विचार

जापानमा कोभिड-१९ व्यवस्थापन र मेरो अनुभव

नमस्ते ! म रोबोट, तपाईंको साथी...

प्रकाश पौडेल 'माइला' |
फागुन २२, २०७७ शनिबार ६:५२ बजे

अघिल्लो वर्ष अर्थात् २०१९ डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस चीनको वुहान सहरमा देखिँदा यसले संसारलाई नै यति कमजोर अवस्थामा पुर्‍याउला भन्ने कसैले कल्पना गरेका थिएनन् तर आज संसारमा कोरोनाबाहेक अन्य कुरा गौण हुन थालेको छ ।

म आफ्ना अनुभव लेख्‍न बस्दा संसारमा साढे ६ करोड व्यक्ति कोरोना सङ्क्रमित भइसकेका छन् र तीमध्ये एक म पनि हुँ भन्दा अब अनौठो नहुने भएको छ । कोरोना सङ्क्रमणको एक वर्ष पूरा भइसक्दा बेलायतबाट भ्याक्सिन सुरु भएको छ भने धेरै देशले सोही मार्ग पछ्याउँदै छन् । भ्याक्सिनका कारण संसारभर आशा र भरोसाको सकारात्मक ऊर्जा सञ्चार भएको छ । यद्यपि अपवादका घटना पनि देखिएका छन् ।


हालसम्म विश्वका १५ लाखभन्दा बढी मानिसले आफ्नो अमूल्य जीवन गुमाएका छन् । कोरोनाको सङ्क्रमण के हो, यसको पीडा कस्तो हुन्छ भन्ने अनुभव व्यक्तिपिच्छे फरक छ । यो रोगको कारण हुने हरेक मृत्युले करिब एक करोड व्यक्तिका आफन्त खोसिएका छन् । ती मृत्यु आफैँमा दुःखदायी थिए, कारण ती शव सद्गतमा आफन्त सरिक हुन पाएनन् । 

 

रोबोटको सहयोग, स्वास्थ्य निर्देशनहरूको पालना, शुभचिन्तक र परिवारजनको शुभेच्छा र सुविधासम्पन्न होटेलको बसाइले मेरो १४ दिने क्वारेन्टिन सजिलो गरी बित्यो । 

सम्भवतः शताब्दीकै सबैभन्दा विडम्बनायुक्त मृत्यु थिए ती । तर इतिहासमा कहिलै दर्ता नहुने त्यस्ता मृत्यु पनि हामीले देख्नुप¥यो, जसको पृष्ठभूमि कोभिड थियो । 
विभिन्न किसिमका लकडाउन, त्यसले निम्त्याएको भारी आर्थिक नोक्सानी, चुलिँदै गएको बेरोजगारी समस्या र मानिसमा आएको मानसिक विचलनका कारण थप लाखौँले ज्यान गुमाए र अझै पनि खतराका सङ्केत विद्यमान छन् । 
ती पीडाका अनेकौँ गाथा छन्, जुन सायदै कहीँ दर्ता होलान् वा लेखिएलान् । यस्तो कोलाहल अवस्थामा मेरो आँखाअघि आएका कुराहरूलाई लिपिबद्ध गर्ने जमर्को गर्दैछु । साथमा कर्मभूमि जापानले यसको व्यवस्थापनमा देखाएको तदारुकता र निर्वाह गरेको जनउत्तरदायित्वबारे पनि केही कुरा सेयर गर्दै छु ।

जापानी अनुशासन

विश्वका मानिसहरूमध्ये जापानीहरू कम बोल्ने र बढी काम गर्नेमध्ये पर्दछन् । उनीहरूको शालीनता, इमानदारी र अनुशासनप्रियता संसारप्रसिद्ध छ । डेढ दशकदेखि त्यही देशमा कर्मयोग गर्दै जाँदा जापानीहरूको कार्यशैली राम्रोसँग अनुभव गर्दै गएँ । कोभिडको विषम परिस्थितिलाई जापानले काबुमा राख्यो, त्यो संसारकै लागि पाठ थियो । हुन त, जापानजत्तिकै होसियारीपूर्वक दक्षिण कोरिया, स्विजरल्यान्ड लगायतका देशहरूले पनि काम नगरेका होइनन् तर मैले जापानमा देखेको कोरोनाको व्यवस्थापन साँच्चै नै व्यवस्थित थियो जुन हालका दिनमा पनि छँदै छ । 

कारण, जापानले प्रजातान्त्रिक मूल्य-मान्यता, मानिसको स्वतन्त्रतालाई अप्ठ्यारो अवस्थामा पनि सम्झौता गरेन । कुनै पनि जापानीले कोरोनाका कारण आफूमाथि कुनै नियम लादिएको अनुभव गरेनन् । जे भयो, उच्चकोटिको चेतनास्तर र सरकार तथा जनस्तरको बीचमा रहेको असीम विश्वासका कारण सम्भव भयो । जापानमा समयअनुसार पूरै देशभर तथा आंशिक रूपमा समेत विभिन्‍न प्रान्तहरूमा सङ्कटकालीन अवस्था पनि घोषणा भयो । सङ्कटकालीन अवस्थामा पनि देशलाई चलायमान राख्न, अर्थतन्त्रलाई सन्तुलित राख्न यहाँको सरकारले निकै मिहिनेत गर्‍यो ।

तपाईंको सहयोगी र शुुभचिन्तक हुँ । म रोबोट हुँ, त्यसैले मलाई कोभिड १९ हुँदैन । अबका केही दिन तपाइँ मसँग हरेक कुराको सहयोग लिन सक्नुहुने छ ।’

 

चीनपछि सुरु-सुरुमै कोरोना देखिने मुलुकमध्येमा पर्छ जापान । गत मार्चमा जब चिनियाँ पानीजहाज जापानी समुद्री तटमा आएर रोकियो, त्यहाँका यात्रुहरूमध्ये अधिकांशलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि नै जापानले सजगता अपनाउन थालेको हो । त्यसमा सबैभन्दा पहिले उसले आमजनतालाई स्वास्थ्यका अतिरिक्त आर्थिक रूपमा सुरक्षित बनाउन विभिन्न किसिमका राहत कार्यक्रम सुरु गर्‍यो । यसरी आर्थिक राहत दिँदा उसले विदेशी र स्वदेशी कुनै पनि नागरिकलाई छुट्याएन । पहिलोपटक मलाई जापानीहरूको यो शैलीले आफ्नो मानवताको रक्षा गरेकामा गौरव अनुभव भयो ।

जापानमा ठूलो सङ्ख्यामा नेपालीसहित थुप्रै विदेशीहरूको बसोबास छ । यस्तो अवस्थामा त्यहाँको अध्यागमनसम्बन्धी सानो नियमले पनि प्रवासी कामदारलाई ठूलो असर पार्दथ्यो तर कोरोना महामारी बढ्ने सङ्केत देखिनेबित्तिकै जापानी सरकारले कहिल्यै परिवर्तन नभएका र हुन नसक्ने खालका इमिग्रेसनका नियम पनि परिवर्तन गरिदियो । त्यति मात्र होइन, विभिन्न पेसा र व्यवसायमा आबद्ध हरेक विदेशी नागरिकहरूलाई व्यक्तिगत अनुदान दिने र चरम अप्ठेरोमा परेकाहरूको घरभाडा पनि तिरिदियो । व्यावसायिक संस्थाहरूलाई त्यसको आकारअनुसार सहुलियत ऋणको व्यवस्था गरिदियो ।

 सूचनाको कुशल प्रवाह
जनतालाई आर्थिक सुरक्षा दिएर मात्र हुन्न, उनीहरूलाई सही सूचना सही समयमा दिनुपर्छ भन्ने उत्तरदायी सरकार छ भन्ने महसुस हामी प्रवासी नेपालीहरूले पनि गर्‍यौँ । हरेक दिन जापानको सरकारले आफ्नो नीति र सूचनाहरू सार्वजनिक गर्दथ्यो । त्यसबाहेक स्थानीय निकायहरूले आफ्ना जनतालाई के-के राहत वितरण कसरी गर्दै छन्, त्यसका मापदण्ड र परिधिहरू के-के हुन् भनेर सूचना जारी गर्दथ्यो । यो सूचना यति लोकप्रिय थिए कि, हरेक दिन आज आफ्ना मेयरले के घोषणा गर्दै छन्, त्यो सुन्न जनता टेलिभिजनअगाडि बसेका देखिन्थे । कतिसम्म भने यसअघि खासै नदेखिने टोक्योलगायत प्रमुख सहरहरूको मेयरको नाम अहिले हरेक नेपालीलाई कण्ठस्थ भएको छ ।

विद्युतीय सञ्चारमाध्यमबाट नियमित सहयोग गर्ने केही स्वास्थ्यकर्मी र विज्ञहरू नभएका होइनन् तर नजिकचाहिँ यही रोबोट थियो । अबका केही दिन रोबोटसँगको सङ्गत गर्नुपर्ने कुराले रोमाञ्चित बनायो ।

शिक्षित र अनुशासित जनता भएका कारण सरकार वा स्थानीय निकायले तोकेका सबै नियम जनताले इमानदारीपूर्वक मानेको देखिन्थ्यो । मानिसको भीडभाड हुने स्थान र व्यवसायको प्रकृति हेरी बन्द गर्न, समय छोट्याउन, सामाजिक दुरी कायम गर्न, सुरक्षाका आवश्यक उपाय अवलम्बन गर्न एकैपटक गरिएको आग्रहलाई नागरिकले पालना गर्थे । यद्यपि सूचनाहरूमा कसैलाई दबाबको भाषा हुँदैनथ्यो । सरकारले अनुरोध गर्दथ्यो, आफ्नो जीवन बचाउन आग्रह गर्दथ्यो । भोलिपल्ट त्यो आग्रहलाई आदेशसरह जनताले पालना गरेको देखिन्थ्यो ।

मेरो अनुभव र जापानको नेपाली समुदाय
सुरुमा जापानवासी नेपालीहरू कोभिडको चपेटामा परेका थिएनौँ तर जतिसुकै सुरक्षा अपनाउँदा पनि पोजिटिभ रिपोर्ट देखिन थाल्यो । नेपाली राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, अनेसास, पत्रकार महासङ्घलगायतका सङ्घ-संस्थाहरूले चेतनामूलक र जानकारीमूलक सूचना प्रवाह गरिरहेका थिए । टोक्योको मेयर कोइकेले समेत नेपाली भाषामै रोकथामको उपायबारे सार्वजनिक अपिल गरेकी थिइन् । साथीभाइसँगको सानो भेटघाटको क्रममा म पनि एउटा कन्ट्याक्ट ट्रेसिङमा परेँ र जँचाउँदा कोरोना पोजिटिभ देखियो । यसअघि बाहिरबाट मात्र मैले जापानीहरूको कोरोना व्यवस्थापन देखेको थिएँ । जब आफैँ सङ्क्रमित भएँ, त्यसपछि उनीहरूको व्यवस्थापनलाई मज्जैले अनुभव गर्न पाएँ । 

खासमा सङ्क्रमित भएको चाल पाउनेबित्तिकै पोजिटिभ व्यक्तिलाई उनीहरूले पटक-पटक फोन गरेर स्वास्थ्य अवस्था बुझ्छन् । यी सबै कुराको समन्वय वार्ड कार्यालयमा अवस्थित स्वास्थ्य विभागले गर्ने रहेछ । त्यसका अतिरिक्त वार्ड कार्यालय, क्वारेन्टिन स्पट र अस्पतालबीचको तालमेल पनि रहरलाग्दो नै थियो ।
अत्यन्त शिष्ट रूपमा छुट्टै बस्दा अपनाउनुपर्ने सावधानी जानकारी गराउनुका साथै र त्यसका लागि विशेष सहयोग उपलब्ध गराउँछन् । पोजिटिभ व्यक्तिका हरेक कुरालाई उनीहरूले ध्यान दिइरहेका हुन्छन् । एउटा बिरामीका लागि यो नै ठूलो औषधि हुँदोरहेछ । प्रारम्भमा हरेक पोजिटिभ बिरामीलाई अस्पतालमै पु¥याउने व्यवस्था थियो । उनीहरूलाई निःशुल्क खान-बस्न र उचित हेरचाह गरिन्थ्यो । 

पछि अस्पतालहरू भरिँदै जाँदा सरकारले राम्रा होटेलहरूमा त्यस्ता सङ्क्रमितलाई बस्ने व्यवस्था मिलायो । होटेललाई स्वास्थ्य वार्डका रूपमा व्यवस्था मिलाउने र हरेक वार्डमा मानसिक चिकित्सक, न्युट्रिसियन विशेषज्ञ र रोग विशेषज्ञ राख्न थालियो । जसले दैनिकजसो सङ्क्रमितलाई टेलिफोनबाट स्वास्थ्य सल्लाह दिने गर्दथे । जुन दिन मेरो रिपोर्ट पोजिटिभ आयो, मेरा लागि बस्ने सुरक्षित होटेल र कोठा खोजिएछ । भोलिपल्ट बिहान मलाई तयारी अवस्थामा बस्न भनियो । एकाबिहानै गाडी लिन आउँदा मलाई लाग्यो, अब चाहिँ बाँचिन्छ होला ।

मलाई लिन आएको गाडी पूूर्णरूपमा सेनिटाइज्ड गरी प्लास्टिकले बेरिएको थियो । सहयोगीहरूले सेता पहिरन (पीपीई) लगाएका थिए । जब म गाडी चढेँ, त्यसभित्रको व्यवस्था देखेर छक्क परेँ । खासमा त्यो अत्याधुनिक एम्बुलेन्स थियो । मलाई त्यो आधुनिक एम्बुलेन्सले ४० किलोमिटर टाढा रहेको एउटा सुविधासम्पन्न होटेलमा पुर्‍याएर छाड्यो । होटल अत्यन्तै मनोरम ठाउँमा अवस्थित थियो । होटल यस्तो थियो, मानौँ रोगीहरू पनि यो हरियाली र सुन्दर ठाउँमा पुगेर निको हुन्छन् । म एउटा विदेशी नागरिकलाई गरेको यो सम्मानजनक व्यवहारले श्रद्धाले शिर झुकाउन मन लाग्यो ।

होटेलको प्रवेशद्वारमा मलाई रोबोटले स्वागत गर्‍यो । रोबोटले भन्यो, ‘नमस्कार ! म तपाईंको सहयोगी र शुुभचिन्तक हुँ । म रोबोट हुँ, त्यसैले मलाई कोभिड १९ हुँदैन । अबका केही दिन तपाइँ मसँग हरेक कुराको सहयोग लिन सक्नुहुने छ ।’    हुन त, मलाई पहिल्यै रोबोटको निर्देशनअनुसार चल्नुपर्ने कुरा भनिएको थियो र यसले मलाई मित्रजस्तो व्यवहार गर्‍यो । विद्युतीय सञ्चारमाध्यमबाट नियमित सहयोग गर्ने केही स्वास्थ्यकर्मी र विज्ञहरू नभएका होइनन् तर नजिकचाहिँ यही रोबोट थियो । अबका केही दिन रोबोटसँगको सङ्गत गर्नुपर्ने कुराले रोमाञ्चित बनायो । उक्त होटेलमा आधा दर्जन नेपाली केही दिनदेखि त्यहीँ रहेको कुरा रोबोटबाट जानकारी पाएँ ।

रोबोटले मलाई मेरो कोठा नम्बर र गर्नुपर्ने कामहरूको सूची बनायो । उसले कोठाको चाबी पनि देखायो । अहो ! प्रविधिको यो सदुपयोगको मैले कल्पनासम्म गरेको रहेनछु । त्यो रोबोटले मलाई कुनै ज्ञानी बच्चालाई जसरी अह्रायो । म रोबोटले दिएको निर्देशनअनुसार कोठामा पुगेँ, जहाँ स्पष्ट रूपमा सचेतना अपनाउनुपर्ने सबै कुरा लेखिएको थियो । समस्या पर्दा २४ सै घण्टा हटलाइनको सुविधा थियो । त्यसमाथि दिनमा तीनपटक फोन आउँथ्यो र स्वास्थ्यबारे हरेक कुरा सोधिन्थ्यो ।
कुनै औषधिको आवश्यकता पर्‍यो भने भनेको केही मिनेटभित्रै त्यो औषधि रोबोटले ढोकासम्म ल्याई पुर्‍याउँदथ्यो ।

बेला-बेलामा त्यहाँ रहेको माइकबाट अन्य सूचनाहरू दिइन्थ्यो । होटेल ठूलो थियो तर यति ठूलो होटेलमा मान्छे कहाँ-कहाँ छन्, कतै देखिँदैनथ्यो तर भनेको बेलामा सबै कुरा हाजिर हुन्थ्यो । यसले मलाई हाम्रो स्वर्गमा भएको कल्पवृक्षको याद दिलाइरह्यो । कल्पवृक्षले कल्पना गर्नेबित्तिकै सामान दिन्थ्यो भने यहाँचाहिँ भन्नुपर्दथ्यो । भनिएन भने पनि दिनको तीन पटक टेलिफोनबाट सोध्ने गरिन्थ्यो । हरेक कामको तोकिएको तालिका थियो । सङ्क्रमितले रुटिनअनुसार आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्दथ्यो । यसमा धेरैजसो प्राकृतिक उपचारहरू थिए । यस्तो लाग्थ्यो, १० दिन यसरी तनावमुक्त जीवन जिउने हो भने जस्तोसुकै रोग पनि निको हुन्छ ।

अघिल्लो वर्ष अर्थात् २०१९ डिसेम्बरमा पहिलोपटक कोरोना भाइरस चीनको वुहान सहरमा देखिँदा यसले संसारलाई नै यति कमजोर अवस्थामा पुर्‍याउला भन्ने कसैले कल्पना गरेका थिएनन् तर आज संसारमा कोरोनाबाहेक अन्य कुरा गौण हुन थालेको छ । 

क्वारेन्टिनमा बस्दा विभिन्न कुरा सोच-विचार र मन्थन गर्ने फुर्सद पनि मज्जैले मिल्यो । आफूले गरेका राम्रा-नराम्रा कामको मूल्याङ्कन आफैँले गर्ने मौका पनि पाइने रहेछ । सायद त्यो एउटा महत्वपूर्ण अवसर पनि हो कि ? साथीभाइ, ईष्टमित्र, परिवार सबैलाई सम्झिने फुर्सद पनि पाइने रहेछ । आफन्त र साथीभाइ सबैलाई किन दुःख र तनाव दिनु भन्ने ठानेर मैले आफू सङ्क्रमित भएको कुरा सुरुमा धेरैलाई सेयर गर्न खोजिनँ, तर यो सम्भव नहुने रहेछ । धेरैजनाले फोन र मेसेजबाट स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । शुभकामनाको शब्द पनि औषधि बराबर हुने रहेछ त्यस्तो बेलामा । मेरो स्वास्थ्यको कारण संस्थागत रूपमा अनेसास केन्द्रीय समितिको कामहरू पनि धेरथोर प्रभावित भएको महसुस मैले गरेँ र केन्द्र, ट्रस्टी र च्याप्टर अध्यक्षज्यूहरूलाई जानकारी गराएँ ।

रोबोटको सहयोग, स्वास्थ्य निर्देशनहरूको पालना, शुभचिन्तक र परिवारजनको शुभेच्छा र सुविधासम्पन्‍न होटेलको बसाइले मेरो १४ दिने क्वारेन्टिन सजिलो गरी बित्यो । अन्त्यमा, स्वास्थ्यकर्मीको एउटा टिमले म कोरोनामुक्त भएको घोषणा गरेपछि पुनः एउटा गाडीमा राखेर घर पुर्‍यायो । 

नेपालमा कोरोना पोजिटिभ भएपछि अस्पताल जाँदा भएको कहालीलाग्दो खर्चको समाचार आइरहँदा म भने यस्तो सुविधा सम्पन्न होटेलमा बिनाशुल्क बसेर सङ्क्रमणमुक्त भएको अवस्था अनुभव गर्दा हामी कहिले जापानजस्तो स्थितिमा पुगौँला भनेर कल्पना आइरह्यो । धेरै बेर मनभित्र सोचाइको नदी बगिरह्यो ।    यसबीचमा भन्नैपर्ने कुरा के भने, कोरोना भाइरस सामान्य कदापि होइन, आत्मबल, हिम्मत र चिन्तारहित जीवनशैली नै यसको ओखती रहेछ । क्वारेन्टिन अवधिमा ईष्टमित्र, आफन्त, घर-परिवार सबैको याद एकैचोटि भक्कानिएर आउने रहेछ । यस अवधिभर जीवनसङ्गिनी भूमिका घरमा निकै चिन्तित रूपमा समय काट्दै थिइन् । फोन र सामाजिक सञ्जाल सम्पर्कको महत्वपूर्ण सहारा थियो । विशेषगरी नेपालमा रहनुहुने बुवा, ममी र घरपरिवारसँग दैनिक लामो-लामो कुराकानी हुन्थ्यो । यो आफैँमा नौलो अनुभव रह्यो । दुःख र पीडाबीच पनि कोरोनाले घर-परिवारसँग नियमित सम्पर्कमा रहन सिकायो । जीवनसङ्गिनीको महत्व र आवश्यकता अझै प्रमाणित गरायो । 

संसारले ढिलोचाँडो कोरोनाबाट मुक्ति पाउनेछ तर कोरोनाले संसारका विकसित देशलाई स्वास्थ्यप्रति अझै सजग बनाएको छ, नेपालजस्ता विकासोन्मुख र विकासशील राष्ट्रहरूलाई घच्घच्याउँदै चनाखो बनाएको छ । कोरोनाका कारण जापानलगायतका विकसित देशले आफ्नो स्वास्थ्यसेवा यति सुदृढ र चुस्त बनाएका छन् कि त्यसले आगामी रोगहरूलाई पनि सजिलै पार लगाउन सक्ने अनुमान र अपेक्षा गर्न सकिन्छ ।

(अनेसास केन्द्रीय कार्य समितिका अध्यक्षसमेत रहेका पौडेलको बसोबास लामो समयदेखि जापानमा छ ।)


Author

थप समाचार
x