पर्यटन

नेपाल भ्रमणका लागि अगष्‍टमा ४१ हजार बढी पर्यटक भित्रिए

इकागज |
भदौ १७, २०७९ शुक्रबार १९:११ बजे

काठमाडौँ- नेपाल भ्रमणका लागि सन् २०२२ को अगस्ट मा ४१ हजार विदेशी पर्यटक भित्रिएका छन् । पछिल्लो समय कोभिड-१९ को महामारी मत्थर हुँदै गएपछि विदेशी पर्यटकको आगमन बढेको छ । 

पर्यटन बोर्डले तथ्याङकअनुसार अगस्टमा ४१ हजार ३०४ जना पर्यटक त्रिभुवन विमानस्थल हुँदै नेपाल भ्रमणका लागि आएका हुन् । यससँगै सन् २०२२ को आठ महिनामा तीन लाख २२ हजार ४२६ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।


यो सिजनमा विगतका वर्षहरूमा पनि भ्रमणका लागि नेपाल आउने पर्यटकको संख्या कमी हुने गरेको पर्यटन बोर्डले जनाएको छ ।

यसअघि सन् २०१९ को अगस्टमा ७३ हजार ८१४ जना पर्यटक घुम्न आएका थिए । त्यसयता कोभिडका कारण सन् २०२० को अगस्टमा ५८४ र सन् २०२१ को अगस्टमा ६ हजार ९३ जना पर्यटक नेपाल घुम्न आएका थिए । 

सन् २०१९ को तुलनामा पर्यटक आगमन हाल ५७ प्रतिशतले रिकभर भएको बोर्डले बताएको छ ।  

त्यस्तै, अगस्टमा नेपाल भ्रमणका लागि आउनेमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । 

भारतबाट १६ हजार १४७, अमेरिकाबाट ४ हजार ६६, बेलायतबाट २ हजार ८२६, बंगलादेशबाट एक हजार ७५१, अष्ट्रेलियाबाट १ हजार २१०, चीनबाट एक हजार २८९ जना पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । 

 


Author

थप समाचार
x