विचार

नयाँ शीतयुद्ध

अमेरिका-चीनबीच घम्साघम्सी

जिडियो राचम्यान |
कात्तिक १, २०७७ शनिबार ९:१५ बजे

तस्बिर : फाइन्‍नसियल टाइम्स

शीतयुद्धको पुर्वाद्धमा विन्सटन चर्चिलको एउटा भनाइ एकदमै प्रख्यात रह्यो । ‘बाल्टिकको स्टेट्टिनदेखि एड्ररियटिकको ट्रिस्टेसम्म, पुरै युरोप महादेशमा आइरन कर्टेनको समाप्त भएको छ,’ चर्चिलले सन् १९४६ को मार्चमा अमेरिकाको फुल्टनमा भाषण गर्नेक्रममा भनेका थिए । त्यो शीतयुद्ध सुरुवात हुँदाको महत्वपूर्ण क्षण थियो ।

भविष्यका इतिहासविद्हरू यदि दोस्रो शीतयुद्ध सुरु हुन लाग्दाको महत्वपूर्ण भाषणको खोजीमा छन् भने उनीहरूले माइक पेन्सले सन् २०१८ को अक्टोबरमा दिएको भाषण सुन्नुपर्ने हुन्छ । ‘चीन अमेरिकालार्ई पश्चिमी प्यासिफिकबाट धकेल्न चाहन्छ । तर ऊ त्यसमा सफल हुनेछैन । हामी त्यो क्षेत्रबाट बाहिरिने छैनौ,’ अमेरिकी उपराष्ट्रपति पेन्सले वासिङटनमा भनेका थिए, ‘चीन आफ्नै जनतालार्ई दमन गर्न उद्दत छ । उसको असली रुप भयानक छ । उ रोकिनेवाला पनि छैन ।’


पहिलो शीतयुद्धको अध्ययन गरेका शोधकर्ताहरूलार्ई पेन्सको भनाइ असहज लाग्न सक्छ । उनीहरूले त्यसलार्ई अमेरिकाको सन्देशका रुपमा पनि बुझ्न सक्छन् । तर तथ्य के हो भने अमेरिकाले फेरि एकपटक विश्वशक्ति बन्न उद्दत प्रतिद्वन्द्वीसँग आमनेसामने हुने देखिएको छ । सैन्य प्रतिद्वन्द्विताले आकार लिइरहेका बेला यसको केन्द्र पश्चिमी प्यासिफिक छ । पहिलो शीतयुद्धका ताका त्यसको केन्द्र ‘मध्य यूरोप’ थियो । अमेरिका र चीनबीचको आमनेसामनेलार्ई प्रजातान्त्रिक दुनियाँ र तानाशाही (अप्रजातान्त्रिक) शासकबीचको द्वन्द्वका रुपमा प्रचार गर्न थालिएको छ । बिर्सन नहुने तथ्य के हो भने पहिलो शीतयुद्धमा अमेरिकाको प्रतिद्वन्द्वी कम्युनिस्ट पार्टीबाट शासित सोभियत संघ र अहिलेको प्रतिद्वन्द्वी पनि कम्युनिस्ट पार्टी शासित चीन छ ।

‘पछिल्लो पाँच दशक अमेरिकाले चीनसँग जुनप्रकारको सम्बन्ध राख्यो । त्यसले हामीलाई खासै फाइदा गरेको छैन । अव परिवर्तन गर्न आवश्यक छ,’ विदेशमन्त्री माइक पोम्पियोले गत जुलाईमा भनेका थिए, ‘हामीले चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध बलियो कदम उठाउने बेला आएको छ । हामीले प्रजातन्त्रको जगमा बसालेको खुल्ला समाज कम्युनिस्ट पार्टीको गतिविधिका कारण खतरामा पर्दै गएको छ ।

अमेरिकाको राष्ट्रपतिय चुनावको मिति नजिकिंदै जाँदा चीनसँगको सम्बन्धमा तिक्तता बढिरहेको छ । त्यससँगै प्रशान्त महासागरमा सैन्य तनाब पनि बढिरहेकै छ । ‘ताइवान स्ट्रेट’ चीन र ताइवानबीचको बफर जोन हो । तर चिनियाँ सेनाले गत सेप्टेम्बरमा बफर जोन कटेर गरेको सैन्य अभ्यासले त्यस क्षेत्रमा तरंग ल्यायो । ताइवानले चीनको त्यस्तो कार्यले आफ्नो सार्वभौमिकतामा असर पुर्‍याएको बताइरहेको छ । चीनले सन् १९९६ मा सो क्षेत्रमा मिसाइल छाडेको थियो । हुन त, सेप्टेम्बरको चिनियाँ सैन्य अभ्यासलाई ताइवानको सार्बभौमिकतामा असर गर्ने अर्को खतरनाक कदमका रुपमा ब्याख्या गरियो ।

अमेरिकाले टिकटक, हुवाए लगायतका चिनियाँ प्राविधिक कम्पनीहरूलाई आफ्नो देशमा निषेध त गरेको छ नै । साथै उनीहरूको अन्तराष्ट्रिय सेवा विस्तारमा पनि अवरोध सिर्जना गरिरहेको छ । अमेरिकाले चिनियाँ र चीनले अमेरिकी पत्रकारहरूलाई देश निकाला गर्ने सिलसिला पनि उत्तिकै चलिरहेकै छ । कोरोना भाइरसले विश्व अर्थतन्त्रमा असर पारेको छ । त्यसबाट अमेरिका पनि अछुतोे छैन । अझ अमेरिकामा मृत्यु हुनेको संङख्या त (यो आलेख तयार गर्दासम्म), दुई लाख नाघिसकेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफै पनि कोरोनाको संक्रमणबाट गुजे्रका थिए । विगत नौ महिनादेखि कोरोना भाइरसले विश्व आतंकित छ । त्यसको जिम्मा चीनले लिनुपर्ने अभिब्यक्ति ट्रम्पले दिंदै आएका छन् ।

अरु अमेरिकी उच्च अधिकारीबाट पनि ट्रम्पकै शैलीको अभिब्यक्तिहरू आइरहेका छन् । जसले अमेरिका र चीनबीचको सम्बन्ध जटिल मोडमा पुगेको जनाउ दिएको अड्कल गर्न सकिन्छ । ‘पछिल्लो पाँच दशक अमेरिकाले चीनसँग जुनप्रकारको सम्बन्ध राख्यो । त्यसले हामीलाई खासै फाइदा गरेको छैन । अव परिवर्तन गर्न आवश्यक छ,’ विदेशमन्त्री माइक पोम्पियोले गत जुलाईमा भनेका थिए, ‘हामीले चिनियाँ कम्युनिस्ट पार्टीविरुद्ध बलियो कदम उठाउने बेला आएको छ । हामीले प्रजातन्त्रको जगमा बसालेको खुल्ला समाज कम्युनिस्ट पार्टीको गतिविधिका कारण खतरामा पर्दै गएको छ । विगतमा अमेरिकाले चीनसँग राख्दै आएको सम्बन्धमा परिवर्तन गर्नैपर्छ । हामीले उसँग पहिलाको जस्तो ब्यबहार गर्नुको कुनै औचित्य छैन ।’

पोम्पियो पूर्व अमेरिकी राष्ट्रपति रिर्चाड निक्सनको क्यालिफोर्नियास्थित पुस्ताकालय (निक्सन लाइब्ररी) मा आयोजित कार्यक्रममा बोल्दै त्यस्तो धारणा राखेका थिए । निक्सन तिनै अमेरिकी राष्ट्रपति हुन जसले शीतयुद्व ताका चीनसँग हात मिलाएका थिए । समयले कोल्टे फेरेको छ ।

नयाँ अनिश्चितता
हावर्ड विश्वविद्यालयका प्राध्यापक तथा पेन्टागनका पूर्व अधिकारी जोसेफ नाए यतिबेला अमेरिका-चीन सम्बन्ध पचास वर्षकै सबैभन्दा खराब अवस्थामा पुगेको मान्छन् । पहिलो शीतयुद्वमा जस्तै विश्वफेरि पनि दुई धु्रवमा विभाजित हुने खतरा बढेको छ । एउटा पक्ष अमेरिकासँग रहनेछ भने अर्कापक्ष चीनसँग हुनेछ । यसले विश्वको आपूर्ति (सप्लाई चेन) ब्यवस्थालाई असर पुर्‍याउने देखिन्छ । प्रविधिमा त घम्साघम्सी सुरु भइसकेको छ ।

अमेरिका आफुले मात्र चिनियाँ प्रविधिलाई निषेध गर्ने होइन, उसका गठबन्धनलाई पनि त्यही गर्न दबाब दिइरहेको छ । र केही हदसम्म सफल भएको छ । यता चीन भने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मार्फत् एक ट्रिलियन अमेरिकी डलर लगानी गर्दै विश्वभर आफ्नो प्रभाव बलियो बनाउन लागिपरेको छ । सन् १९७० को दशकका अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरले दुई मुलुकबीचको सम्बन्धमा न्यानोपन ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए । उनै किसिन्जर वासिङटन र बेइजिङ अर्को शीतयुद्वको संघारमा पुगेको बताइरहेका छन् ।

चीनले पछिल्लो दशकमा प्रविधिको विकासमा फड्को मारेको छ । साथै रक्षा क्षमतामा पनि उल्लेख्य अभिवृद्धि गरेको छ । यसले अमेरिकाको बेचैनी बढाएको छ । चीनको बढ्दो रक्षा क्षमताले अमेरिकासँगको सम्बन्ध सन्तुलनमा पनि भूमिका खेलिरहेको छ । चिनियाँ जल सेनासँग अमेरिकी जल सेनाको भन्दा बढी जहाज (नेभी जहाज) छ । त्यही भएर होला यतिबेला चिनियाँ ध्याउन्न प्रशान्त महासागरको पश्चिमी क्षेत्रमा आफ्नो प्रभाव बढाउन केन्द्रित छ । चीनले जलसेना मात्र होइन मिसाइल र भू-उपग्रहसँग सम्बन्धित हतियार र प्रविधि विकासमा पनि ठुलो धनराशी खर्च गरेको छ । चिनियाँले यस्तो प्रविधिको मद्दतले अमेरिकन एयरक्राफ्ट करियर (ठूलो सैन्य दस्ता र सैन्य विमानहरु बोकेर हिड्ने जहाज) को गतिविधिमाथि निगरानी राख्न सक्नेछन् । यो सँगै अमेरिकी सेनाका विभिन्न अंगबीच हुने सूचना आदान-प्रदानमा पनि अवरोध गराउन सक्नेछन् ।

बाइडन राष्ट्रपतिमा चुनिएर आए अमेरिकाको चीनसँगको सम्बन्धलाई ब्यस्थापन गर्ने शैलीमा परिवर्तन आउने अपेक्षा गरिएको छ । ट्रम्पले जस्तो ‘ट्यारिफ’ मा जोड दिने भन्दा पनि आफ्ना गठबन्धनलाई साथमा लिएर चीनविरुद्ध अघि बढ्ने अनुमान छ । कतिपय मुद्दामा दुई मुलुक एकै ठाँउमा उभिने सम्भावना पनि उत्तिकै छ । जस्तै जलवायु परिवर्तनको मुद्दा । फेरि पनि बाइडन प्रशासनले ट्रम्पले अंगीकार गरेको चीन नीतिमा ठूलो परिवर्तन ल्याउने सम्भावना न्यून देखिन्छ ।

आगामी निर्वाचनमा जो बाइडन अमेरिकाको राष्ट्रपतिमा चुनिएको खण्डमा मिसेल फ्लोरने रक्षामन्त्री हुने सम्भावना बलियो छ । उनै फ्लोरनेले एक लेख लेख्दै अमेरिकाको चिनियाँ कदमहरूमाथि निगरानी राख्ने क्षमता ह्रास आउँदै गएको र यसले चीनलाई थप खतरनाक कदम चाल्न प्रेरित गरिरहेको बताएका थिए । उनले सोही लेखमार्फत् चीन चाँडो भन्दा चाँडो ताइवान कब्जा गर्नेतर्फ अघि बढिरहेको चेतावनी समेत दिएका थिए । फ्लोरेन अमेरिकाले सैन्य क्षमता थप सुदृढ गर्नुपर्ने तर्क राख्छन् । अमेरिकी सेना बलियो भएमात्र चीनलाई रोक्न सकिने उनको जिकिर छ । फ्लोरनेको अभिब्यक्तिले के सन्देश दिन खोजेको छ ? सन्देश भनेको बाइडन राष्ट्रपति बनेर आए भनेपनि अमेरिका र चीनबीचको नयाँ चरणको प्रतिद्वन्द्विता हराएर जाने सम्भावना न्यून छ । 

चीनसँगको सम्बन्धलाई लिएर अमेरिकी राष्ट्रपतीय इतिहासमा ट्रम्प जत्तिको धम्किपूर्ण अभिब्यक्ति दिने राष्ट्रपति सायदै अरु कोही थिए । ट्रम्प चीनसँगको व्यापार घाटाप्रति पनि निरन्तर आक्रामक देखिए । उनको चीनप्रतिको फरक खालको विचारले वासिङटनका विदेश नीति निर्माताहरूलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँगको सम्बन्धमा स्थायी रुपमै फरक नीति अपनाउन प्रेरित गरिरहेको छ । अमेरिकाका आर्थिक इतिहासकार डानियल यर्गिन डेमोक्रयाट र रिपब्लिकनहरू दुबै चीनसँगको सम्बन्धलाई लिएर एकै ठाँउमा उभिरहेको बताउँछन् । ‘अमेरिकी संसदमा डेमोक्रयाट र रिपब्लिकनहरू बिरलै एकै ठाउँमा उभिन्छन् । तर चीनसँगको सम्बन्धलाई लिएर सबैको धारणा एउटै छ । त्यो भनेको चीन अमेरिकाको प्रतिस्पर्धी हो र दुई मुलुक प्रविधि बिकासमा एक अर्कालाई उछिन्ने दौडमा छन्,’ उनले भने ।

बाइडन राष्ट्रपतिमा चुनिएर आए अमेरिकाको चीनसँगको सम्बन्धलाई ब्यस्थापन गर्ने शैलीमा परिवर्तन आउने अपेक्षा गरिएको छ । ट्रम्पले जस्तो ‘ट्यारिफ’ मा जोड दिने भन्दा पनि आफ्ना गठबन्धनलाई साथमा लिएर चीनविरुद्ध अघि बढ्ने अनुमान छ । कतिपय मुद्दामा दुई मुलुक एकै ठाँउमा उभिने सम्भावना पनि उत्तिकै छ । जस्तै जलवायु परिवर्तनको मुद्दा । फेरि पनि बाइडन प्रशासनले ट्रम्पले अंगीकार गरेको चीन नीतिमा ठूलो परिवर्तन ल्याउने सम्भावना न्यून देखिन्छ ।

उता बेइजिङमा शीतयुद्ध मानसिकतालाई चिनियाँहरू निन्दा गर्छन् । उनीहरूको आरोप छ, ‘अमेरिका बहुध्रुवीय (मल्टिपोलार) विश्वको खिलाफमा छ । अमेरिकामा दुवै राजनीतिक शक्तिहरू आफ्नो देशलाई विश्वकै प्रमुख शक्तिका रुपमा उभ्याउनुपर्छ भन्ने मान्यता राख्छन् । चाहे त्यो चीन जस्तो राष्ट्रलाई रोकेर नै किन नहोस् । तर यहाँ चिनियाँहरूले बुझ्नुपर्ने तथ्य के छ भने, दोस्रो शीतयुद्ध यदि सुरु भइहाले त्यो अमेरिकाको कारणले मात्र हुँदैन । त्यसमा चीनको पनि उत्तिकै भुमिका हुनेछ ।

सी चिनफिङ राष्ट्रपति बनेपछि चीनको विदेश र घरेलु नीति दुवैमा परिवर्तन देखिएको छ । चीन मुलुक बाहिर आफ्नो प्रभुत्व बढाउनुपर्छ भन्ने निचोडमा पुगेको छ । अझ कतिपय विषयमा आफ्नो शक्ति पनि प्रर्दशन गनुपर्छ भन्ने धारणा सीको छ । घरभित्र पनि राष्ट्रपति चिनफिङ कठोर नै देखिएका छन् । चीनले ‘साउथ चाइना सी’मा स्थापना गरेको सैन्य शिविरहरूले प्रशान्त महासागर क्षेत्रमा अमेरिकी प्रभुत्वलाई चुनौती दिएको वासिङ्टनको बुझाइ छ । चिनियाँ संविधानमा परिवर्तन गरिएसँगै चिनफिङ आफूले चाहेको मितिसम्म राष्ट्रपति रहिरहन सक्छन् । हङकङमा प्रदर्शनकारीमाथिको दमन, पश्चिम चीनमा ठूलो संख्यामा उईगुर मुस्लिमलाई थुनिएको लगायतका कारणले चीन थप तानाशाही हुँदै गएको पश्चिमाहरूको विश्लेषण छ । अमेरिकामा एकथरिले आर्थिक उदारीकरण अंगिकार गरेको चीन कुनै समयपछि राजनीतिक रुपमा पनि उदार हुने विश्वास राख्दै आएका छन् । तर केही समययता वासिङटनमा त्यस्तो अपेक्षा राख्नेको संख्या कम हुँदैदै गएको छ ।

आर्थिक रुपमा सम्पन्न चीन थप तानाशाही र आक्रामक हुँदै जाने हो भने अमेरिकाका लागि उ रोक्नै पर्ने शक्तिका हनेछ । यता राष्ट्रपति चिनफिङ अमेरिका आफ्नो मुलुकका लागि खतरा बन्दै गएको मान्छन् । उनी अमेरिकीहरूले चीनमा कम्युनिस्ट पार्टीको शासन अन्त्य भएको हेर्न चाहेको ठान्छन् । सन् २०१४ मा चिनियाँ उच्च पदस्थ नेताहरूसँग नजिकको सम्बन्ध भएका वाङ जीसीले आफ्नो लेखमा भनेका थिए, ‘चिनियाँ नेताहरू सधै अमेरिकीहरूले आफ्नो सरकार ढाल्न खोजिरहेको ठान्छन् ।’

यदि अमेरिका र चीनको प्रतिद्वन्द्विता रोक्नै नसकिने हो भने यी दुई मुलुकहरू कसरी आमने-सामने होलान् ? पछिल्लो समयमा अमेरिका र चीनको सैन्य क्षमताबीचको खाडल पुरिंदै गएको बताइन्छ । तर उनीहरूबीच अझै पनि एउटा फरक छ । त्यो भनेको गठबन्धन नै हो । अमेरिकाको साथमा प्रजातान्त्रिक व्यवस्था भएका मुलुकहरूको समूह छ । चीन एक्लो जस्तै देखिन्छ । न त पहिलो शीतयुद्ध ताका सोभियतहरूले स्थापना गरेको ‘वार्सा प्याक्ट’ जस्तै ‘बेइजिङ प्याक्ट’ नै छ । विभिन्न सन्धिहरूले अमेरिका, जापान, दक्षिण कोरिया र अस्टे«लियालाई रक्षासम्बन्धी विषयहरूमा समन्वय गर्ने अवस्थामा पुर्‍याएको छ । भारत अमेरिकी गठबन्धनमा थिएन । तर पछिल्ला दिनहरूमा भारतको चीनसँगको सम्बन्ध चिसिएसँगै उसले ‘इन्डो प्यासिफक’ क्षेत्रका अरु मुलुकहरूले जस्तै अमेरिकालाई साथ दिने अनुमान गर्न सकिन्छ ।

यदि चीनले ताइवानमाथि हमला गर्ने हो भने त्यो अवस्थामा अमेरिकी गठबन्धनको परीक्षा हुनेछ । त्यस्तो अवस्थामा अमेरिकाले चीनविरुद्ध कुनै पनि कदम नचाल्ने हो भने एसिया प्यासिफिकमा उसको गठबन्धनको कुनै अर्थ रहने छैन । अमेरिका र चीनको प्रतिद्वन्द्विता युद्धमा परिणत नहुने सम्भावना पनि उत्तिकै छ । त्यतिबेला चीनले अमेरिकाको सामना फरक तरिकाले गर्न सक्छ । चीन विश्वको सयभन्दा बढी देशहरूका लागि सबैभन्दा ठूलो ‘टे«डिङ पार्टनर’ हो । उता अमेरिका जम्मा ५७ मुलुुकका लागि मात्र । ब्यापारमार्फत् चिनियाँहरूले विश्वमा आफ्नो प्रभाव थप बलियो बनाउन सक्ने तथ्यलाई नकार्न सकिदैन ।

प्रविधि विकासमा पनि यी दुई राष्ट्रको बलियो प्रतिद्वन्द्विता छ । तर चिनियाँ कम्पनीहरू अझैसम्म पनि ‘कम्प्युटर चिप्स र सेमिकन्डक्टर’ लगायतका महत्वपूर्ण वस्तुहरूका लागि अमेरिका माथि नै भर पर्छन् । तर चीन ‘आर्टिफिसियल इन्टिलिजेन्स’ र ‘मेडिसिन’ मा भने अमेरिकाको बलियो प्रतिस्पर्धी बन्दै गएको छ । अमेरिका र चीनको विज्ञान प्रविधिमा देखिएको यस्तो प्रतिद्वन्द्विता शीतयुद्धमा देखिएको अमेरिका र तत्कालीन सोभियतबीचको ‘स्पेस रेस’ सँग पनि दाँज्न सकिन्छ ।

आश्रित प्रतिस्पर्धा
अमेरिका र चीनबीच हुने सम्भावित शीतयुद्धबारे विश्लेषण गरिरहँदा बिर्सनै नहुने तथ्य के हो भने दुई मुलुकका अर्थतन्त्रहरू एक आपसमा जोडिएका छन् । यी दुई मुलुक एकअर्कासँग वार्षिक रुपमा आधा ट्रिलियन डलर बराबरको ब्यपार गर्छन् । अमेरिकी वित्त बजारमा चिनियाँहरुले एक ट्रिलियन डलरभन्दा बढीको ऋणपत्र खरिद गरेका छन् । यो क्रम बढ्दो छ । दक्षिण चीन आइफोनको सबैभन्दा ठूलो बजार हो । अमेरिकी फास्टफुड चेन केफसीको शाखा पनि घरेलु भूमिमा भन्दा बढी चीनमा छ ।

रोचक के छ भने ती नै सोभियत कम्युनिस्टहरूले पश्चिमाहरूको पूँजिवादको अन्त्य हुने ठोकुवा गरेका थिए । अमेरिकी कुटनीतिज्ञ जर्ज केन्ननले सन् १९४६ मा सोभियतको अन्त्य आफ्नै कारणले हुने भन्दै उसको प्रभाव विस्तार शान्तिपूर्ण तरिकाले रोक्नुपर्ने आवश्यकता रहेको जिकिर गरेका थिए । के चिनियाँ ब्यवस्था सोभियतकै जस्तो ढल्ने अवस्थामा छ ? अमेरिका र उसका गठबन्धनहरू सायद यो प्रश्नमा घोतलिएका छन् ।

चीन कम्युनिस्ट शासित मुलुक भएपनि त्यहाँका ठूला शहरहरू आर्थिक रुपमा पश्चिमा ब्रान्ड र कम्पनीहरूका लागि महत्वपूर्ण बजार हुन् । यस अर्थमा पनि चीन अमेरिकाका लागि तत्कालीन सोभियत भन्दा फरक छ । ‘चिनियाँ समाज तत्कालीन सोभियत समाजभन्दा धेरै फरक छ । यसको अमेरिकी समाजसँग तुलना गर्न सकिन्छ । सोभियत समाज त्यो बेलाको अमेरिकीभन्दा धेरै नै फरक थियो’ यले विश्वविद्यालयमा कार्यरत इतिहासकार आर्ने वेस्टड भन्छन् ।

यसैगरी अमेरिका र चीनबीच विज्ञान र शिक्षामा पनि बलियो सम्बन्ध विस्तारित छ । रोचक तथ्य के छ भने चिनियाँ राष्ट्रपति चिनफिङकी छोरीले हावर्ड विश्वविद्यालयमा अध्ययन गरेकी हुन् । स्टालिनले आफ्नी छोरीलाई अमेरिकी बिश्वविद्यालयमा पठाउन सक्ने माहौल त्यतिबेला थिएन । धेरै विद्वानहरू अमेरिका र चीनबीच शीतयुद्धको अवस्था आउने देख्दैनन् । पहिलो शितयुद्धको कारणबारे अध्ययन गरेकी मारगारेट म्यामिल्लन अहिलेको अमेरिका र चीनभन्दा सन् १९१४ का युके र जर्मनी शितयुद्धको नजिक थिए भन्ने मान्छिन् । त्यसबखत यी दुई यूरोपेली मुलुकबीच बलियो प्रतिद्वन्द्विता थियो । यी दुई मुलुकको अर्थतन्त्रबीच रहेको निर्भरताले गर्दा शीतयुद्ध भइहाल्ने अवस्था नभएको विश्लेषण थियो । तर उनीहरू आर्थिक रुपले जोडिए राजनीतिक रुपमा शत्रु चाहिं रहि नै रहे ।

