलेको समयमा छोराछोरीको यहाँ बस्ने कुनै रुचि नै राख्दैनन् , यही देशमै केही गर्छु भन्ने त सपनामा पनि देख्दैन , बिपना त झन् आशा नै छैन , न सरकारले यस विषयमा कुनै गम्भीरता देखाउँछ , यो एउटा घर परिवारको मात्र कुरा मात्रै भएन अब सय, हजारको नि कुरा भएन , अहिलेको समयमा त प्रत्येक वर्ष लाखौँ लाख विद्यार्थी नेपाल नफर्कने मानसिकता बोकर विकसित देशहरूतर्फ जाने क्रम पनि तीव्र रूपले बढेको छ, यो अवस्था यस्तै भैराख्यो भने देशले निकट भविष्य मै ठूलो क्षति बेहोर्नु पर्ने “ उनी बताउॅछन !
चिन्ता कसको हो?
यी सबै गतिविधि, प्रवृत्ति र परिणामबारे राज्यसञ्चालकहरू एवं यहाँका नियामक, प्राज्ञिक एवम् नागरिक समाज र मिडिया कोही पनि बिलकुल जानकर छैनन् त? छन् भने उनीहरूले यो मात्रामा भइरहेको मानव र पुँजी पलायनलाई स्वाभाविक मानेकै कारण राज्यले बनाउने नीति र कानुनहरूमा यसलाई नियमन वा निरुत्साहित गर्ने व्यवस्था हुन नसकेको हो? कि मुलुक सञ्चालनको ठेकेदारी गर्ने शासकीय वृत्त र त्यसको वरिपरि घुमेर आफ्नो दुनो सोझ्याउन खप्पिस सुकिला दलालहरूबीचको स्वार्थ–साझेदारीले सबै कुरामा पर्दा लाएको हो? यी प्रश्नका उत्तरहरू सहज छैनन्।अबका पाँच, दस वा पन्ध्र वर्षमा मुलुकको मुहार कस्तो होला भन्ने सवालसँग ती उत्तरहरू सिधैँ जोडिएर आउँछन्।
निश्चय नै, बिनापरिश्रम थप आकर्षक जीवनयापनको विकल्प सहजै उपलब्ध होउन्जेल कसैलाई पनि बाँधेर राख्न सकिँदैन। मुलुकलाई नै आकर्षक विकल्प बनाउने प्रयास राज्यसत्ताले गर्नुपर्छ। यस दिशामा किन काम भइरहेको छैन? सिङ्गो मुलुककै बारेमा यति धेरै नकारात्मक भाष्य कसले सृजना गरिरहेको छ र राज्यले त्यसलाई चिर्ने प्रयास किन गरेको छैन?
धेरै नगर्ने हो भने पनि प्रत्येक वर्ष शिक्षाका नाममा बाहिरिने करिब ३ अर्ब अमेरिकी डलर, स्वास्थ्यमा २ अर्ब डलर र अवैध पुँजी पलायन अनुमानित ३ अर्ब डलर मात्रै मुलुकभित्र अड्याउने नीति बनाउन राज्यलाई केहीले रोक्नु नपर्ने हो । तर, त्यस्तो प्रतिबद्धताको झल्को राज्यले बनाउने आर्थिक, मौद्रिक, विकास र अन्य नीतिमा अनुभूति गर्न पाइएको छैन। सामाजिक संगठनहरू, दबाब समूह र ‘नयाँ’ ढंगको राजनीति गर्न तम्सेकाहरू कसैबाट पनि यी ‘अनौपचारिक’ कोटिमा राखिएका समस्यालाई ‘औपचारिक’ तवरले मुखरित गर्ने आवश्यकता ठानेका छैनन् । कम्तीमा यी समस्याहरूको वास्तविक आयाम कति फराकिलो र गहिरो छ भन्ने तथ्य उजागर गर्नसम्म त राज्यले तत्काल चासो दिनु आवश्यक छ ।
निष्कर्ष
रोजगार, आर्थिक अवसर, गरिबी निवारण, विप्रेषण र राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानको दृष्टिले वैदेशिक रोजगार नेपालमा ज्यादै महत्वपूर्ण छ। प्रतिवर्ष श्रम बजारमा प्रवेश गर्नेको तीन चौथाइ युवायुवतीको प्रमुख आकर्षक वैदेशिक रोजगारी बन्न पुगेको छ । उच्च दक्षता भएका र प्रतिभासमेत मुलुकभित्र रोजगारीको अवसर नहुँदा विदेसिने गरेका छन् । बेरोजगारीमा कमी ल्याउन र गरिबी घटाउन सहयोग पुर्याएकाले वैदेशिक रोजगारीलाई तत्काल रोजगारीको वैकल्पिक माध्यमको रूपमा लिइए पनि यो देशका लागि शुभ संकेत होइन।
सरकारले मुलुकभित्रै पर्याप्त रोजगारीका अवसरको वातावरण निर्माण गर्दै वैदेशिक रोजगारीमा जानेको संख्या घटाउने कार्य योजना ल्याउन आवश्यक छ। कृषि क्षेत्रको आधुनिकीकरण, व्यावसायीकरण र विविधीकरण गर्ने, लगानीमैत्री वातावरण बनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानी कर्तालाई आकर्षित गरी रोजगारीका क्षेत्रको विस्तार गर्ने, उद्योग, व्यापार, पर्यटन, निर्माण आदि क्षेत्रको प्रवर्द्धन गर्ने, उपलब्ध स्रोत र साधनको अधिकतम परिचालन गर्ने, उद्यमशीलता तथा स्वरोजगारी प्रवद्र्धनका कार्यक्रमलाई स्थानीय स्तरसम्म वितरण गर्ने, व्यापक जनशक्तिलाई परिचालन गर्ने र विदेशबाट स्वदेश फर्केका युवाहरूको सीपलाई प्रयोग गर्ने जिम्मा राज्यले लिने जस्ता कार्य र कार्यक्रम कागजी रूपमा मात्र होइन, व्यावहारिक रूपमा सरकारले ल्याउन सके वैदेशिक रोजगारीको समस्या समाधान गर्न सकिन्छ।
राजन भट्टराई
सम्पर्क न ; ९८६७१८८३९९
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया