विचार

उड्ने सुन्तला र मेरो देश

राजेन्द्र बजगाईं |
मंसिर ३, २०७८ शुक्रबार १७:० बजे

२६ मार्च १९७९ मा अमेरिकी राष्ट्रपति जिम्मी कार्टरको आयोजनामा ह्वाइट हाउसमा इजरायल–इजिप्ट शान्ति वार्ता भयो । नेपालको विद्रोहको अन्त्यका लागि पनि २० नोभेम्बर २००५ मा दिल्लीमा १२ बुँदे भएकै हो । अनौठो रहस्यमयी संयोग, भुटानी राजतन्त्र लगायत लगायत ३० औँ स्लामिक मुलुकहरू इजरायललाई राष्ट्रका रूपमा स्वीकार गरिरहेका छैनन् । जोर्डनले सन् १९९४ मा मात्र इजरायलको अस्तित्व स्वीकार गर्‍यो । आज इजरायलको कुल गार्हस्थ उत्पादन ४१० खर्ब भन्दा ठूलो छ, इजिप्टको ३७० खर्ब ।

इजिप्टको अनुमानित जनसंख्या १० करोड २३ लाख छ भने २० प्रतिशत अरब र गैर–जुईस नागरिक समेत गरेर ९२ लाख २७ हजार मात्र जनसंख्या लिएर बसेको इजरायल कृषिमा अब्बल छ । अत्याधुनिक हतियार खरखजना र प्रविधिमा निकै अगाडि दौडिरहेछ । यो लोकतन्त्रको अभ्यास गरिरहन्छ । कसैसँग रत्ति डग्दैन । ऊ गोर्खाली जस्तो मध्यपूर्वमा गर्जिरहेको छ । ऊ कहिल्यै निदाउँदैन ।


सन् १९२७ मा उदय भएको कट्टरपन्थी ‘मुस्लिम ब्रदरहुड’को २०१३ मा ८० वर्षको चार पुस्ते लामो लडाइँपछि सत्तारोहण भयो । तर त्यो भन्दा बढी निरंकुश हुनाले ११ महिनैमा सत्ताच्युत हुन पुग्यो । २०१४ मा राष्ट्रपति बनेका मिश्र इजिप्टका अब्देल फतेह अल–सिसीले ९७ प्रतिशत मतले २०१८ मा आफ्नो कार्यकाल थप्दै गर्दा आज इजिप्टलाई संसारको तेस्रो ठूलो तेल निर्यातक मुलुक बनेको छ । ठूला चौडा सडक र पुलहरूका सन्जालले इजिप्टलाई रंगीन बनाइरहेको छ । सामान्यतया ५ घण्टा लाग्ने कायोरो-अलेक्जेन्ड्रियाकाे २२० किलोमिटरको दुरी १ घण्टा ३० मिनेटमा पार गर्न सक्ने भएको छ ।

इजिप्टका शासक अनुदार होलान् र आयोजित एक भेटको संयोगमा राष्ट्रपति सीसीमाथि फ्रान्सेली राष्ट्रपति म्याक्रोन यस्तो भन्छन्, ‘इजिप्टलाई नागरिक स्वतन्त्रतामा ‘व्याख्या’ दिनु पर्दैन । तर श्रीमान् सीसी भ्रमणमा रहेका बेला मानव अधिकारलाई सुदृढ पार्नु आपसी हितमा छ भन्नसम्म सम्झने म्याक्रोन भविष्यमा आउने सैन्य खेतीमाथिको टिप्पणीको प्रतिवादका लागि कति तयार रहेछन् भन्ने बुझ्नुपर्छ । तर राष्ट्रपति सीसीको प्रतिउत्तर उत्तिकै रोचक थियो, ‘राष्ट्रपति म्याक्रोन ! लेट मी फिक्स माई इकोनमी फस्ट’ । यस्तो अठोट र दूरदर्शिताको वर्णन गर्न मन पर्छ ।

यहाँ, लिबियाको राजनीतिक शून्यता र इजिप्टमा जिहादी समूहहरूको खतराबाट फ्रान्स र इजिप्ट दुवै चिन्तित भएकाले, सिसीले सत्तामा उभिएपछि इजिप्ट र फ्रान्स दुवै देशले अझ घनिष्ठ आर्थिक र सैन्य सम्बन्धको खेती गरिरहेछन् । इजिप्टले द्रूत विकास गरिरहेको छ र मानव अधिकारमा पछि प्रवेश गर्ने संकेत गरिरहेको छ । तर हामीलाई प्राथमिकता औँल्याउने प्रलय छ । हामीले अधिकारबारेमा धेरै दस्तावेज छापिसकेका छौं । तर, यहाँ विद्रोहमा लडाकु र राज्यका सेनालाई यातना प्रयोग गर्न अनुमति दिइएको स्मरण गर्न सकिन्छ यसको निरूपण र विकाससँगै व्यवस्थापन भएन । यो दुःखको विषय बनिरह्यो । यातनाको अभ्यास गरेको हाम्रो देशमा सत्य निरूपण नगर्दै मेलमिलापको बहस गरिएको छ ।

तर हामी पनि ठूला ठूला एयरबेस बनाऔँ । चौडा सडक बनाऔँ भन्न थाल्नैपर्ने छ । कृषि र पर्यटन कति अन्योन्याश्रित छन् । ऊर्जामा बहस र अब विकासको आवाज बुलन्द गर्नैपर्ने भएको छ । 

एक अर्को प्रसंगमा ‘गर्छु भन्ने दृढ अठोट ।’ अवसर र चुनौतीमाथिको अनुसन्धान, निश्चित समय र सीमा निर्धारण गरेर विज्ञहरूको परिचालन गर्दा यो देशको मुहार चम्किने छ भन्ने संकल्प उठनु पर्छ । निकै सजिलो अर्को विषय सान्दर्भिक देख्छु कि टर्कीको फलफूलको प्रख्यात बस्ती इजमिर र इस्ट्यानबुलको दूरी ४७८ किमिको छ । ढ़ुवानी भरिएका ट्रकलाई त्यो दूरी पार गर्न ६–८ घण्टा लाग्छ । जब लन्डनले त्यहाँको ताजा सुन्तलाको माग बढायो, टर्कीले इजमिरमै विमानस्थल निर्माण ग¥यो । जसका कारण कार्गो प्लेन राति नै लण्डन पुग्छन्, लण्डनरहरू बिहानै बजारमा फ्रेस सुन्तला किनिरहेछन् ।

फेरि एक पटक प्रोफेसर लोकराज बराल र दिवंगत प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबीचको एउटा बहस स्मरण गर्न मन लाग्यो । उहाँहरू ‘रोड कम्स फस्ट अर एजुकेसन’ बहस चर्काइरहनु भएको थियो ? उक्त बहसमा गिरिजाबाबुकोतर्क ‘माफ गर्नुहोला ‘रोड कम्स फस्ट’ किनभने सडक बन्दा विद्यार्थी पनि टाढाको स्कूलको पहुँच भेट्टाउनेछन् । कृषकले पनि बजार पाउनेछ ।’ विचार बेगवान् हुन्छन्, यसको गति सूर्यको किरण भन्दा द्रूत हुन्छ भन्ने म यहाँ जोड्ने अनुमति लिन्छु । तिनीहरू विचार थिए ।

छिमेकी राष्ट्र भारत, उसको राज्य उत्तर प्रदेश र बिहारबाट ठूला चौडा सडकहरू नेपालका सीमातिर विस्तारित छन् । बेगले दौडिरहेछन् । उनीहरू ढुवानीमा खर्च कटौती गरिरहेछन् । मुख्यमन्त्री योगी आदित्यनाथको अभियान चोरी डकैती भ्रष्टहरूको समूल नाश गर्नु हो । उनीहरूले एसियाकै ठूला जेल बनाइरहेछन् । त्यहाँका सडकमा हवाइजहाजहरू आकस्मिक अवतरण गर्न सक्ने गरी बनिरहेछन् । उनीहरूले पनि धर्मनिरपेक्षतासँग जोडिएका नागरिक समाजका आवाजहरू सुनिरहनु परेको छ । 

तर हामी पनि ठूला ठूला एयरबेस बनाऔँ । चौडा सडक बनाऔँ भन्न थाल्नैपर्ने छ । कृषि र पर्यटन कति अन्योन्याश्रित छन् । ऊर्जामा बहस र अब विकासको आवाज बुलन्द गर्नैपर्ने भएको छ । रक्षा बल पुनःस्थापित गर्दै जाऔँ, त्यो नै हाम्रो पहिचान हो भन्न भुल्नेहरूबाट यो देशको रक्षा देख्न सकिँदैन । 

अब विकास ! जय नेपाल !


Author

थप समाचार
x