‘सोभियतका जनता सन् १९४६ को बखतमा आर्थिक रुपमा बलियो थिएनन् । न त शान्तिपूर्ण वातावरणमै बस्न पाएका थिए । चिनियाँको अवस्था फरक छ । उनीहरूले पछिल्लो चालिस वर्षमा आर्थिक समृद्धि र शान्ति दुवैको अनुभूति गर्न पाएका छन्,’ इतिहासकार वेस्टेड भन्छन्, ‘त्यसकारण सङ्कटका बेला चिनियाँहरूको ब्यवहार सोभियतहरूको जस्तो होइन सन् १९१४ पछिका जर्मनहरूको जस्तो हुनेछ । थकित होइन उत्तेजित ।’ चिनियाँ राष्ट्रवादी खेमामा रहेकाहरू शक्ति प्रर्दशनमा विश्वास राख्छन् । चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सका सम्पादक हु सिजिन त्यसमध्यका एक हुन् । ‘चीनसँग ताइवानको सम्पूर्ण सैन्य शक्ति केही घण्टामा नै नष्ट गर्दै कब्जामा लिन सक्ने क्षमता छ । चिनियाँ सेना र जनता यो कुरामा आत्मविश्वासी छन् ।’ गत जुनमा समपादक हुले टुइट गरेका थिए ।

पश्चिमी जगतमा कम तर जापानमा धेरै बहस भएको विषय हो, तत्कालीन जापान साम्राज्य र अमेरिकाबीचको लडाइ । ‘चिनियाँहरू हामीले गरेको गल्ती दोहोर्‍याउँदैछन् । जुन भनेको प्रशान्त महासागरमा अमेरिकी प्रभुत्वलाई चुनौती दिनु हो’ एक जापानी कुटनितिज्ञ भन्छन् । तर त्यतिबेलाको जापान र चीनमा फरक छ । त्यतिबेला जापानको अर्थतन्त्रको आकार अमेरिकी अर्थतन्त्रको दश प्रतिशत बराबरको मात्र थियो । तर अहिलेको चीनको अर्थतन्त्रको आकार अमेरिकी अर्थतन्त्रको दुई तिहाइ बराबरको छ ।

सन् १९३० को दशकको जापान आफूले एसिया महादेशलाई पश्चिमी साम्राज्यबादबाट मुक्त गराउन खोजीरहेको जिकिर गथ्र्यो । तर अर्कातिर चीन र दक्षिण कोरिया माथि आक्रमण पनि गर्न छाडेन । चिनियाँहरू अमेरिकासँगको प्रतिद्वन्द्वितालाई सभ्यताको लडाईं मान्छन् । उनीहरू चीनको उदयलाई विश्वमा पश्चिमाहरूको प्रभुत्वको अन्त्यका रुपमा ब्याख्या गर्छन् । एङलो-जर्मन र अमेरिकी-जापानी बीचको प्रतिद्वन्द्विता युद्धसम्म पुग्यो । त्यतिबेला आणविक हतियारको विकास भइसकेको थिएन । तर शितयुद्धमा आइपुग्दासम्म भने यसको विकासमा अमेरिका र सोभियत सफल भइसकेका थिए । सायद त्यसकै कारण हुनसक्छ, यी दुइ मुलुक सक्रिय युद्धको अवस्थासम्म पुगेनन् । प्रबुद्ध चिनियाँ विद्धान यान सुइटोङको जिकिर छ, ‘अमेरिका र चीन दुवै आणबिक हतियार सम्पन्न भएकाले उनीहरू युद्धमा गइहाल्ने अवस्था छैन ।’ त्यसकारण प्रत्यक्ष युद्ध भन्दा पनि शितयुद्व जस्तो अवस्था आउने उनको बुझाई छ । पहिलो शितयुद्ध कसरी सुरु भयो भन्दा पनि कसरी अन्त्य भयो भन्ने कुरा महत्वपूर्ण छ । अमेरिका र सोभियतको प्रतिस्पर्धा युद्धमा पुगेर अन्त्य भएको होइन । बरु दुई समाजको लचकताले अन्त्य गराएको हो ।

