पर्यटन

पर्यटन दिवसको दिन पोखरामा काँहुखोला-भञ्ज्याङ १० किमी पदयात्रा हुँदै

इकागज |
असोज ६, २०७९ बिहीबार ९:२१ बजे

काठमाडौँ- विश्व पर्यटन दिवसको अवसरमा पोखरामा पदयात्रा हुने भएको छ । पर्यटकीय स्थलको खोजी गर्न पोखरा महानगरपालिका वडा १३, ट्रेकिङ्ग एजेन्सीज एशोशिएसन अफ नेपाल ( टान ) पश्चिमाञ्चल क्षेत्रीय संघ पोखरा र एनआरएन गैह्र आवासीय नेपाली संघको संयुक्त आयोजनामा पदयात्रा हुने भएको हो ।

पर्यटकीय स्थलको खोजी गर्न असोज ११ गते बिहान ७ बजेदेखि काँहुखोला-भञ्ज्याङ - चिप्लेटी-बिहाडा-महाप्रभुधाम-मणिदिप-कसेरी हुँदै पदयात्रा सुरु हुने पोखरा महानगरपालिका वडा १३ अध्यक्ष किरण बरालले जानकारी दिए । उनका अनुसार पदयात्राको दूरी ८ देखि १० किलोमिटर हुनेछ ।


स्थानीय बुद्धिजीवी, सामाजिक अगुवा, पर्यटन व्यवसायी तथा वडाबासीसहित करिब तीन सय पदयात्रीको सहभागी हुन सक्ने उनले बताए । पोखरामा पर्यटक स्थलीय धेरै भएकाले त्यस्ता स्थानको खोजी गर्न पदयात्राले सहयोग गर्ने उनको भनाइ छ ।'

पदयात्राले पर्यटकीय स्थानको खोजी गरी प्रचारप्रसार तथा संरक्षण गर्न थप प्रोत्साहन मिल्नेछ,' उनी भन्छन् । पदयात्रामा गैह्र आवासीय नेपाली संघकी अध्यक्ष रबिना थापासमेतको उपस्थित हुने बरालले जानकारी दिए ।

त्यस्तै, उनले विभिन्न पर्यटन व्यवसायी तथा सामाजिक संघ संस्थाको सहभागी हुने जानकारी दिए । मुख्यगरी पर्यटन क्षेत्रमा काम गरेका मानिसको उल्लेख्य सहभागी रहने उनले विश्वास व्यक्त गरे ।


Author

थप समाचार
x