आन्तरिक समस्याहरूले सोभियत सघंलाई सिथिल बनायो । रोचक के छ भने ती नै सोभियत कम्युनिस्टहरूले पश्चिमाहरूको पूँजिवादको अन्त्य हुने ठोकुवा गरेका थिए । अमेरिकी कुटनीतिज्ञ जर्ज केन्ननले सन् १९४६ मा सोभियतको अन्त्य आफ्नै कारणले हुने भन्दै उसको प्रभाव विस्तार शान्तिपूर्ण तरिकाले रोक्नुपर्ने आवश्यकता रहेको जिकिर गरेका थिए । के चिनियाँ ब्यवस्था सोभियतकै जस्तो ढल्ने अवस्थामा छ ? अमेरिका र उसका गठबन्धनहरू सायद यो प्रश्नमा घोतलिएका छन् ।

अमेरिकी प्रजातान्त्रिक ब्यवस्थामा आसन्न राष्ट्रपतिको चुनावले असर पुर्‍याउन सक्छ वा सक्दैन भन्नेसम्मको बिश्लेषण हुन थालेको छ । ट्रम्पबाट शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुन्छ या हुँदैन भन्ने अन्योल पनि छ । उनको शासनकालमा अमेरिकाको अन्तराष्ट्रिय जगतमा इज्जत त गुम्यो नै, मुलुकलाई सामाजिक तथा आर्थिक विभाजनमा पनि धकेल्यो । ट्रम्प र बाइडनको चुनावी घम्साघम्सीलाई चिनियाँले अमेरिकी शक्तिको ह्रासका रुपमा बुझेका छन् । साघांइको फुदान विश्वविद्यालयमा कार्यरत एरिक ली अमेरिकालाई शीतयुद्धको सोभयत सघंसँग तुलना गर्छन् । ‘जसरी सोभियत ढल्नु अघि ब्रेजनेभ, आन्द्रोपोभ र चेरनेनको जस्ता बुढाहरू एक आपसमा भिडे त्यसरी नै ट्रम्प र बाइडन पनि भिडिरहेका छन् । चीन पहिलाको सोभियत जस्तो छैन । हामी बलियो अनि फरक अवस्थामा छौ । हाम्रो विश्वमा बलियो उपस्थिति छ’ उनले भने ।

सरकारसँग नजिक रहेका ली जस्ता विद्वानहरूले जे जस्तो दाबी गरे पनि चिनफिङको चीनले बलिया आन्तरिक समस्याहरूको सामना गर्नु परिरहेको छ । एल विश्वविद्यालयका वेस्टेड चीनलाई राष्ट्र-राज्यका रुपमा दावी गर्ने एउटा साम्राज्यसँग दाज्छन् । तिब्बत, जिनजियाङ र हङकङमा चीनले अङिकार गरेको नीतिलाई उनी साम्रराज्यबादसँग तुलना गर्छन् । तर एउटा भुल्न नसकिने तथ्य भनेको चीन आर्थिक रुपमा सोभियतभन्दा धेरै शक्तिशाली छ । अमेरिका र चीन कसले विश्वमा एकछत्र प्रभुत्व जमाउने भन्ने बिषयले निश्चय पनि नयाँ खाल्को शीतयुद्ध जन्माउँदैछ । तर यसमा को विजय हुन्छ भन्ने चाहि दुई देशमा कुन देशको ब्यवस्थाले आफुलाई बलियो साबित गर्छ भन्नेमा निर्भर रहनेछ । (फाइन्नसियल टाइम्स दैनिकमा ५ अक्टोबरमा प्रकाशित आलेखको भावानुवाद इकागजका प्रबिनबिक्रम कटवालले गरेका हुन्) 


Author

थप समाचार
x